समाचार

    Showing 17,271-17,280 of 26,719 items.
  • दुर्गा प्रसाईं पक्राउ गर्न प्रहरीले पायो अनुमति

    काठमाडौं— अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतको अनुमति दिएको छ । मेडिकल व्यवसायी प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । साइबर ब्यूरोमा उनीविरुद्ध उजुरी परेको थियो । त्यसको आधारमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति माग्दै ब्यूरो अदालत गएको थियो ।बुधबार प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको दियो ।  प्रसाईंसहितका व्यक्तिलाई पक्राउ गर्न भन्दै प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अदालत समक्ष अनुमति मागेको थियो ।प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका

    • प्रकाशित मितिः असोज २, २०८१
    • 1,708 पटक पढिएको
  • दुबई र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

    काठमाडौं—वैदेशिक रोजगारको आकर्षक तलबको प्रलोभनमा पारी दुबई, अल्बानिया लगायतका देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने २८ वर्षीय राजन अर्याल र झापा बाह्रदशी गाउँपालिका–७ घर भइ भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने ४६ वर्षीय जय नारायण राजवंशी छन्। राजनले १ जना पीडितबाट ३ लाख रुपैयाँ र जय नारायणले १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । पक्राउ गरिएका दुवैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट पक्राउ

    • प्रकाशित मितिः असोज २, २०८१
    • 460 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं–विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनीसहित जीवन पाण्डे, र दुर्गा खनालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले उक्त तीन जनाविरुद्ध पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार, विद्युतीय कारोबार ऐनको उल्लंघनको आरोपमा प्रहरीले उनीहरूको पक्राउका लागि अनुमति मागेको थियो। यस आधारमा अदालतले पुर्जी जारी गरेको बताइएको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 670 पटक पढिएको
  • धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला, प्रवेश नि:शुल्क

    काठमाडौं–काठमाडौंको सुन्धारामा रहेको नवनिर्मित धरहरा भोलि बिहीबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ–। २७ भदौको मन्त्रिपरिषद बैठकले धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । धरहरा चढ्नका लागि दैनिक लगभग ५०० जनालाई अनुमति दिने व्यवस्था गरिएको छ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार, टिकट काट्ने व्यवस्था वेबसाइटमार्फत गर्न लागिएको छ, जसको जानकारी छिट्टै सार्वजनिक गरिनेछ । यदि वेबसाइटमार्फत टिकट सम्भव नभए, धरहरा परिसरमै भौतिक टिकट काट्ने व्यवस्था मिलाइनेछ । अर्को निर्णय नभएसम्म धरहरा चढ्न नि:शुल्क टिकट वितरण गरिने छ र पार्किङ पनि नि:शुल्क हुनेछ । चढ्नेहर

    • प्रकाशित मितिः असोज २, २०८१
    • 416 पटक पढिएको
  • सेती नदीमा ट्याक्टर दुर्घटना: दुई जना बेपत्ता, तीन घाइते

    काठमाडौं–बझाङको दुर्गाथली गाउँपालिकामा सेती नदीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । दुर्घटना आज बिहान मोरीबगरबाट झनानातर्फ गइरहेको ट्याक्टर अनियन्त्रित भई नदीमा खसेपछि भएको हो । जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढाले चलाएको ट्याक्टर करिब ५० मिटर तल नदीमा खस्दा चालक बुढासहित एक जना बेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीका अनुसार बेपत्ताको खोजी कार्य जारी छ भने घाइतेहरूको उद्धार गरिएको छ । ट्याक्टरको नम्बर र अर्का बेपत्ताको नाम अझै खुल्न बाँकी छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 377 पटक पढिएको
  • ४.३ रेक्टरस्केलको भूकम्प गयो

    काठमाडौं–बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर आज ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी छ । यसअघि भदौ ३० गते ताप्लेजुङको ल्होनाकमा भूकम्प गएको थियो । नेपाललाई हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्र मानिन्छ । भूकम्प के हो?भूकम्प भनेको पृथ्वीको सतहमा अचानक उत्पन्न हुने कम्पन हो, जसको कारण टेक्टोनिक प्लेटहरू बीचको घर्षण वा हलचल हो। पृथ्वीको आन्तरिक भागमा रहेका यी प्लेटहरू सर्दा तिनको बीचमा ठूलो दबाब उत्पन्न हुन्छ। जब त्यो दबाब एक्कासी छुटकारा पाउँछ, पृथ्वीको सतहमा कम्पन हुन्छ, जसलाई भूकम्प भनि

