समाचार

    Showing 17,121-17,130 of 26,716 items.
  • दसैँ बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

    काठमाडौं–सर्वोच्च अदालत दसैँ पर्वको बिदामा आजदेखि बन्द हुने भए पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ जारी रहने जनाइएको छ। बिदाको समयमा अदालत बिहान ११ बजेदेखि ३ बजेसम्म खुला रहनेछ।सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने भए पनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा शनिबार र विजया दशमीबाहेक अन्य दिन सुनुवाइ हुने उल्लेख छ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 425 पटक पढिएको
  • बाढीपहिरोमा नेपाली सेनाका तीन जनाको निधन

    काठमाडौं– केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने क्रममा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ। प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ मा पहिरोले पुरिएको क्षेत्रको उद्धारका क्रममा निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी, अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका-१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहँदा ज्यान गएको जानकारी प्राप्त भएको छ। वतन नखुलेका एक जना भूपू हवल्दार पनि बाढीपहिरोमा निधन भएको जनाइएको छ । बाढीपहिरोका घटनालगत

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 585 पटक पढिएको
  • बाढीपहिरामा परी दुई सय ३३ जनाको मृत्यु

    काठमाडौं– हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७,१२० जनाको उद्धार गरिएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको छ र अवरुद्ध राजमार्ग मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 697 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।कोशी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 428 पटक पढिएको
  • प्रधानन्यायाधीश र अष्ट्रेलियाका लागि राजदूतमा नाम अनुमोदन

    काठमाडौं–प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत र अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले दुवैको नाम अनुमोदन गरेको हो। राउत र यादवको बुधबार नै सुनुवाइ भएको थियो। सुनुवाइ सकिएपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । 

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 421 पटक पढिएको
  • कोजगत पूर्णिमासम्म रात्रिकालीन हवाई उडान हुने

    काठमाडौं–देशभरका मुख्य राजमार्गहरू प्रभावित भएपछि सरकारले रात्रिकालीन हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । घटस्थापनादेखि कोजगत पूर्णिमासम्म (असोज १७ देखि ३० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सञ्चालन हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बिहान ४:३० बजेदेखि राति आवश्यकताअनुसार अपरेशन समय थप्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । बाढी, पहिरो र चाडपर्वका कारणको हवाई चापलाई व्यवस्थापन गर्न यो निर्णय गरिएको हो ।असोज १३ गते, मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहर

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 514 पटक पढिएको
  • वैदेशिक रोजगारीका नाममा ठगी, तीन जना पक्राउ

    काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबईलगायतका देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका  छन् ।  पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजा

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 335 पटक पढिएको
  • यात्रा गर्दा वर्षा र पहिरोको जोखिममा सतर्कता अपनाउन आग्रह

    काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका उपसचिव डा. डिजन भट्टराईका अनुसार भारी वर्षाको जोखिम असोज १८ गतेसम्म कायम रहनेछ। उनका अनुसार असोज १० देखि परेको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको छ, जसले गर्दा सानो वर्षा पनि ठूलो पहिरो र अचानक बाढीको जोखिम निम्त्याउन सक्छ ।प्राधिकरणले यात्राका क्रममा सावधानी अपनाउन पनि आग्रह गरेको छ। ठूला वर्षा हुँदा सुरक्षित स्थानमा सवारी रोकी यात्रा गर्न र जोखिम देखिएमा सावधानी अपनाउनु पर्ने जानकारी दिइएको

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 497 पटक पढिएको
  • सुनसरी र आसपासका क्षेत्रमा भारी वर्षा, नदी किनारमा सतर्कता अपनाउन आग्रह

    सुनसरी— जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ। आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ, विशेषगरी पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा क्षेत्रमा ७२.७ मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। धरानस्थित मौसम पूर्वानुमान शाखाका प्रमुख रुद्रबहादुर परियारले सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रका कतिपय स्थानमा अहिले पनि भारीदेखि मध्यम वर्षा भइरहेको जानकारी दिएका छन्। विभागले आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा भारीदेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै नदी किनारका बासिन्

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 316 पटक पढिएको
  • गृहमन्त्री लेखकद्वारा भारी वर्षाको चेतावनीसँग सतर्क रहन निर्देशन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको भन्दै सम्बद्ध अधिकारीहरूलाई सतर्क रहन निर्देशन दिएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई आधार मान्दै, उनले तीनवटै सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशका सुरक्षा संयन्त्रहरू र स्थानीय तहहरूलाई आज निर्देशन दिएका हुन्।महाशाखाले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित जोखिमबाट बच्न नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। गृहमन्त्री लेखकले कोशी र बागमती

    • प्रकाशित मितिः असोज १६, २०८१
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.