काठमाडौं— आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने भारतीय क्रिकेट टोलीले १२५ करोड भारतीय रुपैयाँ पुरस्कार पाउने भएको छ ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीलाई उक्त रकम पुरस्कार दिने घोषणा गरेको हो । बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेल प्रदर्शन गरेको भन्दै उक्त रकम पुरस्कार दिन लागिएको जानकारी दिएका छन् ।उनले यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई समेत दिएका छन् ।उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने भारतीय टिमलाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्
काठमाडौँ- २०७२ साल भदौ २५ गते सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेका पूर्वसांसद कौशलकुमार यादवलाई पक्राउ गरेको छ। घटना भएको ८ वर्षपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवलाई पक्राउ गरी आइतबार जिल्ला अदालतमा उपस्थित गराएको डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए।उनी महोत्तरी क्षेत्र नम्बर ४-१ बाट मधेस प्रदेश सभा सदस्य बनेका थिए। उनीमाथि २०७२ साल भदौ २५ गते असई विकको हत्या भएको थियो।शनिबार राति सवा १० बजेतिर सम्सी गाउँपालिका वडा नम्बर ५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कार्पियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्
काठमाडौं— सत्ता साझेदार दलबीचका केही विपत्तिका आवाज सुनिन थालेपछि शीर्ष नेताको भेटवार्ता बाक्लिएको छ । सत्तारुढ दलकै शीर्ष नेता र विपक्षी दलका नेतासँग सत्तारुढ दलका नेताले छलफल अघि बढाएका छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सत्ता घटक दुई शीर्ष नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयमा पनि छलफल भएको बुझिएको छ । तर औपचारिक रुपमा भेटको कारण र भएको छलफलको विषय खुलाइएको छैन । शनिबार दिउँसो एमा
काठमाडौं— नेकपा एकीकृत समाजवादी (नेकपा एस)को राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि हुँदैछ । नेकपा एमालेबाट दुई वर्षअघि अर्थात् २०८७ सालमा छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ महाधिवेशन आजदेखि असार २० सम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । सर्वोच्च अदालतको फैसला र एमालेबाट विद्रोह गरेर बनेको पार्टीको यो प्रथम महाधिवेशन हो । महाधिवेशनको लागि पार्टीले एक हजार आठ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्नेछ ।आजदेखि सुरु हुने महाधिवेशनको लागि प्रमुख तीन नेताह
काठमाडौं— भारतीय टोलीका कप्तान रोहित शर्माले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए।'यो मेरो पनि अन्तिम ट्वान्टी–२० खेल थियो । यो संरचनालाई छोड्ने योभन्दा राम्रो समय अरु हुन सक्दैन। मैले यही संरचनाबाट भारतीय क्रिकेट टिममा सुरुआत गरेको थियो । यो मेरो चाहना थियो, म उपाधि जित्न चाहन्थे,' खेलपछि रोहितले भने ।शर्माले भारतबाट टेष्ट र एकदिवसीय क्रिकेट भने खेल्ने छन् । रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्या
काठमाडौं— भारतीय ब्याटर विराट कोहलीले अन्तर्राष्ट्रिय टी–२० आईबाट सन्न्यास लिएका छन्। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रोपटक उपाधि उचालेसँगै कोहलीले अप्रत्याशित रूपमा सन्न्यास घोषणा गरे। सन्यासपछि उनले भनेका छन्, ‘यो मेरा लागि अन्तिम टी–२० विश्वकप हो । मैले मेरो काम पूरा गरेँ। अब, नयाँ पिँढीका लागि अवसर हो। केही राम्रा खेलाडीले टिमलाई अगाडि बढाउँदै छन् र झन्डा फहराउनेछन्।’शनिबारको खेलमा भारतको इनिङ्समा विराट कोहलीले अर्धशतक बनाए। उनी नै खेलको प्लेयर अफ दि म्याच घोषित भए। कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका हुन्। प्रतियोगितामा उनको यो पहिलो अर्धशतक थि
काठमाडौं— भारत दोस्रोपटक आइसिसी टी–२० विश्वकपको च्याम्पियन बनेको छ। शनिबार राति वेस्ट इन्डिजमा भएको फाइनलमा दक्षिण अफ्रिका ७ रनले पराजित गर्दै १७ वर्षपछि उपाधि जित्यो। वेस्ट इन्डिजको बार्बाडोसमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा दक्षिण अफ्रिकाले आठ विकेट गुमाउँदा मात्र १ सय ६९ रन बनाउन सक्यो। भारत सन् २००७ पछि दोस्रोपटक उपाधि जित्न सफल भयो। अपराजित रहँदै पहिलोपटक फाइनल पुगेको दक्षिण अफ्रिका उपाधि जित्न फेरि असफल भएको छ। एडम मारक्रम कप्तानीमा रहेको दक्षिण अफ्रिका यसअघि टी–२० मा दुई तथा एकदिवसीयमा प
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधरणतया बदली रहेको बताएको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्ब
काठमाडौं— मनसुनको सक्रियतासँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.