समाचार

    Showing 17,251-17,260 of 26,719 items.
  • नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकको काम घटस्थापना अघि नै सक्ने सहमति

    काठमाडौं— नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिने विषयमा सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा विभिन्न समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्ष सहमत भएका हुन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री देवेन्द्र दाहालको अगुवाइमा भएको छलफलमा धादिङका संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिसँगै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्टलगायतको सहभागिता थियो । सहमतिअनुसार निर्माण व्यवसायीले चाडपर्वलाई लक्षित गरी यही असोज १७ गतेभित्र सडकको सबै मर्मतको काम सक्नुपर्ने भएको छ ।सडक विभागले तत्कालै

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 255 पटक पढिएको
  • सहकारी ठगी प्रकरणको प्रतिवेदन गृहले भोली प्रहरीलाई पठाउने

    काठमाडौं— सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको छ। शुक्रबार सार्वजनिक भएको समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्ध

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 480 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 447 पटक पढिएको
  • बेरुजु फर्स्यौट समिति गठन गर्ने सरकारको निणर्य, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने

    काठमाडौं-सरकारले बेरुजु फस्र्यौटका लागि भन्दै बेरुजु फर्स्यौट  समिति गठन गरेको छ ।सामान्य प्रक्रियाबाट फस्र्यौट हुन नसकेका बेरुजु फस्र्यौट गर्न भन्दै मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फस्र्यौट समिति गठन गरेको हो । बुधबार बसेको मन्त्री परिषद बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता सन्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराएका हुन् । बैठकले समितिको कार्यक्षेत्र समेत तोकेको छ । त्यसैगरी कार्तिक ५ गतेदेखि १० गतेसम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुन

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 370 पटक पढिएको
  • विधायन व्यवस्थापन समिति : दशैँअघि नै दुई विधेयकमा छलफल सक्ने

    काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल र नवीकरणीय ऊर्जा सम्बन्धी विधेयकलाई आगामी दशैँ अगाडी नै छलफल गरिसक्ने भएको छ ।.शुक्रवार बसेको समितिको बैठकपछि समिति सभापति तुलसाकुमारी दहालले समितिमा भएका चारवटा विधेयकहरुमध्ये मिडिया काउन्सिल विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दशैँ अगाडी नै छलफल गरेर सक्ने बताएकी हुन् । समितिले कार्य परामर्श उपसमितिलाई पुनःगठन गर्ने निणर्य गरेको छ । उनले भनिन्, ‘चारवटा विधेयक समितिमा छ । त्यसमध्ये मिडिया काउन्सिल विधेयक र नविकरणीय ऊर्जा सम्बन्धी विधेयक दसैँभन्दा अगाडी नै छलफल गरेर सक्ने भनेर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 229 पटक पढिएको
  • शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँः सांसदहरु

    काठमाडौं- सत्तारुढ काँग्रेस-एमालेका सांसदहरुले शिक्षकहरुलाई दलीय संलग्नतामा निषेध गर्ने कानूनी व्यवस्था कडाईका साथ लागू गर्न सरकारसँग माग गरेका छन् ।शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्ष, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा काँग्रेस सांसद चन्दा चौधरी र एमालेका सांसद रघुजी पन्तले शिक्षकहरुलाई दलीय राजनीतिक संलग्न नगराउने कानून यसअघि नै बनेको र यसलाई कडाईका साथ सरकारले लागू गर्नुपर्ने बताएका हुन् । एमालेका सांसद पन्तले मुलुकलाई अघि बढाउन शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता भएकाले पनि सरकारले शिक्षकहरुलाई राजनीति नगर्ने गरी व्यवस्था गरिएको कानूनको प्रभावकारी ढंगले कार्यान्

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 311 पटक पढिएको
  • हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बनेका बालेनको यो तस्बिर

    काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, बालेन सामाजिक सञ्जालमा निक्कै चर्चामा आइरहन्छन् । उनी अहिले हातमा चिराक लिएर पुलुकिसी नृत्यमा पथप्रदर्शक बन्दाको तस्बिरले चर्चामा छन् । यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि पूजासहित प्रदर्शन परम्पराको थालनी गरेको छ।यस क्रममा काठमाडौं महानगरपालिकाले सव: भकु, पुलुकिसी, मजिपा लाखे र महाकाली नृत्य प्रदर्शन आयोजना गर्‍यो। कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले हातमा चिराक लिएर पुलुकिसीको पथ प्रदर्श

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 211 पटक पढिएको
  • प्रचण्ड भन्छन्— नेपाललाई शान्ति क्षेत्र घोषणा गरेको महत्व बढ्दै गयो

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए । उनले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्त्वपूर्ण एजेण्डा हुनसक्ने बताए । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन,’ उनले भने, ‘तर

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 336 पटक पढिएको
  • ६ शेर्पाले चुचुरो टेकेको भोलिपल्ट १० आरोही मनासलु चढे

    काठमाडौं— शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् ।सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले भने, 'चुचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन् ।'पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्न

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 318 पटक पढिएको
  • प्रधानन्यायाधीश र दुई राजदूतका लागि प्रस्तावित उम्मेदवारहरूविरुद्ध उजुरी आह्वान

    काठमाडौं–संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित प्रकाशमान सिंह राउत र बेल्जियम तथा अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूतहरू सेवा लम्साल र चित्रलेखा यादव विरुद्ध उजुरी आह्वान गरेको छ । १० दिनभित्र उजुरी दिन सकिने समितिले जनाएको छ ।मन्त्रिपरिषद्ले राउतलाई प्रधानन्यायाधीश‚ लम्साललाई बेल्जियम र यादवलाई अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो । यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएका कान्ता रिजालमाथि उजुरी परेपछि यादवको नाम अघि सारिएको हो ।

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 438 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.