रौतहट— रौतहटको देवाही गोनाही नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।‘समृद्ध देवाही गोनाही, सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ नगरपालिकाले सामाजिक न्यायसहितको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको हो । प्रेमपुर गोनाहीस्थित नगर कार्यपालिकाको कार्यालयमा आयोजित १३ औँ नगर सभामा आगामी आर्थिक वर्षका लागि कुल ४४ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।नगरपालिकाका प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको उक्त नगर सभामा उपप्रमुख परनिया देवी पटेलको तर्फबाट वडा नं. ४ का वडा अध्यक
सुरुङ्गा । झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन् । भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका र आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि एमालेभित्र तरंग सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई सुर्खेतबाट पक्राउ गरेको हो।पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ। अनुसन्धान निकायले उनको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे छानबिन गरिरहेको जनाएको छ।पक्राउअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारिएको स्रोतको दाबी छ। पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।पौडेलको पक्राउसँगै एमालेभित्र चासो र चर्चा बढेको छ भने राष्ट्रिय राजनीतिमा समेत यसको प्र
काठमाडौं— प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका गतिविधि तथा सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।सोमबार जारी प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरिएको हो ।काउन्सिलले पछिल्लो समय केही सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेसागत आचारण र मर्यादा विपरीतका गतिविधि बढ्दै गएको उल्लेख गरेको छ । काउन्सिलले अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल, फेसबुक पेज तथा रिलम
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् । सरकारले प्रतिशोध साध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए ।‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने ।अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यपालिका हुँदाहुँदै विधिको शासन र स
काठमाडौं— अन्तर्राष्ट्रिय एकल महिला दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसघंले सन् २०११ मा प्रत्येक वर्ष जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसकोरुपमा मनाउने घोषण गरेको थियो ।त्यसपछि नेपालमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी एकल महिला दिवस मनाउने गरिएको हो ।
मुगु— मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं.४ लिब्रु गाँउमा जिल्लाकै पहिलो विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय लिन सहजताको लागी आपतकालीन आवासीय भवन निर्माण गरीएको छ ।सोरुगाँउपालिका वडा नम्बर ४ साबिकको फोतु पाबिसमा रहेका दर्जन भन्दा बढी बस्तीहरु भिरालो भुवाकमा रहेका गाँउ भएको स्थान भएको हुनाले कुनै बेला आपति बिपती हुन सम्क भन्ने हिसाबले सोरु गाउँपालिकाको पहल तथा सहरी बिकास मन्त्रालयको २५ लाख सहयोगमा निर्माण गरिएको उक्त भवन प्राकृतिक विपद्, आगलागी, बाढीपहिरो लगायतका आपतकालीन परिस्थितिमा प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित आवास प्रदान गर्न हिसावले यो आपतकालीन भवन निमार्
काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ १४ पैसा र बिक्रीदर २०० रुपैयाँ ९३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पै
काठमाडौं— हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।दिउँसो देशक
काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो। पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ। उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले जनाएको छ। एमालेले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ।उनलाई कार्यक्रमस्थलबाटै पक्राउ गरेर अहिले जिल्ला प्रहरी कार्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.