समाचार

    Showing 17,221-17,230 of 26,718 items.
  • क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता जनाएका छन् ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्रीलाई भेट्दै प्रवासी नेपाली मञ्चलगायतका विभिन्न संस्थाले सो क्षेत्रमा महावाणिज्यदूतावासको माग गरेका थिए ।प्रधानमन्त्री ओलीले क्यालिफोर्नियामा महावाणिज्यदूतावास खोल्नेबारे सरकार सकारात्मक रहेको र चाँडै निर्णय हुने बताए । सो क्षेत्रमा करिब एक लाख नेपाली रहेको र न्युयोर्क वा वासिङ्टन डिसीको महावाणिज्यदूतावासमा सेवा लिन टाढा पर्ने भएकाले स्थानीय संस्थाहरूले महावाणिज्यदूतावासको माग गरेका

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 336 पटक पढिएको
  • भारत जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

    काठमाडौं–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बसमा करिब ४५ जना यात्रु सवार थिए । दुर्घटनामा २३ जना यात्रु घाइते भए पनि अन्य सबै यात्रु सकुशल रहेको बताइएको छ । घाइतेहरूको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 327 पटक पढिएको
  • एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

    काठमाण्डौ  ।   एसईई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थीहरूले ग्रेड प्राप्त गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा) को नतिजा सोमबार प्रकाशन गरेको हो।नतिजा अनुसार परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त गरेका परीक्षा बोर्डले जनाएको छ। विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहज

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 431 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   हाल मौसमको अवस्था  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशको एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सम्पुर्ण प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक\दुई स्थानमा

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 352 पटक पढिएको
  • मदिरा सेवनको आरोपपछि डीआईजी ठकुरी हेडक्वाटर तानिए

    काठमाडौं–कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरीलाई मदिरा सेवन गरी प्रहरी आचरण विपरीत गतिविधिमा संलग्न भएको आरोपपछि हेडक्वाटर तानिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार ठकुरीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने उनको स्थानमा जनक भट्टराईलाई पठाइएको छ । यसअघि, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई पनि लेनदेन विवादमा हेडक्वाटर सरुवा गरिएको थियो । उनलाई लालमणि आचार्यले मधेश प्रदेशमा प्रतिस्थापन गरेका थिए।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 540 पटक पढिएको
  • एकीकृत समाजवादीले संरचना र जिम्मेवारीमा फेरबदल गर्ने

    काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी संरचना र नेताहरूको जिम्मेवारीमा हेरफेर गर्ने निर्णय गरेको छ । १०औँ राष्ट्रिय महाधिवेशनमा सबै कमिटी विघटन गरिएपछि नयाँ पोलिटब्यूरो कमिटी चयन गरिएको छ । पार्टी अध्यक्ष माधव नेपालको नेतृत्वमा गठन गरिएको कार्यदलले जिम्मेवारी वितरण गर्नेछ । यसपछि संगठन सुदृढीकरणका कार्यक्रम‚ भेला‚ र प्रशिक्षण सञ्चालन गरिनेछ ।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 365 पटक पढिएको
  • हाम्रो पार्टी कार्यालयमा लुकेको सहकारी ठगलाई प्रहरीको जिम्मामा दिनुहोस् : मुकुल ढकाल

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पार्टीका सदस्यहरूलाई सहकारी ठगको संरक्षणमा नलाग्न अनुरोध गरेका छन् । फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले भ्रष्टाचार र अपराधको संरक्षण गर्न पार्टीको उद्देश्य नभएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन्, बल्की तिनिहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरूको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।’उनले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई प्रहरीलाई बुझाईदिन र कानुनको शासनको रक्षा गर्न आग्रह पनि गरेका छन

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 378 पटक पढिएको
  • दुर्गा प्रसाई पक्राउ परेपछी झापा बन्द, गाडिमा आगजनी

    झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा तीन वटा ट्रकमा आगजनी भएको छ ।गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी भएको छ । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरक

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 509 पटक पढिएको
  • बारामा करेन्ट लागेर हात्तीको मृत्यु

    काठमाडौं–बाराको कोल्हबी नगरपालिका–२ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गली हात्ती करेन्ट लागेर मृत फेला परेको छ । कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमका अनुसार हात्ती स्थानीय रमेश जिसीको धान खेतमा मृतावस्थामा भेटिएको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको छ । कसले र किन जङ्गलमा करेन्ट राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको र विद्युतीय धराप थाप्ने व्यक्तिलाई चाँडै पक्राउ गर्ने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ । यसअघि २०८० फागुनमा पनि सोही क्षेत्रमा करेन्ट लागेर करिब तीन वर्षको पोथी बाघको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 429 पटक पढिएको
  • धनुषाको प्रहरी हिरासतबाट थुनुवा फरार

    काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन तोडेर ८ थुनुवा भागेको प्रहरी स्रोतले जनाएको छ ।फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक छन् । फरारहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । हिरासतबाट भागेका ९ जनामध्ये १ जनालाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। 

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 452 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.