समाचार

    Showing 17,651-17,660 of 26,726 items.
  • दुर्घटनामा परेको सौर्य एयरको ब्ल्याक बक्स परीक्षण गर्न सिंगापुर पठाइयो

    काठमाडौं— त्रिभुवन विमानस्थल परिसरमा गत साता दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणको लागि सिंगापुर पठाइएको छ।गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ परीक्षणको लागि ‘जहाज दुर्घटना छानबिन आयोग’का संयोजक रतिशचन्द्रलाल सुमन सिंगापुर गएका हुन्।दुर्घटनामा परेको जहाजको ब्ल्याक बक्समा हुने ककपिटको भोइस रेकर्डर (सीभीआर) र फ्लाइट डेटा रेकर्डर (एफडीआर) अध्ययनको लागि संयोजक सुमन सिंगापुर गएका हुन्।दुर्घटनाको सम्बन्धमा विस्तृत जाँच गरी त्यसको कारण पहिचान गरेर आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 476 पटक पढिएको
  • साइबर सुरक्षाका उपायहरू : ठगी र ह्याकिङबाट जोगिन प्रहरीको सुझाव

    काठमाडौं–नेपाल प्रहरीले पछिल्लो समयमा विभिन्न विदेशी आइडीहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भैरहेको जनाएको छ । यस किसिमका झुट्ठा पोष्टहरुबाट सतर्क रहन नेपाल प्रहरीले सम्पूर्णलाई अनुरोध गरेको हो । नेपाल प्रहरीका अनुसार, ठगहरूले विश्वसनीय देखाउन सरकारी र निजी संस्थाहरूको नाम र लोगो प्रयोग गरी रोजगारीका आकर्षक प्रस्तावहरू राख्ने गरेका छन् । आफ्नो व्यक्तिगत विवरण, पैसा, वा अन्य संवेदनशील जानकारी साझा गर्दा ठगीमा परिरहेका छन्। नेपाल प्रहरीले सर्वसाधारणलाई साइबर सुरक्षाका उपायहरू अपनाउन सुझाव दिएको छ । आफ्नो साइबर सुरक्षा बलियो ब

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 654 पटक पढिएको
  • अविरल वर्षाले देशभर बाढी र पहिरोको कहर : १५३ जनाको मृत्यु

    काठमाडौं–काठमाडौं–अविरल वर्षाले देशभर बाढी र पहिरोको कहर निम्त्याएको छ । गत जेठ २८ गतेदेखि निरन्तर परेको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्का घटनामा आइतबार दिउँसो सम्म १५३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको नेपाल प्रहरीको समाचार कक्षले जानकारी गराएको छ । यसैगरी, बाढी र पहिरोका कारण देशभर १७७ जना घाइते भएका छन्। घाइतेहरूको विवरण

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 629 पटक पढिएको
  • आज साउनको तेस्रो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं— आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन्।साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ।साउने सोमबार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन्।साउन महिनाको सोमबारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ। साउनको पहिलो सोमबारदेखि अन्तिम सोमबारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एवं पूर्णप

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 389 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी तराईका भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक\दुई स

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 306 पटक पढिएको
  • रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

    काठमाडौँ- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। आइतबार ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका उच्च पदस्थ व्यक्तिहरुले भोटोजात्रा अवलोकन गर्न जावलाखेल पुगेका थिए।उनीहरूलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरे।भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको वि

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 251 पटक पढिएको
  • एक प्रहरी ३८५ नागरिकको सुरक्षाकर्मी

    काठमाडौं— नेपालमा एक जना प्रहरीले ३८५ नागरिकको सुरक्षा गर्ने गरेको छ । नेपाली नागरिकको संख्या र प्रहरी संख्याको अनुपातले यसलाई देखाएको हो । केन्द्रीय तथ्यांक कार्यालयका अनुसार प्रहरी र नागरिकको अनुपात अनुसार अहिले एक प्रहरी बराबर ३८५ व्यक्ति हुन आउँछन् ।यो अनुपात अत्यधिक रहेको प्रहरी अधिकारीहरू बताउँछन् । संयुक्त राष्ट्रसंघको मापदण्ड अनुसार एक प्रहरी बराबर २२० नागरिक हुनुपर्छ । तर झण्डै दोब्बर संख्याका मानिसलाई नेपाल प्रहरीले सुरक्षा दिनुपर्ने हुँदा शान्ति सुरक्षामा स्वाभाविक रुपमा असर पर्ने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । प्रहरी प्रध

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 335 पटक पढिएको
  • अमेरिकामा हत्या : रुकुमपश्चिमका ओलीको परिवार शोकमग्न

    काठमाडौं–रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन। नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न आएका कान्छो छोरा, र बिहे गरेर गएकी छोरी घर आइपुगेकी छन्। आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ।३० वर्षीय जेठो छोरा दीपक ओलीको गत आइतबार बिहान अमेरिकामा गोली लागेर हत्या भएको खबरले परिवारलाई दुखित बनाएको छ। टेक्सासको वेको सिटीनजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा कार्यरत दीपकलाई बन्धुकधारी लुटेराले गोली हानेका थिए। दीपकले ग्यास स्टेसनलाई लुटिनबाट जोगाउन लाग्दा घटन

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 775 पटक पढिएको
  • कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीहरूको शपथ आज, विश्वासको मत भोली

    काठमाडौं–कर्णाली प्रदेश सरकारमा जाने मन्त्रीहरूको नियुक्ति र शपथ आज गर्ने तयारी गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल सोमबार विश्वासको मत लिने तयारीमा छन् । त्यसैले शुक्रबारदेखि रोकिएको मन्त्रीहरूको नियुक्ति तथा शपथ आज हुने श्रोतको दाबी छ । कांग्रेसले राजीव विक्रम शाहलाई आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी, सामाजिक विकास, सुरेश अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण र विजया बुढालाई जलस्रोत तथा उर्जा विकास मन्त्री बनाएर मुख्यमन्त्रीकहाँ पठाएको थियो । गत २७ चैतमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल संविधानको धारा १६८ को उपधारा २ अनुसार नेकपा माओवादी केन्द्रसहित दलहरूको समर्थ

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 613 पटक पढिएको
  • देशभर हैजाका २५ बिरामी फेला, पानी उमालेर पिउन आग्रह

    काठमाडौं–देशभर २५ जना हैजाका बिरामी फेला परेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले काठमाडौँ, ललितपुर र कैलालीमा हैजाका बिरामी फेला परेको जानकारी दिएका छन् । ललितपुरमा १६, काठमाडौँमा १, र कैलालीमा ८ जना हैजाका बिरामी छन्।हैजा एक अत्यन्त संक्रामक र शीघ्र फैलिने झाडापखाला हो, जसको मुख्य लक्षणमा पातलो पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने, र वान्ता हुनेजस्ता रहेका छन् । सङ्क्रमण गम्भीर अवस्थामा पुगेमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, र बेहोस हुन्छन् । हैजाका बिरामीलाई तुरुन्त अस्पताल नपुर्‍याए ५०

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 679 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.