मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने
काठमाण्डौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ देउरीयास्थित रामायाण चौधरीको धान खेतबाट शुक्रबार प्रहरीले ५४ किलो ४०० ग्राम चरेस बरामद गरेको छ।चरेस लुकाएर राखिएको सूचना प्रहरीलाई प्राप्त भएपछि शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले स्थानीय रामायण चौधरीको धान खेतमा लुकाएर राखिएको अवस्थामा ५४ किलो ४०० ग्राम चरेस फेला परेको प्रहरी निरीक्षक थापाले बताएका छन। बरामद चरेस जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र फरार रहेका खेतधनी चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारि दिएको छ।
काठमाडौं– गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको अवधिमा माइन तथा विभिन्न विस्फोटनजन्य घटनाका कारण प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको ज्यान गएको जानकारी दिएका छन्।राष्ट्रिय सभामा सांसद मदनकुमार साहको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले सो अवधिमा २,८९९ जना घाइते भएको बताए। द्वन्द्वकालीन घटनाका मृतकका हकदारलाई सरकारले प्रत्येकलाई १० लाख रुपैयाँ राहत प्रदान गरिसकेको जानकारी उनले दिए।शहीद तथा घाइतेका सन्तानलाई वार्षिक रुपमा छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरूलाई अपाङ्गताको प्रतिशतअनुसार मासिक भत्ता दिइँदै आएको गृहमन्त्री लेखक
काठमाडौं – भारतिय विस्तारवादविरुद्ध माइतिघर मण्डलामा शान्तिपूर्ण रूपमा उभिएका ७ जना राष्ट्रप्रेमी युवाहरूलाई प्रहरीले बलपूर्वक गिरफ्तार गरी २४ घण्टा हिरासतमा राखेको छ।नेपालको भूमि र राष्ट्रिय स्वाभिमानका लागि नारा लगाउने नागरिकहरूलाई अपराधी झैँ व्यवहार गरिँदा, राज्यसंस्थाको चरित्रमाथि गम्भीर प्रश्न उठेको छ।पक्राउ परेका युवाहरूको एक मात्र आवाज थियो ।जसमा भारतिय विस्तारवाद मुर्दाबाद भारत र चीनले मिचेको भूमि तत्काल नेपाललाई फिर्ता गर जस्ता नारा गञ्जिएको थियो। हिरासतबाट छुटेपछि समाजिक अभियन्ता सोम शर्माले कठोर शब्दमा राज्यप्रतिको विश्वासघातको भण्डाफोर गरेकाछन।उनले आफ्नो सामाजिक सञ्जाल
रोल्पा— रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा गैरीगाउँस्थित वीरेन्द्र माविका ७ विद्यार्थीलाई अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ। बिहीबार विद्यालयबाट घर फर्कँदै गरेका बेला ७ बालबालिकालाई घर नजिकैको तिला जंगलमा अरिंगालले टोकेको थियो। शिशु कक्षाका ७ वर्षीय बालक मोहन परियारको रोल्पा अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो। गम्भीर घाइते बालबालिकाको उपचार भइरहेको छ। घाइतेलाई थप उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको रोल्पा प्रहरीले जनाएको हो।विद्यालयका प्रधानाध्यापक बरमन बुढाका अनुसार घाइते विद्यार्थीलाई तिलास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर
पोखरा— कास्की जिल्लामा क्रियाशील नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव कार्यक्रमको तयारी अन्तिम चरणमा पुर्याएको छ।कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको छ र छिट्टै वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको होे । सो समाजले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवलाई यसपटक अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।कार्यक्रममा समाजले विगत वर्षमा गरेका विकास, सेवा तथा सामाजिक कार्यको समीक्षा गर्नुका साथै आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्ने जनाएको छ।समाजले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, स्वच्छता र महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ।कार्यक्रमको मिति, स्थान र अतिथि
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारमाथि संसदलाई छल्दै कर संरचनामा हेरफेर गरेको गम्भीर आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै सञ्चारमाध्यममा आएका समाचारहरूलाई उद्धृत गर्दै सरकारको कदमप्रति आपत्ति जनाए ।उनले सुन र सुनका गहना तथा विलासिता सामग्रीमा लाग्ने शुल्कमा सरकारले हेरफेर गरेको छ भने सलाईको काँटीमा भन्सार महसुल घटाइएको समाचार सार्वजनिक भएको बताए ।‘सरकारले संसदलाई छलेर केही करका दरहरू हेरफेर गरेको समाचार हिजोआज सञ्चारमाध्यममा आएका छन् । संसद चलिरहेको अवस्थामा, आर्थिक विधेयक पारित भएको एक महिनामै यस्तो परिवर्तन हुनु गम्भीर विषय हो,’ पुनले भने
नगरकोट— खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।शुक्रबार नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताएका हुन् ।‘खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रत
काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’उनले प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवैको
विराटनगर— कोसी प्रदेश सरकारले प्रस्तुत गरेको सञ्चार विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका पत्रकार र प्रहरीबीच शुक्रबार घम्साघम्सी भएको छ।सञ्चार विधेयकको विरोधस्वरूप संसद् भवनबाहिर निषेधित क्षेत्रमा नेपाल पत्रकार महासंघ कोसी प्रदेशसहितका पत्रकारहरूले प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले धर्ना हटाउन खोज्दा पत्रकारसँग झडप भएको हो।संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए भने महासंघका प्रतिनिधिहरू परिसरबाहिर विरोधमा उत्रिएका थिए। प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।विवादित सञ्चार विधेयक शुक्रबार न्याय प्रशासन तथा विधायन समि
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.