समाचार

    Showing 2,201-2,210 of 26,479 items.
  • विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

    काठमाडौं— आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 125 पटक पढिएको
  • कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

    काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।उक्त पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 167 पटक पढिएको
  • पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

    काठमाडौँ। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • 154 पटक पढिएको
  • नेपाली पत्रकारिताको इतिहास : हिजो, आज र भोलि — झापा पत्रकारिताको योगदान र चुनौती

    देशबन्धु बिश्वामित्र: नेपाली पत्रकारिताको इतिहास  काठमाडौं केन्द्रित विकासक्रमको कथा होइन, यो देशका विभिन्न भूभागमा सञ्चालित विचार, संघर्ष र जनचेतनाको यात्रासँग पनि जोडिएको छ। यस यात्रामा कोशी प्रदेश, विशेषगरी झापा जिल्लाले निर्वाह गरेको भूमिका अत्यन्त महत्वपूर्ण र ऐतिहासिक छ। नेपाली पत्रकारिताको विकासक्रमलाई हेर्दा झापा जिल्लाले मोफसल पत्रकारिताको जग बसाल्ने, लोकतान्त्रिक चेतनाको विस्तार गर्ने, खोज पत्रकारिताको अभ्यास गर्ने तथा राष्ट्रिय पत्रकारिता नेतृत्व उत्पादन गर्ने कार्यमा अग्रणी स्थान ओगटेको देखिन्छ।हिजो  मोफसल पत्रकारिताको आधारशिला: वि.सं. २००७ सालको जनक्रान्तिपछि नेपालमा राज

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 247 पटक पढिएको
  • धर्नारत पीडितहरुलाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री

    गृहमन्त्री सुधन गुरुङ बिहीबार माइतीघर मण्डलामा पुगेर विभिन्न माग र मुद्दा बोकेर लामो समयदेखि धर्ना तथा प्रदर्शनमा बसेका पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरेका छन्।भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूको गुनासा, समस्या र मागहरू सुनेका थिए। 

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 315 पटक पढिएको
  • विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो मन्त्री गुरुङ

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए ।  उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए । उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेप

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 114 पटक पढिएको
  • विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो मन्त्री गुरुङ

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए ।  उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए । उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेप

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 222 पटक पढिएको
  • भुटानी शरणार्थी प्रकरणः ठूला नाममाथि अनुसन्धान सुस्त, अदालतमा सुनुवाइ सुरु

    काठमाडौं— बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब तीन वर्षपछि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ प्रक्रिया अघि बढेको छ। पूर्वमन्त्री, बहालवाला सचिव तथा उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी रहेको मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुरु भएको हो।सरकारी वकिल कार्यालयले विभिन्न समयमा दायर गरेका तीनवटा मुद्दालाई एकीकृत गर्दै अदालतले सुनुवाइ अगाडि बढाएको छ। तर समय अभावका कारण सरकारी पक्षको बहस सुरु हुन नसकेपछि मुद्दालाई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा पूर्वगृहसचिव टेकनारायण प

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 427 पटक पढिएको
  • अध्ययन र अभ्यासका लागि विराट शिक्षण अस्पताल र मनमोहन प्राविधिक विश्वविद्यालयबीच सहकार्य

    विराटनगर— कोशी प्रदेशस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल (बीएमसीटीएच) र मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका अवसर विस्तार गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको छ।मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल र बुढीगंगा–४ हात्तीमुढामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयबीच बुधबार समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरिएको हो। विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. किशोर अधिकारी र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 444 पटक पढिएको
  • १६ जना पदाधिकारीसहित जम्बो केन्द्रीय समिति बनाउँदै रास्वपा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ विधान मस्यौदामार्फत १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ।सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदा केन्द्रीय समितिमा पेश गरिएको हो ।प्रस्तावअनुसार एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहनेछन् ।स्रोतका अनुसार सहमहामन्त्रीको संख्या ९ पुर्‍याउने र केन्द्रीय समिति १५१ सदस्यीय बनाउने विषयमा पनि छलफल भइरहेको छ ।प्रस्तावित सचिवालय २५ सदस्यीय रहनेछ ।रास्वपाले विभिन्न राजनीतिक समूहसँग एक

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.