काठमाडौँ, २७ जेठः विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् ।स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्याउँदै नाम र दाम कमाउने उहाँलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने चिन्ता पनि उहाँलाई छ ।उहाँ भन्नुहुन्छ, “पहिले आधार शिविरबाट पाँच मिनेट हिँड्दा हिउँको ढिक्का भेटिन्थ्यो तर अहिले डेढ घण्टा हिँड्दा पनि हिउँ भेट्न गाह्रो छ, यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर मान्न सकिन्छ ।” आरोहणका लागि विश्वभरबाट आउने
विराटनगर । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर
काठमाण्डौ । सशस्त्र प्रहरी बलका एआईजी अञ्जनी कुमार पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी दिइएको छ।मन्त्रिपरिषद्को निर्णयपछि बढुवा भएका उनलाई आईजी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।यसअघि रिक्त रहेको उक्त विभागको जिम्मेवारी अब पोखरेलले सम्हाल्ने भएका छन्।सशस्त्र प्रहरी स्थापनाकालदेखि संगठनमै रहेका अधिकृतमध्येबाट पहिलो पटक नेतृत्वतर्फ अघि बढ्ने अवसर पनि यसले खोलेको बताइएको छ।
काठमाण्डौ । सशस्त्र प्रहरी बलका एआईजी अञ्जनी कुमार पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषद्को निर्णयपछि बढुवा भएका उनलाई आईजी नारायणदत्त पौडेलले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।यसअघि रिक्त रहेको उक्त विभागको जिम्मेवारी अब पोखरेलले सम्हाल्ने भएका छन्। सशस्त्र प्रहरी स्थापनाकालदेखि संगठनमै रहेका अधिकृतमध्येबाट पहिलो पटक नेतृत्वतर्फ अघि बढ्ने अवसर पनि यसले खोलेको बताइएको छ।
भक्तपुर । भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको सिद्धपोखरी (तःपुखु) को मर्मत कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले ठेक्का प्रणालीलाई निरुत्साहित गर्दै उपभोक्ता समितिमार्फत स्थानीयको प्रत्यक्ष सहभागितामा मर्मत कार्य सञ्चालन गरिरहेको जनाएको छ।भक्तपुर नगरपालिकाका अनुसार सिद्धपोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि कृष्णबहादुर दुगुजुको अध्यक्षतामा ‘सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समिति’ गठन गरिएको छ । समितिले पोखरीको पानी नजिकै रहेका भाजु पुखु र नःपुखुमा पाइपमार्फत स्थानान्तरण गरी २०८२ चैत २० गतेदेखि मर्मत कार्य सुरु गरेको हो
रुपन्देही । अर्घाखाँचीमा दुई दिनअघि रास्वपाको जिल्ला अधिवेशनमा सभापतिमा विजयी सीता पराजुलीले प्रतिस्पर्धी दिनेश सुनारलाई निर्वाचन परिणामपछि अंकमाल गरेको विषयलाई सामाजिक सन्जालमा गलत अर्थ लगाइएपछि उनीहरु दुवैले त्यसको खण्डन गर्दै प्रष्टिकरण दिएका छन् । निर्वाचनको परिणामपछि पराजुलीले पार्टी स्थापनाको सुरुवाती चरणबाटै काम गरेका सुनारलाई निरास हुन नदिन यसो गरिएको तर केही सामाजिक सन्जालबाट त्यसलाई गलत अर्थ लगाइएको भन्दै आपत्ति जनाएकी छन् ।पराजुलीले भनेकी छन्, ‘नतिजापछि दिनेश भाईलाई भावुक देखेँ, हामी दिदीभाई नै रहे पनि नेतृत्वका लागि खुलेर प्रतिस्पर्धामा गएका थियौं, म भाईको साथमा छु, तपाईसँग समन्वय
काठमाडौँ। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ ।जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशा
गलकोट। बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताउनुभयो । श्रेष्ठले घट्टमा अन्न पिसेबापत अन्न भए एक पाथी बराबर पाँच मुठी र पैसा भए एक पाथी पिसेको रु दश लिँदै आउनुभएको छ ।&nbs
पोखरा। पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही जेठ २७ देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ । बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बाँस्तोलाले बताउनुभयो । बाँस्तोलाका अनुसार पुरुषतर्फको दौड बेगनासताल तथा डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ । महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटु
घोराही। घोराही उपमहानगरपालिका–१४ का सुमन चौधरी अचार बनाउने तालिममा सहभागी हुन पाउँदा खुसी हुनुहुन्छ । उमेरले ३५ वर्ष पुग्नुभएका उहाँ शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रको आयोजना तथा अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको समन्वयमा घोराही उपमहानगरपालिका–१५ स्थित अमृत टोलमा सञ्चालन भइरहेको १५ दिने अचार बनाउने तालिममा उहाँलगायत अपाङ्गता भएका व्यक्तिहरु हुनुहुन्छ । घरमा बनाउँदै आएको अचारभन्दा तालिमका क्रममा सिकेको विधि धेरै फरक भएको उहाँले बताउनुभयो । “अचार बनाउँदा के कस्ता कुरामा ध्यान दिने, कुन अचार कसरी बनाउने, यसका विधिलगा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.