    • प्रकाशित मितिः असोज २, २०८१
    • 339 पटक पढिएको
  • बर्दियामा विंगर दुर्घटना : १२ यात्रु घाइते, तीनको अवस्था गम्भीर

    काठमाडौं–बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत ठाकुरबाबा नगरपालिका–१ अम्रनी पोष्ट नजिक विंगर दुर्घटना हुँदा बुधबार १२ यात्रु घाइते भएका छन् । धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको से १ज १०२८ नम्बरको विंगर सडकबाट १० मिटर तल खसेको हो ।जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुदीप खड्काका अनुसार तीन जनाको अवस्था गम्भीर छ भने अन्य सामान्य घाइते छन् । घाइतेहरूको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः असोज २, २०८१
    • 454 पटक पढिएको
  • कविता : पत्र / आकांक्षा

    कविता :पत्र / आकांक्षा  यो पत्र तिमीलाई तिमीलाई नभेट्ने आशामा। किनभने यो पत्रमा म तिमीलाई दिन केहि छैन न त नयाँ केही भन्नु छ । आफैलाई बाहेक कमजोरी र असफलताको जुन तिमी म भन्दा धेरै हौ सचेत रहनु। यो पत्र तिमीलाई केवल तिम्रो सम्झनमा  जुन ढिलो वा चाँडो आँखाबाट पानी पर्छ l र मसँग छ यो पत्र लेख्नु बाहेक अरु केही हुदैन ।-देवेन्द्र किशोर ढुङगाना भद्रपुर,झापा l

    • प्रकाशित मितिः असोज २, २०८१
    • 353 पटक पढिएको
  • सहकारी ठगी : दोषीमाथि प्रतिवेदनअनुसार कारबाही हुने मन्त्री सिंहको भनाइ

    काठमाडौं–गणेशमान सिंहको २७ औं स्मृति दिवस मनाइएको छ । बुधबार बिहान शोभाभगवतीमा छोरा एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले शालिकमा माल्यार्पण गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण योगदानको चर्चा गरेका छन् । १५ वर्षभन्दा लामो जेल जीवन बिताएको सिंहले प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका थिए । उपप्रधानमन्त्री सिंहले गणेशमान सिंहलाई प्रजातन्त्रको पुनर्स्थापनामा महत्वपूर्ण नेताको रुपमा स्मरण गरेका छन् । सिंह १९९७ सालदेखि राणा शासनको विरोधमा सक्रिय थिए र ०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए । विसं १९७२ कात्तिक २४ गते जन्मिएका सिंहको निधन २०५४

    • प्रकाशित मितिः असोज २, २०८१
    • 310 पटक पढिएको
  • नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्य र क्षेत्रीय सम्बन्धमा जोड

    काठमाडौं–नेपाल र बङ्गलादेशले द्विदेशीय आर्थिक सहकार्यलाई प्रगति दिने तथा क्षेत्रीय संगठनहरूको सहयोगमा जोड दिएका छन् । नेपालका राजदूत घनश्याम भण्डारीले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग मङ्गलबारको भेटमा व्यापार, पारवहन, र ऊर्जा सहयोगमा छलफल गरेका हुन् ।विशेष रूपमा, भारतीय प्रसारण लाइनमार्फत नेपालबाट ४० मेगावाट बिजुली निर्यातका सन्दर्भमा द्विपक्षीय साझेदारीमा जोड दिएका हुन् । चाँडोभन्दा चाँडो विद्युत् निर्यात सम्झौता कार्यान्वयन हुनुपर्नेमा दुवै पक्षले सहमति जनाएका छन् ।प्रमुख सल्लाहकार युनुस र राजदूत भण्डारीबीच द्विपक्षीय सम्बन्ध विस्तारका साथै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन

    • प्रकाशित मितिः असोज २, २०८१
    • 273 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.