समाचार

    Showing 17,601-17,610 of 26,726 items.
  • जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

    काठमाडौं-  काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखे

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 458 पटक पढिएको
  • उपचार गर्ने पैसा नभएर सहकारी पीडितको मृत्यु, शव बोकेर विरोध

    काठमाडौं— बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् ।आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् ।पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसक

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 768 पटक पढिएको
  • माओवादी क्षयीकरण हुनुका १० कारण

    काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ। पार्टी भित्र एक पटक देशकै ठूलो दल बनेको पार्टी किन क्षयीकरणको सिकार भएको भन्ने विषय जोरजवरजस्त उठेको छ। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बुँदे लिखित कारण पेश गरेका ५न् । २०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।साउन २५ देखि जारी स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन्‌

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 836 पटक पढिएको
  • भारतीय विदेशसचिव मिस्री नेपालमा, विशिष्ट व्यक्तिहरूसँग भेट गर्ने

    काठमाडौं–भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका छन् । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा आएक उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्साल पुग्नुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार, मिस्री र सचिव लम्सालबीच नेपाल–भारत सम्बन्ध, पारस्परिक हितका विविध विषयहरू र आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै, भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । 

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 497 पटक पढिएको
  • तीन महिना असला माछा मार्न नपाइने, एक लाखसम्म जरिवाना हुने

    काठमाडौं-बागलुङस्थित गलकोट नगरपालिकाभित्र तीन महिना असला माछा मार्न नपाइने भएको छ । भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको हो । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाको संरक्षणका लागि नगरपालिकाले गत वर्षदेखि कानुनी प्रक्रिया सुरु गरेको जनाएको छ । नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० मार्फत तीन महिना माछा मार्न रोक लगाएको जनाएको हो । प्रवक्ता हिमबहादुर भण्डारीले अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाउँदा माछाको संख्या बढेको उल्लेख गर्दै, यस वर्ष पनि सोही अवधिका लागि प्रतिबन्ध गरिएको जानकारी गराए । नियमको उल्लङ्घन गरेमा रु एक लाखसम्मको जरिवाना गर्ने व्यवस्था गरिएको छ ।नगर प्रमुख

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 502 पटक पढिएको
  • बडिगाड पहिरो : ११ जनाको मृत्यु, ५० परिवार विस्थापित

    काठमाडौं–बागलुङको बडिगाड गाउँपालिकामा बाढी पहिरोका कारण ५० परिवार विस्थापित भएका छन्। बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० का आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायतका बस्तीका परिवारहरू विस्थापित भएका हुन्। हालैका पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था अझै अज्ञात छ । विस्थापित परिवारहरू हाल बिचल्लीमा परेका छन्, विशेष गरी बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ। पहिरोले गर्दा खानेपानी र विद्युत् आपूर्ति ठप्प भएको छ। स्थानीय भीमबहादुर बुढाले पहिरोको जोखिमका कारण गाउँ छोड्न बाध्य भएको बताउँदै, आफ्नो र वरपरका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको बताएका

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 439 पटक पढिएको
  • पहिरोले अवरुद्ध राजमार्ग खुल्यो

    काठमाडौं–कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड पुन: सञ्चालनमा आएको छ। कालिकोट जिल्लाको पिली, कल्यानखोला, र बिर्तामोड क्षेत्रमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि अवरुद्ध सडक खुलाइएको हो। जुम्लास्थित सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । राजमार्गमा सानाठूला पहिरो खस्दा बेला बेलामा अवरुद्ध भइरहेको छ ।

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 386 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ     ।    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 360 पटक पढिएको
  • बंगलादेशी सरकारको पहिलो निर्णय : आन्दोलनविरुद्ध लगाइएका मुद्दा फिर्ता लिइने

    काठमाडौँ-  बंगलादेशमा जनआन्दोलनका क्रममा चलाइएका सबै मुद्दा फिर्ता लिइने भएको छ। कानुन मन्त्रालयले विद्यार्थी तथा नागरिकको पछिल्लो जनआन्दोलनलाई दमन गर्ने उद्देश्यले जुलाई १ देखि अगस्ट ५ सम्म चलाइएका सबै मुद्दा फिर्ता लिने तयारी गरेको हो।नवगठित अन्तरिम सरकार अन्तर्गतको मन्त्रालयको पहिलो बैठकले त्यसका लागि तीन दिनभित्र कदम चाल्ने निर्णय गरेको हो। बैठक कानून, न्याय तथा संसदीय मामिला सल्लाहकार प्रा। आसिफ नजरुलको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा मन्त्रालयले उक्त अवधिमा हत्यामा संलग्नलाई कारबाही गर्ने निर्णय पनि गरेको छ ।उत्पीडनको मुद्दामा पक्राउ परेका बालबालिका तथा किशोरलाई आगामी तीन दिनभित्

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 326 पटक पढिएको
  • कुलमानले पठाएको कागजात अध्ययन गर्दै लेखा समिति

    काठमाडौं— विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पढाएको कागजात अहिले संसदीय समितिमा अध्ययन भइरहेको छ । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणले पठाएका डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी कागजात अध्ययन थालेको छ। प्राधिकरणले बिहीबार डकुमेन्ट पठाएको र लेखा समिति सचिवालयले अध्ययन गरिरहेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । सार्वजनिक लेखा समितिले गत शुक्रबार टाइम अफ डे (टीओडी) तथ्यांक, प्राधिकरणका सञ्चालक मनोज मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन अनि डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी निर्णय कार्यान्वयन गर्न भएका पत्राचार नेपाल विद्युत् प्राधिकरणस

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 312 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.