समाचार

    Showing 1,941-1,950 of 16,992 items.
  • सांसदहरुको आक्रोश: सदनलाई प्रधानमन्त्रीका व्यंग्य र टुक्का सुन्ने थलो बनाइयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकार जनताको आवाज दबाउने प्रयासमा लागेको आरोप लगाएकी छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले संसदमा सरकार जनमुखी नभएको र सत्ताका निकट व्यक्तिहरूलाई जोगाउन मात्रै लागेको आरोप लगाइन् ।‘रास्वपाले जहिले पनि जनताको आवाज उठाइरहेको हो सदनमा,’सांसद कठायतले भनिन्, ‘मान्छे बेचिएको, नागरिक बेचिएको भन्ने समाचार आउँदा सरकार मौन बस्नु हुँदैन ।दोषीमाथि कारबाही गर्नुपर्ने हो। तर सरकार जनताको पीडाभन्दा पनि आफ्नो कुर्सी जोगाउने र आफ्ना मान्छेहरूलाई कसरी जोगाउने भन्नेमा केन्द्रित छ ।’उनले संसदमा जनताको आवाज नसुन्ने हो

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 454 पटक पढिएको
  • प्रचण्ड भन्छन माओवादी आन्दोलनबाटै थारू अधिकार स्थापित भयो

    नवलपुर— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन् ।नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भइ सम्बोधन गर्नुभएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण थारु समुुदायले आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याए । ‘यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचा

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 459 पटक पढिएको
  • बेहोस् भई ढलेका प्रहरी सहायक निरीक्षकको उपचारका क्रममा निधन

    ताप्लेजुङ— जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा बेहोस् भई ढलेका भुजेलको उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए । बेहोस् भई ढलेका उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डीएसपी गौतमको भनाइ छ ।४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 433 पटक पढिएको
  • मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    जनकपुर— मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए । प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२/०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन्  ।बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन् ।उनीहरुले बजेटमा दे

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 429 पटक पढिएको
  • हैजा रोकथामका लागि सबै सुरक्षा निकायसहितको चिकित्सक टोली खटाइने

    काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन् ।प्रतिनिधिसभाको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्दै नियन्त्रणका लागि सरकारको तर्फबाट सक्दो पहल भएको तथा यस रोगको स्रोत के हो भन्नेबारे खोजी भइरहेको बताए ।उनले भने, ‘यतिबेला देशमा अर्थात वीरगञ्जमा हैजाको महामारी आएको छ । यसले  गर्दा  पीडा र क्षतिको वातावरण समेत बनेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा हैजा संक्रमि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 450 पटक पढिएको
  • पछाडि पारिएको सुदूरपश्चिममा लगानी गर्न सरकारको आग्रह

    काठमाडौं— पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ का रूपमा रहेको सुदूरपश्चिममा लगानीका लागि सरोकार भएकाहरूले आह्वान गरेका छन । सुदूरपश्चिम  प्रदेश लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा वक्ताहरूले सुदूरपश्चिममा लगानीकमा लागि आग्रह गरेका हुन् । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरे। उनले त्यहाँ लगानीको वातावरण बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी नीति निर्माण र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने खाँच

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 420 पटक पढिएको
  • मानव बेचबिखनविरुद्ध सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

    काठमाडौं— मानव बेचबिखनविरुद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा आज काठमाडौंमा “मानव बेचबिखनको सवालमा सञ्चार क्षेत्रको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ। कार्यक्रम शक्ति समूह र कियाशील पत्रकार महिला (डब्लु डब्लु जे) को संयुक्त आयोजनामा नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने छ।मानव बेचबिखनको जोखिममा परेका महिला, बालिका र किशोरीहरूको पक्षमा लामो समयदेखि काम गर्दै आएको शक्ति समूहले सञ्चार माध्यमहरूको प्रभाव र उत्तरदायित्वलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरेको जनाएको छ।शक्ति समूहका रणनीतिक तथा पैरवी निर्देशक चरिमाया तामाङले जारी गरेको सूचनामा, कार

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 451 पटक पढिएको
  • एनपी साउद भन्छन उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन्

    काठमाडौं— नेपाली कांग्रेसका सांसद एनपी साउदले उखु किसानहरूलाई बक्यौता भुक्तानी नदिइएको र सरकारले दिनुपर्ने अनुदान कटौती गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसानहरू विशेषतः उखु किसानहरू वर्षौंदेखि निरन्तर अन्यायमा परेको बताएका हुन् ।‘नेपाल कृषि प्रधान देश भएपनि उखु किसानहरु निरन्तर अन्यायमा परिरहेका छन् । हाल सरकारले प्रदान गर्दै आएको अनुदान कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू राजधानीको माइतीघरमा धर्ना दिन बाध्य भएका छन्,’ उनले भने, ‘यो अवस्था हाम्रो कृषि आधारित अर्थतन्त्र र उखु उत्पादन चक्रका लागि गम्भीर चि

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 463 पटक पढिएको
  • रास्वपा र राप्रपाद्वारा आजपनि बैठक बहिस्कार

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिस्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफ्नो भनाई राखेपछि बैठक बहिस्कार गरेर सदनबाट बाहिरिए । उनीहरुले लामो समयदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिस्कार गर्दै आइरहेका छन् । 

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 426 पटक पढिएको
  • बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु

    बारा— बाराको सिम्रौनगढमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।सिम्रौनगढ नगरपालिका— २ अमृतगन्ज बस्ने ६५ वर्षीय रामेश्वर महत्तोको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।सोही ठाउँस्थित तरकारी बारीमा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 426 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा