समाचार

    Showing 17,201-17,210 of 26,718 items.
  • प्रधानमन्त्री ओलीद्धारा हिमालयको संरक्षणका लागि एकीकृत अनुकूलन कार्ययोजनाको माग

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै, ओलीले नेपालका हिमाल विश्वव्यापी कार्बन उत्सर्जनका कारण पग्लिरहेको बताए ।प्रधानमन्त्रीले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै १० वटा नदी प्रणालीहरू सुख्खा भइसकेको र यो समस्या समाधानका लागि एकीकृत जलवायु अनुकूलन योजना आवश्यक भएको बताए। उनले हिमालयलाई प्राकृतिक ‘रिचार्ज सिस्टम’ भन्दै, यसलाई पग्लिन र समुद्रको तापक्रम बढ्नबाट रोक्न विश्वव्यापी प्रयास आवश्यक र

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 407 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश,बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी प्रदेशका थोरै तथा बाग्मती प्रदेश, गण्डकी प्

    • प्रकाशित मितिः असोज १०, २०८१
    • 412 पटक पढिएको
  • विराटनगरको मुनालपथमा आगलागी : इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गर्ने पसल जलेर नष्ट

    विराटनगर- विराटनगर महानगरपालिका-२ मुनालपथस्थित एक इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गर्ने पसलमा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको छ । विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दिउँसो करिब २ बजे सुरु भएको आगो करिब पौने ४ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । मनिष वंशलले सञ्चालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो । आगोले पसल पूणर्रूपमा जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्ने

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 296 पटक पढिएको
  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।बुधबार काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।साइबर अपराधमा गत असोज ६ गते प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको निवासबाटै पक्राउ गरेको थियो । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप लागेको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 518 पटक पढिएको
  • मनसुन सक्रिय : ५६ जिल्लामा रेड अलर्ट जारी, हेर्नुहोस् कुन कुन जिल्ला उच्च जोखिममा

    काठमाडौं- मनसुन सक्रिय भएपछि ५६ वटा जिल्लामा रेड अलर्ट जारी भएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ ।मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा बुधबार जारी गरेको अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा तथा त्यस क्षेत्रमा

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 441 पटक पढिएको
  • राजनितिक स्थिरताका लागि कांग्रेस-एमालेको सरकार: कार्यवाहक प्रधानमन्त्री सिंह

    काठमाडौं- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु काँग्रेस एमालको समिकरणमा सरकार बनाएको बताएका छन् । बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८/९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरुको सरकार बनेको बताएकाहुन् । उनले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरे।राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको कार्यवा

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 307 पटक पढिएको
  • न्यायपरिषद्‌को असंवैधानिक न्यायाधीश सिफारिसको विरोधमा बारको प्रदर्शन

    काठमाडौं — नेपाल बार एशोसिएसनले न्यायपरिषद्‌ले संविधानको विपरीत न्यायाधीश नियुक्ति सिफारिस गर्न लागेको भन्दै बुधबार पनि विरोध प्रदर्शन गरेको छ । सेवा निवृत्त हुन लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधानविपरीत न्यायाधीश नियुक्तिको तयारी गरेको भन्दै बारले विरोध गरेको हो ।नेपाल बार एसोसिएसनको कार्यालयमा कानुन व्यवसायीहरूले विरोध सभा गरेका थिए । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्याय परिषद्को असंवैधानिक कदमको विरोधमा निरन्तर प्रदर्शन र धर्ना कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । घिमिरेले न्यायपरिषदले बारको माग बेवास्ता गरेर न्यायाधीश नियुक्तिको सिफारिस भए न

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 313 पटक पढिएको
  • प्रतिकूल मौसमले उडान प्रभावित

    काठमाडौं–प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान प्रभावित भएका छन् । बुद्ध एयरले आफ्नो ‘फ्लाइट स्टाटस’मा उडान तालिका डिले भएको जानकारी गराएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा पोखरा, विराटनगर, भरतपुरलगायतका विमानस्थल बन्द छन् । यस कारणले गन्तव्यमा पुग्न चाहने सयौँ यात्रु मौसमका कारण अलपत्र परेको विमानस्थल प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 379 पटक पढिएको
  • दसैँ अघि सडक मर्मत तीव्र : खाल्डाखुल्डी पुर्ने योजना, दुर्घटना रोक्न सुरक्षा कडाइ

    काठमाडौं– बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौं उपत्यकाबाट लाखौँ मानिस दसैँको अवसरमा बाहिरिने तयारीमा छन्, र काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अनुमान अनुसार १५ देखि १८ लाख मानिस उपत्यका छाड्नेछन् । सार्वजनिक सवारीसाधन, दुईपाङ्ग्रे र निजी चारपाङ्ग्रे सवारीसाधनहरूको चापसँगै सडकको वर्तमान अवस्थाले यात्रुहरूलाई गम्भीर चुनौती दिन सक्ने अनुमान गरिएको छ ।हाल सडक मर्मत र स्तरोन्नतिको कामलाई तीव्रता दिइएको छ, तर प्रमुख नाकाहरूमा मर्मत कार्य समयमै पूरा नहुने शङ्का छ । भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको निर्देशनमा चाँडो खाल्डाखुल्डी पुर्ने प्रयास भए पनि, मुख्य सडकहरू नागढुङ्गा–पोखर

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 362 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्धारा सामोआ र फिनल्याण्डका नेताहरूसँग भेटवार्ता

    काठमाडौं–संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामोआ र फिनल्याण्डका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र सामोआकी प्रधानमन्त्री फैमे नाओमी माताफाबीच राष्ट्रसंघका लागि सामोआको स्थायी नियोगमा भेटवार्ता भएको हो । यस्तै, प्रधानमन्त्री ओलीले फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब्बसँग पनि संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा स

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 515 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.