 
    दार्चुला— दार्चुलामा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । नौगाड गाउँपालिका–६ खालिडाडामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको हो।५० वर्षीया ऐति धामी घाँस काटेर घर फर्कने क्रममा घरनजिकैको जंगलमा सन्तुलन गुमाएर भीरबाट लडेकी हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छत्र रावलले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
 
    काठमाडौं— राष्ट्रिय अनुसन्धान विभागले ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।विभागले ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० जना माग गरेको हो । विभागले शुक्रबार (भदौ १३ गते) देखि असोज १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म आवेदनका लागि समय दिएको छ ।
 
    अछाम— अछामको पञ्चदेवल विनायक नगरपालिका–८ स्थित छाउगोठमा सुतिरहेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ। एक जना घाइते भएकी छन्।३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनीहरू छाउपडी प्रथाका कारण गोठमा सुतिरहेका बेला अचानक ढुङ्गा खसेको जनाइएको छ।कविताकी आमा भने घाइते भएकी छन्। उनलाई तत्कालै नजिकको स्वास्थ्यचौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।घटनाको जानकारीपछि प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख ओमप्रकाश खनाल
 
    बर्दिया— स्वास्थ्य बिमा गरेका बाँसगढी नगरपालिकाका बासिन्दालाई स्थानीय स्तरमै सेवा नपाउँदा उपचारका लागि बाँकेको अस्पताल धाउनु पर्ने बाध्यता कायम रहेको छ। नगरपालिकाका स्वास्थ्य संस्थामा बिमा कार्यक्रम लागु नभएकाले बिरामीहरूले सहज सेवा पाउन सकेका छैनन्।बाँसगढी नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न अस्पतालको अभाव छ। यही कारणले स्थानीयहरू सामान्य चेकजाँचदेखि विशेष उपचारका लागि पनि बाँकेको वैजनाथ स्वास्थ्य केन्द्र, कोहलपुर मेडिकल कलेज वा भेरी अस्पताल, नेपालगञ्ज जानुपर्ने अवस्था छ।हालसम्म बाँसगढीमा १९ हजार ७७८ जनाले स्वास्थ्य बिमा गरेका छन्। तीमध्ये तीन हजार ८२ जना ज्येष्ठ नागरिक छन्। स्वास्थ्य ब
 
    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज विशेष सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ।सांघाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन जान लागेका प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका बारेमा सदनलाई जानकारी गराउने उद्देश्यले प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका उनको सचिवालयले जनाएको छ। चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट क
 
    काठमाडौं— निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित देशभरका सबै स्थानीय तहमा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि नगरपालिका र गाउँपालिका अब निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गरेकी छन्।निमित्तको भरमा सञ्चालित देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी मन्त्री न्यौपानले सामाजिक सञ्जालमार्फत दिएकी छन्। ‘सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ। यो काममा म निरन्तर लागिरहेकी छु,’ उनले फेसबुकमा लेखेकी छन्, ‘मैले कार्य
 
    काठमाडौं— काठमाडौंको जडिबुटीमा शुक्रबार बिहानै स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेका छन् । बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर उनीहरुको मत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुलाई राष्ट्रिय ट्रमा सेन्टर पर्याइएको थियो । उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
    काठमाडौं— आज संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक दिउसो १ बजे र राष्ट्रिय सभा बैठक १ः१५ बजेदेखि सरुु हुने छ ।आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।त्यस्तै आज सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।त्यसैगरी व्यवस्थापन कार्य अन्तर्गत आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ’कृ
 
    काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि साधारणतया बदलीभइ देशका अधिकांश भूभाग कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ।दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ। साथै सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भवना रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
 
    रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन ।कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताए । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए ।यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो बर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।आफू
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.