समाचार

    Showing 17,571-17,580 of 26,726 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन\चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भु-भागहरुमा आंशिक देखी साधारणतया बदली रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती

    • प्रकाशित मितिः भदौ २, २०८१
    • 468 पटक पढिएको
  • धर्मकाँटामा प्रहरीले लगायो ताला

    नवलपुर—  पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका वडा नं. १७ झराईखोलामा सञ्चालन गरेको धर्म काँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्म काँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्म काँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरितन्त्र र गुण्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । चितवनको आँपटारीमा सरकारी धर्मकाँटा भएकाले यहाँ खुलेआम लुट मच्चाउन धर्मकाँटा नचाहिने

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 215 पटक पढिएको
  • गाइजात्राको अवसरमा बागमतीमा सार्वजनिक बिदा

    हेटौडा— बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले यही भदौ ४ गते मङ्गलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको यो निर्णयसँगै गाईजात्रा पर्वमा बागमती प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।  प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा पर्वका दिन भदौ ४ गते सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले निर्णय गरेको जानकारी दिए । यसअघि २०७८ सालमा पनि बागमती प्रदेश सरकारल

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 337 पटक पढिएको
  • रक्षामन्त्रीसहितको टोली बाढी प्रभावित क्षेत्रमा

    सोलु— सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ।त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ। बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ। रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए।बाढीबाट

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 505 पटक पढिएको
  • खुम्बु क्षेत्रमा अझै रोकिएन कटान

    सोलु— खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी छ। शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी छ । बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो। बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ। खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब २०० मिटर पदमार्ग कटान गरेको छ। उद्धारका लागि नेपाली से

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 544 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन\चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ र बांकी भु-भागहरुमा आंशिक देखी साधारणतया बदली रहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राती देशभर साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग

    • प्रकाशित मितिः भदौ १, २०८१
    • 371 पटक पढिएको
  • परराष्ट्र सचिव लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

    काठमाडौं – परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् ।बिहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको रुपमा नियुक्त भएकी थिइन् । यससँगै मन्त्रालयको निमित्त सचिवमा प्रवक्ता अमृत राईको सम्भावना रहेको छ । उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सचिव हुन् ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 368 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल देशभर साधारणतया बदली रहेको छ। बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बाग

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 366 पटक पढिएको
  • मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा

    काठमाडौं— विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकाका केही भागहरूमा मङ्कीपक्स (एमपक्स) प्रकोप फैलिएपछि यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।प्रजातान्त्रिक गणतन्त्र कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको मृत्यु भएको छ भने अब मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा फैलिरहेको जनाइएको छ।यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिका भित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताए। बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 695 पटक पढिएको
  • राष्ट्रिय सभामा प्रधानमन्त्रीले जवाफ दिने

    काठमाडौं- संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बिहीबार बस्ने भएको छ।आज दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्नेछन्।बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोर

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 436 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.