समाचार

    Showing 2,161-2,170 of 26,479 items.
  • सर्लाहीमा इभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु

    सर्लाही । सर्लाहीमा ईभी हाईस माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् ।जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक नजिकको भित्री सडकखण्डमा आज आइतबार बिहान करिब ६ः१० बजे भएको दुर्घटनामा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिग्रिएर रोकिएको बा।प्र।०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनको सहायताले बरहथवातर्फ तानेर लैजाँदै थियो।सोही क्रममा पैदल हिँडिरहेका बागमती–९ निवासी जयकुमारी देवी र बागमती–१० निवासी ४० वर्षीया पुनमदेवी यादवलाई ईभी हाईसले ठक्कर दिएको थियो ।ईभी हाईसको ठक्करबाट दु

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 184 पटक पढिएको
  • अमेरिकाले आप्रवासीहरूलाई देश निकाला गर्दै मध्य अफ्रिकी गणतन्त्र पठायो

    एजेन्सी— अमेरिकाले जोर्डन, आर्मेनिया, टर्की, इरान, जर्जिया र अफगानिस्तानका नागरिकहरूलाई देश निकाला गरेको छ । उनीहरूलाई विश्वकै सबैभन्दा गरिब र अस्थिर मुलुकहरूमध्ये एक मध्य अफ्रिकी गणतन्त्रमा पठाएको छ ।यो कदम एउटा विवादास्पद सम्झौताअन्तर्गत चालिएको हो, जसले अमेरिकालाई आफ्नै गृहदेश फर्काउन नसकिने आप्रवासीहरूलाई तेस्रो देशमा डिपोर्ट गर्ने अनुमति दिन्छ ।बिहीबार राति अमेरिकाको लुजियानाबाट उडेको उक्त विमानमा एक इरानी लोकतन्त्र समर्थक अभियन्तासहित करिब दुई दर्जन आप्रवासी सवार रहेको उनका वकिलले बताएका छन् । उक्त विमान शुक्रबार मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा अवतरण गरेको थियो ।डिपोर्ट गरिएका

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 534 पटक पढिएको
  • इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्दै अपी पावर

    काठमाडौं— अपी पावरले इङ्गवा हाइड्रोपावरको १५ लाख कित्ता सेयर बेच्ने भएको छ । कम्पनीले इङ्गवा हाइड्रोपावरमा आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न लागेको हो । यो सेयर दोस्रो बजारमार्फत बेचिने अपी पावरले जनाएको छ । सेयर बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणलाई जानकारी गराइएको कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 469 पटक पढिएको
  • पारस चलचित्र रमेश, निखिल, सुशील र जसितालाई लिएर सुटिङमा

    काठमाण्डौ  ।  रमेश, निखिल, सुशील र जसितालाई लिएर निर्देशक कृषा चौलागाई सुटिङमा गएकी छन।केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागे चलचित्र 'पारस'को यहि असार १५ गतेदेखि छायाँकन हुने भएको छ । चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले तोकिएको मितिमा नै छायांकनमा जाने चलचित्रका निर्देशक कृषाले बताएकिछन।चलचित्र 'पारस'मा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी नै रहेको निर्देशकको भनाई छ।'पारस'को पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका छन । पुरुषोत्तम प्रधानले छायांकन निर्देशकको जिम्मे

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 276 पटक पढिएको
  • प्रहरीको लागूऔषध ब्यूरोले ललितपुरको गैरीगाउँबाट लागूऔषधसहित ३ जना पक्राउ

    काठमाण्डौ  ।  ललितपुरको गैरीगाउँमा हवाई फायर गरेर  प्रहरीको लागूऔषध ब्यूरोको टोलीले शनिबार लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। बाराको सिम्रौनगढबाट काठमाडौँ आउँदै गरेको कारमा लागूऔषध ट्रामाडोल रहेको विशेष सूचना पाएको थियो। सो सुचनाको आधारमा  ब्यूरोको टोलीले शनिबार ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको कारलाई रोक्न खोजेको थियो।  प्रहरी टोलीले एक राउन्ड हवाइ फायर गरेपछि कार रोकिएको थियो। त्यसपपिछ प्रहरीले खानतासी गर्दा डिक्कीभित्र लुकाइ राखेको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद गरिएको   दुर्गाराज रेग्मीले बताएका छन।बागमत

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 316 पटक पढिएको
  • पशुपतिमा साधुको हत्या आरोपमा रानामगर पक्राउ

    काठमाण्डौ  ।  पशुपतिनाथ मन्दिर परिसरमा एक साधुको हत्या आरोपमा अर्का साधु पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका- ८ पशुपतिस्थित १५ नम्बर शिवालयमा तीन महिनाअघि ६ फागुन २०८२ सन्तोष गरी भनिने संखुवासभाका सन्तोष परियारको हत्या भएको थियो।उनको हत्या गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका दर्बेनाथ भन्ने सुविन रानामगर पक्राउ परेका छन्। उनलाई महोत्तरीको गौशाला नगरपालिका ६ बाट पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ। रानामगरमाथि थपअनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 262 पटक पढिएको
  • असममा विमान दुर्घटना

    एजेन्शी  । शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ।भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ।असममा दुर्घटना हुँदा दुईटुक्रा भएको भारतीय वायुसेनाको विमान।असममा दुर्घटना हुँदा दुईटुक्रा भएको भारतीय वायुसेनाको विमान। सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 403 पटक पढिएको
  • नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल

    काठमाडौं । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो ।जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १०औँ परियोजना निर्देशक समिति ९पीएससी०र ८ औँ संयुक्त कार्यदल ९

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 253 पटक पढिएको
  • सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय

    रामेछाप । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार–व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् ।दोलखाको जिरीबाट बात्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु पुग्ने रुट सञ्चालनमा रहेको समयमा बाम्तीभण्डार विदेशी पर्यटकले भरिभराउ हुन्थ्यो । जता हे¥यो त्यतै विदेशी पर्यटक देखिन्थे । होटेलहरू खचाखच भरिन्थे भने कोठा अभाव भएपछि कतिपय पर्यटकले बाहिरै टेन्ट गाडेर बस्ने गर्थे ।तर अहिले अवस्था फेरिएको छ । सोलुखुम्बु जाने अधिकांश पर्यटक रामेछापको मन्थली विमान

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 190 पटक पढिएको
  • तीर्थयात्रीका लागि दामोदरकुण्ड खुलाः धर्मशालामा निःशुल्क भोजनको व्यवस्था

    काठमाडौं । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल दामोदरकुण्ड भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित यो कुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ।मुस्ताङको दुर्गम क्षेत्रमा रहेको यस कुण्डमा पुग्ने मार्गहरूको मर्मत कार्य सम्पन्न भएसँगै यात्रा सहज बनाइएको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ज्याङ छेसा गुरुङले जानकारी दिए । यस वर्ष दर्शनार्थीलाई लक्षित गरी साउन महिनासम्मका लागि विशेष सुविधाको व्यवस्था गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार दामोदरकुण्ड क्षेत्रमा रहेको धर्मशालामा जेठ २२ गतेदेखि नै निः

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.