समाचार

    Showing 1,921-1,930 of 26,479 items.
  • सुनसरीमा डाक्टरले चलाएको कारसँग ठोक्किँदा वरिष्ठ सई लालुकुमार यादवको मृत्यु, पत्नी घाइते

    सुनसरी— नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४ः१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छ

    • प्रकाशित मितिः असार १०, २०८३
    • 407 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । बन्द सत्र पछि निर्वाचन आयोगले लामिछाने निर्विरोध निर्वाचित घोषणा गरेको (रास्वपा) निर्वाचन आयोगका उप—प्रमुख राम गुरुङले जानकारी दिएका हुन् । उनले प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको गुरुङले जानकारी दिए । सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको बताए ।अव केन्द्रीय समिति सदस्यका लागि भने मतदान प्रकृयाबाट अगाढि बढ्ने उप—प्रमुख राम गुरुङले जानकारी दिए । 

    • प्रकाशित मितिः असार १०, २०८३
    • 382 पटक पढिएको
  • चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    काठमाडौँ। नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई वटा अमूल्य मूर्ति फिर्ता नेपाललाई फिर्ता गरिएको छ ।न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज आयोजित विशेष हस्तान्तरण समारोहमा न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । समारोहमा न्युयोर्कस्थित  नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा म्यानहटन सरकरी वकिलको  कार्यालयअन्तर्गतको पुरातात्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।महावाणिज्य दूतावासले जारी गरेको

    • प्रकाशित मितिः असार १०, २०८३
    • 281 पटक पढिएको
  • पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    काठमाडौँ। चालु आर्थिक वर्षको  प्रथम ११ महिनामा रु २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसाधन आयात भएका हुन् । उक्त अवधिमा रु पाँच अर्ब ६५ करोडबराबरका  ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा  विद्युतीय वाहन आयात भएका छन् । सोही अवधिमा रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका  ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।काठमाडौँ। चालु आर्थिक वर्षको  प

    • प्रकाशित मितिः असार १०, २०८३
    • 223 पटक पढिएको
  • कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

    काठमाडौँ। आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो ।उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तरराष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् ।  उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि महिलालाई कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ ।अन्तरसम्

    • प्रकाशित मितिः असार १०, २०८३
    • 165 पटक पढिएको
  • आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना

    काठमाडौँ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया

    • प्रकाशित मितिः असार १०, २०८३
    • 237 पटक पढिएको
  • दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट

    खोटाङ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो । नगर उपप्रमुख विशन राईले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि रु ४५ लाख छुट्याइएको छ । नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ बजेट विनियोजन गर्नुभएको हो ।  बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘ब

    • प्रकाशित मितिः असार १०, २०८३
    • 205 पटक पढिएको
  • शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

    कञ्चनपुर। नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोपचराको गणना सुरु गरेको छ । मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ । गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोपचराको गणना हुँदै आएको छ । “सुनौलो तोपचरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उहाँले भन्नुभयो, “यस चरालाई प्रकृति संरक्षणका लागि अन्तरराष्ट्रिय सङ्घ (आइयुसिएन) को रातो सूचीमा स

    • प्रकाशित मितिः असार १०, २०८३
    • 157 पटक पढिएको
  • नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

    काठमाडौं । हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक स्वर्गीय शान्ति मिश्रको सम्मानमा विशेष हुलाक टिकट सार्वजनिक गर्दै प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको छ।मंगलबार आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयकी सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा शान्ति मिश्रको तस्वीर अंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै सञ्चार सचिव बस्नेतले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सानो पुस्तकालयबाट सुरु भएर आज दक्षिण एसियाकै प्रतिष्ठित पुस्तकालयका रूपमा स्थापित भएको उल्

    • प्रकाशित मितिः असार ९, २०८३
    • 197 पटक पढिएको
  • इरानको नियन्त्रणमा स्ट्रेट अफ होर्मुज, ४४१ तेल ट्यांकर प्रतीक्षामास अमेरिका–इरान वार्तापछि नयाँ सहमति

    काठमाडौं । इरानका प्रमुख वार्ताकार तथा संसद सभामुख मोहम्मद बगेर गलिबाफले स्ट्रेट अफ होर्मुजको व्यवस्थापन अब इरानको नियन्त्रणमा रहने बताएका छन् । स्विट्जरल्यान्डबाट फर्किने क्रममा सोमबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले जलमार्गको व्यवस्थापन अब पूर्व–युद्ध अवस्थामा फर्किन नसक्ने दाबी गरे । उनले इरान र अमेरिका बीच आपतकालीन अवस्थाहरूमा तत्काल सम्पर्क र समन्वयका लागि एक संयुक्त सम्पर्क केन्द्र स्थापना गर्ने सहमति भएको पनि जानकारी दिए । तर यो सम्पर्क प्रणाली केवल आपतकालीन समुद्री घटनाहरू व्यवस्थापनका लागि मात्र हुने र जहाजहरूको ट्रान्जिट अनुमति प्रक्रिया भने पुरानै प्रणालीअनुसार चल्ने उनले स्पष्

    • प्रकाशित मितिः असार ९, २०८३
    • 193 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.