बागलुङ — गलकोटमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्। गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै बिहीबार बिहान भएको दुर्घटनामा गलकोट बहुमुखी क्याम्पसका विद्यार्थी सवार भ्यान दुर्घटनामा परेको हो।हरिचौरबाट हटिया गइरहेको ग१झ ७४३ नम्बरको भ्यान अनियन्त्रित भई सडकबाट चिप्लिएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।दुर्घटनामा परी १८ वर्षीया सुस्मिता विक, प्रमिला विक, सुनिता सापकोटा, १९ वर्षीया अमिसा क्षेत्री, जीवन खत्री र २५ वर्षीय मोहोन सिंह सुनार घाइते भएका छन्। उनीहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अ
लुम्बिनी— लुम्बिनी प्रदेश सरकाले थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा यही भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकालेर सार्वजनिक बिदा दिने जनाएको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।
रामेछाप— कुनै बेला अत्यन्त चल्तीको ओलढुंगासँग जोडिएको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान जस्तो देखिएको छ ।रामेछापको लिखु खोला किना, पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुरदेखिका मानिसहरूको राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य नाकाको रूपमा रहेको साँघुटार बजार समयसँगै कोल्टो बन्दै गएको छ । विसं १९६४ साल तिर सँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि साँघुटारमा आउजाउ गर्नेको चहलपहल बढेको थियो । दोहोरीलत्त मानिसहरू हिँड्न लागेपछि साँघुटारमा एक स्थानीले नाङ्ले पसल सुरु गरेका थिए । त्यस पछि स्थानीय नेवारहरूका साथै भक्तपुरबाट आएका भौकाजीहरुले १९८५ सालबाट दोकान सुर
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन सरकार लागिरहेकाले सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् । सिस्नुपानी नेपालको प्रस्तुुति ‘जुुरुक्क कर्नाली’ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका भएका सकारात्मक प्रयास र विकासलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्दै कसैलाई सरापेर नभई कर्मठ भएर लाग्दा मात्रै नेपाल बन्ने स्पष्ट गरेका हुन् । ‘यो कार्यक्रम कर्णालीको विकासका लागि हौसला दिने र आशाको दियो बाल्ने खालको छ तर भएका विकास र प्रगतिका कुुरा अझै आएनन् । कर्णालीमा हामीले विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला
काठमाडौं— सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरेको छ । सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो ।सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।बिहीबार एक लाख ९४ हजार आठसय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएकोे छ ।
लहान— ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानकालागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताएका छन् ।सामाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री खड्काले भने, ‘स्व. प्रदीप गिरी सबै पार्टीका नेता हुनुहुन्थ्यो, जसले मुलुकको प्रगतिको लागि ठूलो योगदान पुर्याउनुभएको थियो ।’उनले प्रदीप गिरीको दृष्टिकोण र कार्यक्षेत्रलाई स्मरण गर्दै थपे, ‘विपी कोइरालाको विचारसँग प्रभावित भएर उहाँ स्थापित भएका थिए । व
काठमाडौं— इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् ।बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन्
जनकपुर— मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । यसै सन्दर्भमा प्रदेश जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, निति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थितिमा विशेष छलफल भएको छ ।सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर
काठमाडौं— सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।त्यसैगरी, गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । कृषि तथा पशुप
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.