समाचार

    Showing 1,961-1,970 of 26,479 items.
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेर सुन तोलामा १ हजार ४०० र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । आज सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ रहेको थियो । 

    • प्रकाशित मितिः असार ८, २०८३
    • 448 पटक पढिएको
  • एक सातादेखि बेपत्ता पूर्ववडाध्यक्षको खोजी जारी

    धनुषा— धनुषाको सहिदनगर नगरपालिका–३ यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि सम्पर्कविहीन भएका छन्। गत आइतबार औषधी लिन जनकपुर जाने भन्दै घरबाट निस्किएका मण्डल त्यसयता घर नफर्किएको र मोबाइल फोनसमेत सम्पर्कमा नआएको परिवारले जनाएको छ। परिवारका अनुसार उनी केही समयदेखि अनिद्राको समस्याका कारण नियमित औषधी सेवन गर्दै आएका थिए।मण्डलकी भाउजू पार्वती मण्डलले घरपरिवारमा कुनै विवाद वा मनमुटाब नरहेको बताउँदै उनको सुरक्षित खोजीका लागि सहयोगको अपिल गरेकी छन्। मण्डलले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट भने जनकपुरको पुलचोकस्थित घरमा फेला परेको छ। स्थानीयका अनुसार उनी जनकपुर पुगेकै दिन रेलमार्फत

    • प्रकाशित मितिः असार ८, २०८३
    • 418 पटक पढिएको
  • धनगढीमा लागुऔषधसहित ११ जना युवा पक्राउ

    काठमाडौं— कैलालीको धनगढीमा प्रहरीले लागुऔषधविरुद्ध सञ्चालन गरेको विशेष अभियानअन्तर्गत एकै दिन ११ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा खैरो हेरोइन, चरेस र गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट खैरो हेरोइनजस्तो देखिने ९२ ग्राम ३०३ मिलिग्राम पदार्थसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शिवनारायण राना, रामअवतार राना, सुवास राना, जस्मन्त राना लगायतका व्यक्ति तथा एक १८ वर्षीय किशोर रहेका छन्।त्यसैगरी, वडा नम्बर–३ स्थित फाप्ला क्रिकेट मैदान नजिकबाट २ ग्राम ६३ मिलिग्राम चरेससहित

    • प्रकाशित मितिः असार ८, २०८३
    • 412 पटक पढिएको
  • झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

    बनियानी। झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।कुखुराको खोरको ढोका लगाउने क्रममा खोर नजिकै रहेको इँटाको थुप्रोबाट निस्किएको सर्पले पञ्चमायाको दाहिने हातको माझी औँलामा डसेको थियो । सर्पदंशबाट गम्भीर घाइते भएकी शेर्मालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारका क्रममा गएराती उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । शव हाल बिएण्डसी अस्प

    • प्रकाशित मितिः असार ८, २०८३
    • 206 पटक पढिएको
  • गगन थापालाई समर्थन गरेकोमा मिराज ढुङ्गानाको आत्मालोचना

    काठमाडौं— नेपाली राजनीतिक वृत्तमा चर्चित बनेको एक अभिव्यक्तिमा मिराज ढुङ्गानाले नेपाली कांग्रेसका नेतालाई विगतमा दिएको समर्थनबारे आत्मालोचना गरेका छन्।ढुङ्गानाले आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक नेतृत्वको मूल्याङ्कन व्यक्तिप्रति आकर्षणका आधारमा होइन, कार्यसम्पादन, प्रतिबद्धता र परिणामका आधारमा हुनुपर्ने बताएका छन्। उनले विगतका आफ्ना राजनीतिक अपेक्षा र वर्तमान अवस्थाबीच फरक अनुभव भएको उल्लेख गर्दै आत्मसमीक्षा आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थक र आलोचकबीच विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई राजनीतिक परिपक्वताको संकेत भनेका छन् भने केहीले

    • प्रकाशित मितिः असार ८, २०८३
    • 420 पटक पढिएको
  • रहेनन् कांग्रेसको ‘सादगी’ नेता खरेल

    काभ्रेपलाञ्चोक। पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहनुभएका उहाँ पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित हुनुहुन्थ्यो ।  काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररतका अवस्थामा गए राति उहाँको निधन उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो । महेश पाँचखाल नगरपालिकाका प्रमुख हुनुुहुन्छ । सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मुभएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँको संसदीय यात्राका क्रममा तत्क

    • प्रकाशित मितिः असार ८, २०८३
    • 221 पटक पढिएको
  • हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

    बागमती। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ ।हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो । त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन । यस वर्ष यसको सञ्चालनका लागि सरकारले चासो बढाएसँगै सरकारी तवरबाट स्थलगत अनुुगमनसँगै सक्रियता बढाइएको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो ।“कपडा उ

    • प्रकाशित मितिः असार ८, २०८३
    • 286 पटक पढिएको
  • सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

    किमाथाङ्का। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ ।  पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरस

    • प्रकाशित मितिः असार ८, २०८३
    • 227 पटक पढिएको
  • रास्वपालाई थप समावेशी बनाइँदै

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो ।विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।त्यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना

    • प्रकाशित मितिः असार ८, २०८३
    • 176 पटक पढिएको
  • घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

    तुलसीपुर। घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा ४५८ किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, २८० किलोमिटर नयाँ सडक निर्माण र ६८.३ किलोमिटर सडक मर्मत सम्पन्न भएको छ । नगरका सबै वडालाई केन्द्रसँग जोड्न २०७ कल्भर्ट र पाँच झोलुङ्गे पुल निर्माण गरिएका उहाँले बताउनुभयो । सहरी सौन्दयीकरण र सरसफाइका लागि ९९ किलोमिटर ढल निर्माण तथा एउटा व्यवस्थित स्यानेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ । नदी नियन्त्रणका लागि २०.९ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरी बाढी र कटानको जोखिम कम गरिएको छ ।खानेपानी र सिँचाइमा आत्मन

    • प्रकाशित मितिः असार ८, २०८३
    • 225 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.