समाचार

    Showing 17,091-17,100 of 26,715 items.
  • खुर्कोटमा बेलिबृज जडान सुरु

    काठमाडौं– सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान शुरू गरेको छ ।सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न हिजोदेखि बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको सेनाले जनाएको छ ।पुल बगाएर सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुली, ओखलढु

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 460 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्क

    • प्रकाशित मितिः असोज २१, २०८१
    • 327 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा ८ लाख बढीको भन्सार छलीको कपडा बरामद

    काठमाण्डौ  ।    कञ्चनपुरमा ८ लाख मूल्य बढीको भन्सार छलीको कपडा बरामद गरिएको छ । सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका–११, नमुना इटा भट्टा नजिक भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको ८ लाख ६ हजार १ सय रुपैयाँ बराबरको कपडा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट सशस्त्र प्रहरी निरीक्षक विष्णुप्रसाद अर्यालको कमाण्डमा खटिएको सीमा पैदल गस्ती टोलीले सो सामान बरामद गरेको जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 382 पटक पढिएको
  • दशैंमा कुकुरसहित सुरक्षा चाँज गर्दै प्रहरी

    काठमाडौं— चाडपर्वलाई लक्षित गर्दै धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच सुरु गरिएको छ। चाडपर्वको समयमा सवारीसाधनले बढी भाडा लिने, चोरीडकैतीका समस्या हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिम प्राप्त कुकुरसहित शङ्कास्पद स्थानमा जाँच सुरु गरिएको हो।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर सार्वजनिक सवारीसाधन र शङ्कास्पद स्थानमा सुरक्षा जाँचलाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमन तिमल्सिनाले जानकारी दिए।चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र लागुऔषध कारोबार, चोरी डकैती नियन्त्रण गर्न

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 443 पटक पढिएको
  • प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नवनियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शितलनिवासमा आइतबार एक समारोहका बीच प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।असोज १६ गते संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदन भएका प्रधानन्यायाधीश राउतलाई आइतबार बिहान मात्रै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए । प्रधानन्याय

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 335 पटक पढिएको
  • सिङमा हरियो चिन्ह लगाएका खसीबोकामात्र किन्न आग्रह

    काठमाडौं— देशको राजधानी काठमाडौं उपत्यकामा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका भित्रिने क्रम शुरू भएको छ ।चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दशैँमा काठमाडौं उपत्यकामा ४५ हजार हराहारीमा खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदै छन् ।काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७ सय २० देखि ७ सय ५५ रुपैयाँ, पहाडका खसी ६ सय ७० देखि ७ सय पाँच रुपैयाँ, बो

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 425 पटक पढिएको
  • प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त

    काठमाडौं— प्रधानन्यायाधीशमा प्रकाशमान सिंह नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिमा प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जानकारी दिए। नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै शपथ ग्रहण गर्नेछन्। त्यसका लागि राष्ट्रपति कार्यालयमा साढे १ बजेको समय तोकिएको सहायक प्रवक्ता पन्थीले बताए। 

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 414 पटक पढिएको
  • बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

    काभ्रेपलाञ्चोक — गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईंले जनाएको छ ।अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् ।इकाईं प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच,

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 680 पटक पढिएको
  • दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन, सडक भासिने जोखिम कायमै

    काठमाडौं— सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ । असोज १४ गते सडक भासिएर बन्द भएको सडक गत शुक्रबारदेखि एकतर्फी खुलेको थियो । थप मर्मत सम्भारपछि आइतबारदेखि सडक दुईतर्फी खुलाइएको हो ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार आइतबार बिहान ११ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो । तर , सडक भासिने जोखिम भने कायमै रहेकाले ठूला र भारबहन बढी भएका सवारीलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।भासिएको ठाउँमा माटो र ढुंगाले भरेर सवारी संचालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि असोज १४ गतेदेखि दाउ

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 287 पटक पढिएको
  • दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन, सडक भासिने जोखिम कायमै

    काठमाडौं— सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्ग दुईतर्फी खुलेको छ । असोज १४ गते सडक भासिएर बन्द भएको सडक गत शुक्रबारदेखि एकतर्फी खुलेको थियो । थप मर्मत सम्भारपछि आइतबारदेखि सडक दुईतर्फी खुलाइएको हो ।जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार आइतबार बिहान ११ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो । तर , सडक भासिने जोखिम भने कायमै रहेकाले ठूला र भारबहन बढी भएका सवारीलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।भासिएको ठाउँमा माटो र ढुंगाले भरेर सवारी संचालन गरिएको हो । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि असोज १४ गतेदेखि दाउ

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 508 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.