झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका -५ बिरेन्द्र चोकमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको कन्चन मनी ट्रान्सफरमा डकैती गर्ने समुहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार फुङलिङ नगरपालिका -२ का २९ वर्षीय राजन पोर्तेल, शिवसतासी नगरपालिका-१ झापाका २६ वर्षीय चुन बहादुर सुनार, अर्जुनधारा -१० झापाका २५ वर्षीय मणिराज पोर्तेल र सिदिङवा गाउँपालिका -५ ताप्लेजुङ घर भई फिदिम-१ पाँचथर बस्दै आएका २७ वर्षीय टाइगर भन्ने गजेन्द्र लिम्बू रहेका छन । गत असोज १७ गते बिहान कन्चन मनी ट्रान्सफरमा ४ जनाको समुह पेस्तोल सहित प्रवेश गरी मनी ट्रान्सफरका कर्मचारी ३३ वर्षीया आशामाया प्रध
बिर्तामोड / ताप्लेजुङको सिदिम्बा गाउपालिका -४ सुरुमखिम घर भई हाल झापा अर्जुनधारा नगरपालिका -११ बसपार्क छेउ बस्दै आएको २५ बर्षीय नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला इलाम इलाम नगरपालिका -९ स्थायी घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका -११ स्थित रहेको ताप्लेजुङ इलाम होटलका संचालक ३८ बषिएय इन्द्र बहादुर अधिकारी , जिल्ला पाँचथर फिदिम नगरपालिका -१२ घर भई सोही होटलमा काम गर्ने २१ बर्षीय को अमृत आचार्य र जिल्ला पाँचथर फालेलुङ गाउपालिका - ७ स्थायी घर भई हाल सोही होटेलमा काम गर्ने स्टाफ अमृत आचार्यको श्रीमती २३ ब
झापा / कालिकोटको तिलागुफामा मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–४ राँचुलीबाट बेपत्ता १३ जनाको पहिचान खुलेको कालिकोटका डीएसपी चक्र शाहले बताए ।शनिवार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिको क्रममा तिला नदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरूलाई नदीमा बगाएको डीएसपी शाहले जानकारी दिए । बेपत्ताहरूको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।बेपत्ता हुनेहरू : १. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष २. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष ३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ३६ वर्ष ४. खगेन्द्र
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङ रहेका छन् । उनलाई करिब ६० ग्राम तौलको औंठी ३ थान र आईफोन मोबाइल २ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाइन्सद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको उक्त धातु र मोबाइल फेला पारी पक्राउ गरेको हो । उक्त धातु र मोबाइल सहित उनलाई आवश्यक क
काठमाडौँ / १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दसैँ बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो ।अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबा
काठमाडौ / मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवारको मनोनयनपत्र दर्ता गराइसकेका छन् । निर्वाचन आयोगले आइतबार दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै दाबी विरोध भएमा उजुरी दिन आग्रह गरेको छ ।पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी परेको जनाएको छ । यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
हुम्ला / हुम्लाको चंखेली गाउँपालिका –६ को देनबाडामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार केही दिनदेखि लगातार परेको वर्षाका कारण खसेको पहिरोले देउच्या सार्कीकाे घर पुरिएको हो । मृतक चारै जना बालबालिका रहेको परियारले बताइन् । घाइते तीन जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ । सदरमुकामबाट सिमकोट पुग्न हिँडेर तीन दिन लाग्ने भएकाले घटनास्थलमा प्रहरी पुगिनसकेको बताइएको छ । प्रहरी पुगेपछि मात्र के कति क्षति भएको हो यकिन हुने छ ।
काठमाडौं / संस्कृतिविद् एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा . डा सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा
काठमाडौँ / कालिकोटको तिलागुफा नगरपालिका -४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । स्थानीय युवक हेमराज शाहीको मलामी गएका उनीहरूलाई माथिबाट पहिरोले बगाएको भन्ने स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ गएको र थप त्यसपछि थाहा हुने कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । शर्माका अनुसार अहिले प्रहरी घटनास्थल जाँदै गरेको र यसबारे थप पत्ता लाग्नेछ । यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरू सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेको शर्माको भनाइ छ ।
काठमाडौँ / हास्य श्रृंखला ‘सक्किगो नि’ मा ‘सिते बा’ भूमिका निर्वाह गर्दै आएका कलाकार मधुसुदन पाठकले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।पाठकले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारको रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केही अगाडि स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानमा उम्मेदवारी घोषणा गरेका उनले भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.