काठमाडौं । बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनकी संस्थापक देवी खड्काले द्वन्द्वकालीन यौन हिंसापीडित महिलाहरू अझै पनि ट्रमाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको बताएकी छन् ।शुक्रबार द्वन्द्वमा यौन हिंसा उन्मुलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पीडित महिलाहरूको आत्मविश्वास पहिलेभन्दा बलियो भए पनि ट्रमा जीवनभर साथ रहने बताएकी छन् । उनले भनिन्, ‘केही पाएर होइन, हाम्रो आत्मागत अवस्था अलि बलियो भएको छ । हामी अलि स्टेबल भएका छौँ । यसको मतलव ट्रमाबाट मुक्त भयौँ भन्ने होइन । ट्रमा हाम्रो साथी हो, यो जिन्दगीभरी हुन्छ । ट्रमालाई थोरै जितिरहेका छौँ ।’ उनले केही उपलब्धि हासि
काठमाडौं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ ।परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहे पनि उनी चिकित्सकको निगरानीमा छन् । पछिल्ला केही घण्टायता सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न हल्ला र अड्कलबाजीप्रति परिवारले असन्तुष्टि व्यक्त गर्दै यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भएको जनाएको छ ।विश्वकपको उद्घाटन खेलमा अल्जेरियाविरुद्ध गोल गरेपछि लियोनल मेस्सी भावुक हुँदै आँसु झारेका थिए । खेलपछि उनले आफू भावुक हुनुको कारण खेलसँग सम्
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कसरी योगदान पुर्याउन सक्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी भएको बताएका छन् । शुक्रबार चलचित्र विकास बोर्डद्धरा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताए । राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पह
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ६९।७५ विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ जना विद्यार्थीमध्य २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका छन् ।जसमा ३।६१ देखि ४ जीपीए ल्याउनेको संख्या १७ हजार ७८६ जना ग्रेडेड भएका छन् । ३।२१ देखि ३।६० जीपीए ल्याउनेको संख्या ६४ हजार ८२१ जना ग्रेडेड भएका छन् । यस्तै, २।८१ देखि ३।२० सम्म ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन् । त्यसैगरी २।४१ देखि २।८० सम्म जीपीए ल्याउनेको संख्या ५० ह
रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव हाँथ्व देउका दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ ।करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन्। वि.स. २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट मल्लकालीन आकाश भैरवका दुई मूर्ति चोरी भएका थिए। त्यसयता सम्पदाको कुनै अत्तोपत्तो थिएन। तर, वि.स. २०७४ को इन्द्रजात्राका अवसरमा अनिलचन्द्र श्रेष्ठले ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ शीर्ष
काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम गरेमा, वार्ताका लागि भर्खरै तय गरिएको रूपरेखा फ्रेमवर्क उल्लंघन गरेमा वा थप मागहरू राखेमा तेहरानले कडा जवाफ दिने चेतावनी इरानका शीर्ष वार्ताकार एवं संसदका सभामुख मोहम्मद बगेर गालिबाफले दिएका छन् ।सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गालिबाफले इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले उल्लेख गरेका सर्तहरू पालना गर्न प्रतिबद्ध रहेको तर सम्झौता उल्लंघन भएमा कडा रूपमा प्रस्तुत हुने बताए । उनले भने, ‘हामी कमान्डमा छौँस विपक्षी पक्षबाट बदनियत वा थप माग आएमा हामी शत्रुलाई कडा जवाफ दिन हिचकिचाउने छैनौँ ।’ यो चेतावनी अमेरिका र
काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । यसैगरी, लुम्बिनी प्रदेशको पहाडी भू-भाग र मधेस प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका
देशबन्धु बिश्वामित्र: नेपालमा आध्यात्मिक, सांस्कृतिक तथा सभ्यतागत विषयहरू कहिल्यै धार्मिक सीमाभित्र मात्र रहेनन्। यहाँ धर्म, संस्कृति, इतिहास, राजनीति र राष्ट्रिय पहिचान एकअर्कासँग गहिरो रूपमा गाँसिएका छन्। यही सन्दर्भमा हिन्दू सन्यास परम्पराका प्रतिष्ठित आध्यात्मिक नेतृत्व स्वामी अवधेशानन्द गिरिको नेपाल भ्रमणले धार्मिक कार्यक्रमभन्दा पर गएर व्यापक सामाजिक, सांस्कृतिक र वैचारिक बहसलाई जन्म दिएको छ।स्वामी अवधेशानन्द गिरि समकालीन हिन्दू जगतका प्रभावशाली आध्यात्मिक व्यक्तित्वमध्ये एक हुन्। जूना अखाडाका आचार्य महामण्डलेश्वरका रूपमा उनले सन्यास परम्पराको नेतृत्व मात्र गरेका छैनन्,
देवेन्द्र किशोर : नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलनले लामो समयसम्म निर्णायक प्रभाव कायम राख्यो। जनआन्दोलनदेखि संविधान निर्माणसम्मका अधिकांश राजनीतिक घुम्तीहरूमा कम्युनिष्ट शक्तिहरू केन्द्रमा रहे। तर समयसँगै सत्ता, संगठन र सिद्धान्तबीचको दूरी बढ्दै जाँदा नेपाली वाम राजनीति आफ्नो मौलिक चरित्रबाट विचलित भएको आरोप लागेको छ । पछिल्ला समयमा देखिएको जनअसन्तुष्टि, सुशासनको माग र परम्परागत दलप्रतिको घट्दो विश्वासले वाम राजनीतिलाई गम्भीर आत्मसमीक्षाको स्थानमा ल्याएर पछारेको छ।यही सन्दर्भमा नेकपा (एमाले) ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय र त्यसलगत्
काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आठ हजार ६० नयाँ नागरिकता जारी गरेको छ । सोही अवधिमा २७ हजारभन्दा बढी जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आवेदन गरेको जनाइएको छ ।कार्यालयद्वारा सार्वजनिक चालु आवको ११ महिनाको कार्यप्रगति विवरण अनुसार हालसम्म २० जनाले आमाको नामबाट नागरिकता लिएका छन् भने नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि बनाउनेको सङ्ख्या यस वर्ष पनि अधिक रहेको पाइएको छ । कार्यालयका तथ्याङ्कअनुसार गत साल साउनमा ८४४, भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मङ्सिरमा ९२९, पुसमा ४२८, माघमा ८६४, फागुनमा ४०१, चैतमा ५१८, वैशाखमा ८३२ र जे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.