समाचार

    Showing 2,011-2,020 of 16,998 items.
  • बक्स अफिस म्युजिक अवार्डमा मोतिराज खनाल ‘सर्वोत्कृष्ट भजन गायकरसंगीतकार’ को रूपमा सम्मानित

    काठमाडौं— बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा ‘बक्स अफिस म्युजिक अवार्ड २०८२’ तथा ‘१९औं विश्व कृतिमानी रामबहादुर (आरके) सुवेदी गोल्डकप’ फुटबल प्रतियोगिता काठमाडौंको बौद्धस्थित इलाइट फुटसलमा भव्य रूपमा सम्पन्न भएको छ।संगीततर्फ विभिन्न विधामा सम्मान प्रदान गरिएको कार्यक्रममा गायक तथा सर्जक मोतिराज खनाल ‘सर्वोत्कृष्ट भजन गायक तथा संगीतकार’को उपाधि जित्न सफल भएका छन्।खनालले ‘सुपा देवी देउरालीकी माई’ बोलको भजनमार्फत अवार्ड हात पार्न सफल भएका हुन्। भजन अर्घाखाँचीको धार्मिक र सांस्कृतिक प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै व्यापक सराहना पाइरहेको छ।उक्त भजन युट्युब, फेसबुक र टिकटक लगायत सामाजिक सञ्ज

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 682 पटक पढिएको
  • हैजा तथा झाडापखाला संक्रमण रोकथाममा रेडक्रसको सहयोग

    काठमाडौं— हैजा तथा झाडापखालाजस्ता पानीजन्य रोगको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल रेडक्रस सोसाइटीले विभिन्न सहयोगात्मक गतिविधि सञ्चालन गरेको छ।पानीको स्रोतको सरसफाइ, सचेतनामूलक कार्यक्रम, ह्यान्डवास सामग्री वितरण, तथा प्रभावित क्षेत्रहरूमा स्वच्छता प्रवर्द्धनका कामहरूमा रेडक्रस सक्रिय बनेको हो।संक्रमणको जोखिम बढ्न थालेपछि स्थानीय तह र स्वास्थ्य कार्यालयको समन्वयमा समुदायस्तरमा चेतना अभिवृद्धि र सुरक्षात्मक उपायहरू अपनाउने कार्य तीव्र पारिएको रेडक्रसले जनाएको छ।यस अभियानमार्फत दुर्गम तथा जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखिएको र जनस्वास्थ्य सुरक्षामा योगदान पुगोस् भन्ने उद्देश्य रहेको

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 446 पटक पढिएको
  • मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच शिष्टाचार भेट

    वीरगन्ज— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव कार्की र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।शिष्टाचार भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना र प्रदेशस्तरीय साझेदारी लगायत विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।मुख्यमन्त्री कार्कीले इजरायलसँग कृषिको आधुनिकीकरण, सीपमूलक तालिम, श्रमिक व्यवस्थापन र प्रविधि हस्तान्तरणमा सहयोगको अपेक्षा राखेको बताए।राजदूत गोडरले इजरायल नेपालसँग सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको र प्रदेशस्तरीय पहलहरूमा पनि सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका थिए।भेटवार्तामा प्रदेश सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 439 पटक पढिएको
  • उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

    काठमाडौं— उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।बुटवलको सुप्रिम सहकारी ठगी

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 526 पटक पढिएको
  • रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउने

    बुटवल— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइ सकिएको छ ।उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा रविका तर्फबाट दिइएको निवेदनमाथि सुनुवाइ सकिएको हो ।रविले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए । रविको मुद्दामा आजको सुनुवाइ टुंगियो, आदेश केहीबेरमै आउनेयसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले रविको निवेदनका सम्बन्धमा आवश्यक आदेश दिनेछ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 465 पटक पढिएको
  • बुढानीलकण्ठमा राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    काठमाडौं— बुढानीलकण्ठ नगरपालिका—३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । उनले चलाएको बागमती प्रदेश—०२—०५० प ०७८९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबारराति सवा ९ बजेतिर दुर्घटना भएको थियो । अनियन्त्रित मोटरसाइकल  बा२ज ४९११ नम्बरको ट्याक्सीमा समेत ठोक्किन पुगेको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका केवीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । त्यहाँबाट रेफर गरी मण्डिखाटारस्थित हेम्स अस्पताल लगिएकोमा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील र

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 363 पटक पढिएको
  • करेन्ट लागेर एक जनाको मृत्यु

    बाँके— बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।आफ्नै कुखुरा फर्ममा रहेको बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 399 पटक पढिएको
  • १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका दुई अभियुक्त काठमाडौंबाट पक्राउ

    काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको साविक पुरहरि गाविस–८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम (बुढामगर) रहेका छन्।सिआइबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार उनीहरूलाई १५ असार २०६७ मा घटेको घटनासम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। टण्डन र बुढामगरले तुलसीपुरबाट एक युवतीलाई अपहरण गरी दाङको पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए।उक्त घटनामा अदालतले टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैदको सजाय सुनाएको थियो। तर, उनीहरू फरार रहँदै आएका थिए।अहिले पक्राउ परेका

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 370 पटक पढिएको
  • एनपी साउद भन्छन सरकारले तत्काल उखु किसानका माग सम्बोधन गर्नुपर्छ

    काठमाडौं— नेपाली कांग्रेसका नेता एनपी साउनदले आन्दोलनरत उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गरेर उखु किसानको माग तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ । ‘म सरकारसँग उद्योगी र किसानको हितलाई दृष्टिगत गरी चिनीको आपूर्ति सन्तुलनसमेत कायम रहने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्दै उखु किसानको माग तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु,’ साउदले फेसबुकमा लेखेका छन् । पूर्वपरराष्ट्रमन्त्री साउदले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको ३५ रुपैयाँ प्रति क्विन्टललाई तत्काल पहिलाक

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 431 पटक पढिएको
  • हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्र तोडफोड गर्ने युवा पक्राउ

    स्याङ्जा— जिल्लाको आधारभूत स्वास्थ्य चौकी तोडफोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा २२ वर्षीय रामकिसन गुरुङ रहेका छन्।पुतलीबजार नगरपालिका—२ स्थित चिरुवामा हालै उदघाटन गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्रका झ्याल र ढोका तोडफोड गरेको भन्दै प्रहरीले गुरुङलाई पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।आइतबार राति स्वास्थ्य केन्द्रको झ्याल ढोका तोडफोड भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरपाएपछि पुगेको प्रहरीले अनुसन्धानका क्रममा गुरुङको संलग्नता पाएपछि पक्राउ गरेको हो।सोही वडाका स्थानीय गुरुङलाई पक्राउ गरी आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान जा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 405 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा