समाचार

    Showing 22,581-22,590 of 25,221 items.
  • आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

    काठमाडौँ/ अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले मातृभाषामा कविता महो

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • 66 पटक पढिएको
  • हत्याको आरोपमा १ जना पक्राउ

    बिर्तामोड / मोरङको केरावारी गाउँपालिका ८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ वर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ ।उक्त घटनामा संलग्न केरावारी गाउँपालिका ३ का ३५ वर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गरे सँगै सो कुरा खुल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाए लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी सूक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखी नै बेपत्ता भएको र पौष २८ गते लिम्बू सँग वादविवाद भएको तथा लिम्बु

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 63 पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा धामी पक्राउ

    झापा / दाङमा आफूलाई शिव भगवानको भक्त बताउने एक जना धामीले जबरजस्ती करणी गरेको उजुरीपछि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं  १९ का ३५ वर्षीय गोपाल वि क तुलसीपुर १८ खैरेनी टोलकी माता र उनकी भान्जी १४ वर्षीया नाबालिकाको जाहेरीपछि वि क लाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालका अनुसार माघ २९ गते बेलुका धामी झाँक्री बस्न भनेर गएका विकले पहिला ती महिला र पछि उनकी भान्जीलाई जबरजस्ती करणी गरेको भन्दै फागुन ५ गते प्रहरीमा जाहेरी दिएका थिए । ‘म शिवको भक्त हुँ र मलाई देवी देवताले आफूलाई छोएको भन्दै सर्वसाधारणलाई भ्रममा पार

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 71 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु

    झापा / खोटाङको ऐसेलुखर्क गाउँपालिका- ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका - ६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दीपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं को मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि काठमाण्डु तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक खोटाङ ऐसेलुखर्क -३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 73 पटक पढिएको
  • रकम ठगी गरेको आरोपमा १ जना पक्राउ

    बिर्तामोड / कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छु भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी -१२ का मन्दु भनिने जस बहादुर लिम्बू रहेका छन् । कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार तेह्रथुममा रहेका सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसँग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो । लिम्बू र इटहरी - १२ कै भरत चौधरीले आफ्नो  न्यायाधीश र प्रहरीसँग राम्रो सम्बन्ध रहेको हुँदा दुबै जनालाई छुटाइदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 71 पटक पढिएको
  • बुबाको हत्या आरोपमा छोरा पक्राउ

    झापा / सङ्खुवासभाको सभापोखरी गाउँपालिका २ का १८ वर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान राती अन्दाजी साँढे २ बजेको समयमा ५२ वर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाको हत्यामा संलग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 61 पटक पढिएको
  • पतिको हत्यामा संलग्न ५० वर्षीया महिला पक्राउ

    झापा / दाङको राप्ती गाउँपालिका ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीलाई प्रहरीले पतिको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उमादेवीसँगै प्रहरीले उनका प्रेमी ५२ वर्षीय हनुमान चौधरीलाई पनि पक्राउ गरेको छ ।उमादेवीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी  हराएको भन्दै यही फागुन ५ गते प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन् । आफ्ना पति लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काम गर्न भनेर गढवा गाउँपालिका-३ गोवरडिया जान्छु भनेर गएपछि घर नर्फिएको भन्दै खोजी गर्न प्रहरीमा निवेदन दिएकी थिइन् । खोजी गर्ने क्रममा फागुन ५ गते नै लप्टेनको शव प्रहरीले गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती न

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 68 पटक पढिएको
  • बाघको आक्रमणबाट वृद्धको मृत्यु

    झापा / बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु भएको छ ।घाँस – दाउराका लागि जङ्गल गएका राप्ती सोनारी गाउँपालिका –६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ८ बजे चलाउनेलाई बाघले आक्रमण गरेको खबरपछि प्रहरी टोली घटनास्थल गएको र १० बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 65 पटक पढिएको
  • विद्यालयको सूचना प्रविधि प्रयोगशालामा आगजनी

    झापा  / बसवरिया गाउँपालिका –४ धनगढास्थित श्री पञ्चायत आर्दश माध्यमिक विद्यालयको सूचना प्रविधि प्रयोगशालामा अज्ञात समूहले शनिबार आगजनी गरेको छ ।ढोकाको ताल्चा फुटाइ गरिएको आगजनीबाट २४ कम्प्युटर जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । ती कम्प्युटर मध्ये सातवटा पूर्णरूपमा जलेको छ भने अन्यमा आंशिक क्षति पुगेको छ । आगजनी गर्ने समूहले केही थान मोनिटर लगायत केही उपकरणसमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।यसअघि वि सं २०७० मा पनि विद्यालयको कार्यालयमा आगजनी गरिएको थियो । साथै एकपटक तल्चा फुटाएर विद्यालयको अफिसमा चोरीसमेत हुँदा विद्यालय प्रशासनले सुरक्षामा कुनै चासो नलिएको स्थानीयवासीको आरोप छ ।घटन

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 56 पटक पढिएको
  • न्याय सेवा आयोगको बैठक आज बस्दै

    काठमाडौं  /आज न्याय सेवा आयोगको बैठक आज बस्ने भएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर कागजी प्रक्रिया पुर्‍याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरूको नाम सिफारिस, कर्मचारीहरूको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले बताएको छ ।न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • 77 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.