समाचार

    Showing 17,561-17,570 of 26,726 items.
  • परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेट, के-के भयो कुराकानी ?

    नयाँदिल्ली— भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो दुई समकक्षीबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो ।  भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो वि

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 475 पटक पढिएको
  • आज विश्व फोटोग्राफी दिवस मनाइँदै

    काठमाडौँ- विश्व फोटोग्राफी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित ‘ह्विइन माउन्टेन स्माइल’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।प्रदर्शनीमा ४० भन्दा बढी  फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बन्धित तस्वीरहरू राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 545 पटक पढिएको
  • पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत दिने

    धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् । यसैगरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएक

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 517 पटक पढिएको
  • बझाङ बुङ्गलको टुमेडामा पहिरोले पुरिएको घरका पाँच तस्बिर

    बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चार जनाको मृत्यु भएको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 631 पटक पढिएको
  • पहिरोले पुरिँदा एकै घरका तीन जनाको मृत्यु

    काठमाडौं- जाजरकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा आइतबार राति स्थानीय लालबहादुर परियारको घर पहिरोले पुरिएको हो । घरमाथिबाट खसेको पहिरो अस्थायी टहरा पुरिँदा परियारका साथै उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षीय छोराको मृत्यु जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । भूकम्पले घर भत्किएपछि परियारको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 648 पटक पढिएको
  • हवाइ उद्धारले ज्यान जोगिएपछि सुत्केरी खुसी

    संखुवासभा— राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दारबाट धेरै महिलाको ज्यान जोगिएको छ । एक वर्षको अवधिमा संखुवासभा जिल्लाका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ ।आर्थिक बर्ष २०८०–०८१ मा १४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाकी पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले बताइन् ।एक बर्षको अवधिमा ज्यान जोखिममा परेका १४ जना गर्भवती,प्रसुती,सुत्केरी तथा नवजात शिशुहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्दार गरिएको पब्लिक हेल्थ नर्स अधिकृत

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 512 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी महिलाको विभत्स हत्या

    म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।मृतक बिनाकुमारीको टाउको लगायत श

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 532 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे

    • प्रकाशित मितिः भदौ ३, २०८१
    • 343 पटक पढिएको
  • सालकको खपेटा सहित ५ जना पक्राउ

    मोरङ   ।   मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडी सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई लिईएको थियो । नियन्त्रणमा लिएका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बे

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 502 पटक पढिएको
  • जनार्दनले पार्टी फुटाउँछन् भन्ने असत्य सावित भइसक्यो: प्रचण्ड (भिडियो)

    काठमाडौं— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य सावित भइसकेको बताएका छन्। पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशंकाको तुवाँलो लागेको भएपनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई टुटाउन लागिपरेको आरोप समेत लगाउनु भयो । उहाँले उपमहासचिव शर्मासँग आफूबीच आगो ठोस्सिएजस्तो ठोसिने

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 550 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.