समाचार

    Showing 17,681-17,690 of 26,726 items.
  • हतियारसहित दुई भारतीय समातिए

    काठमाडौं–हतियारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 687 पटक पढिएको
  • विपद्‍मा हालसम्म १४८ जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाको कारण आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी १४८ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ४८ जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७६ जना घाइते छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 566 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र बागमती प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको प

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 333 पटक पढिएको
  • काठमाण्डौमा सहकारी पीडितको मानव साङ्लो प्रदर्शन

    काठमाण्डौ  ।   सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले आज काठमाण्डौमा मानव साङ्लो प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै अभियानले काठमाण्डौको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन्  ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 366 पटक पढिएको
  • ४ घन्टाका लागि नेपाल टेलिकमको सेवा बन्द हुने

    काठमाडौं–आज राति ११ बजेदेखि ४ घन्टा नेपाल टेलिकमको सेवा बन्द हुने भएके छ । नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द गर्न लागिएको हो । नेपाल टेलिकमका अनुसार बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द गरिँदैछ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिनेछ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 588 पटक पढिएको
  • उपचार गराउन नसकेर घर फर्किएका कामतको निधन

    काठमाडौं–लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको हो । मिर्गौला रोगबाट ग्रसित उनले उपचारका लागि आर्थिक सङ्कटको सामना गराउनु परेको थियो । काठमाडौंमा उपचार गराउन नसकेर कामत हालै सिरहाको पोखरभिन्डा फर्किएका थिए । सङ्गीत गुरुका रूपमा परिचित उनी नेपाल मात्रै नभई भारत पनि चर्चित थिए । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 686 पटक पढिएको
  • स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन

    काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न विद्जन्य घटनाको उद्धार तथा राहको काममा सुरक्षाकर्मी सधैँ तैनाथ रहन्छन् । प्युठान जिल्लाको प्युठान नगरपालिका–९ र १० स्थित बुढादेवी बजारमा ढुङ्गा, हिलो, माटो, र लेदो सहितको भुस्वाङ खोलाले बजार क्षेत्रमा पसेपछि उद्धार तथा राहतमा नेपाल प्रहरी खटिएको छ । घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको हो । आवश्यक उद्धार सामग्री सहित सुरक्षाकर्मीहरूले घटनास्थल पुगेर उद्धार कार्य गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 428 पटक पढिएको
  • अविरल वर्षाका कारण बाढी र पहिरोमा १४५ जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो लगायतका विपद्‍मा परी १४५ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २४ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको हो। यस विपद्‌मा परी १७४ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्। घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 513 पटक पढिएको
  • ग्राहकको एक करोड १७ लाख लिएर प्रभुका प्रबन्धक फरार

    झापा–प्रभु बैङ्कको बिर्तामोड शाखाबाट  ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम लिएर बजार प्रबन्धक फरार भएका छन् । मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालका अनुसार, उनकी पत्नी मन्जु नेपालका नाममा प्रभु बैङ्कको बिर्तामोड शाखाबाट एक करोड १७ लाख रुपैयाँ हराएको छ । पटक पटक गरी एक करोड १९ लाख जम्मा गरेकाे भएपनि ६ महिनापछि हेर्दा जम्मा २ लाख मात्र बाँकी भएको उनको भनाई छ । बैङ्कका बजार प्रबन्धक प्रमोद सिटौलाले आफ्नो नियतवश उक्त रकम हिनामिना गरेको उनको आरोप छ । सिटौलाका दुई मोबाइल फोन पनि बन्द छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ ।&n

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 1,457 पटक पढिएको
  • बाढीले धार्चेमा एक घर बगायो, ११ घरमा उच्च जोखिम

    काठमाडौं–गएराति आएको वर्षाले गोरखामा एक घर बगाएको छ ।जिल्लाको धार्चे गाउँपालिका–५ सिङलास्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको हो ।धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार ११ घरमा लेदो सहितको पहिरो पस्दा उच्च जोखिममा छन् ।स्थानीय जोखिम मोलेर त्यस ठाउँमा बस्न बाध्य भएका छन् । २०७२ सालको भूकम्प पछि रुकाङ डाँडाको पुरङ गाउँको सिरानमा भूकम्पले जमिन चिरा चिरा परेकाले वर्षायाममा पहिरोको डरले सताउने गरेको छ । 

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.