समाचार

    Showing 22,611-22,620 of 25,221 items.
  • वर्षा र पहिरोमा परी ब्राजिलमा ९४ जनाको मृत्यु

    काठमाडौँ / ब्राजिलमा भारी वर्षा र त्यसपछिको पहिरोका कारण रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा कम्तीमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएका छन ।स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ ।विपद्का कारण ५४ घर ध्वस्त भएका छन् । त्यसैगरी जी १ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ ।ब्राजिलमा मङ्गलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 65 पटक पढिएको
  • विभत्स अवस्थामा शवका टुक्रा जङ्गलमा भेटिएपछि...............

    झापा / सुनसरीको धरान उपमहानगरपालिका –४ स्थित नौकिलोमा जेब्रा झोलाभित्र शरीरको भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो । विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहान जङ्गल सर्च गर्ने क्रममा एक किलोमिटर माथि शरीरको भाग भेटिएको हो । अनुसन्धानमा संलग्न सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालले जिउको भाग भेटिएको बताए ।बिहान तालिम प्राप्त कुकुरसहित सर्च गर्ने क्रममा जिउको भाग भेटिएको छ’ उनले भने –‘शवको पहिचान अझै हुन सकेको छैन, शरीरको सबै भागको अब फरेन्सिक जाँच गछौँ ।’बुधबार जङ्गलमा दाउरा खोज्न जानेल

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 136 पटक पढिएको
  • मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु

    काठमाडौं / काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिब ५० वर्षीया महिला छन् । आज बिहान करिब ६ बजेतिर बसले किच्दा दुईजनाको मृत्यु भएको बालाजु प्रहरी वित्त प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।बालाजुस्थित गङ्गा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । ठक्करपछि मिनिबससहित चालक फरार भएको छन् । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 74 पटक पढिएको
  • दाङमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    झापा / पश्चिम दाङमा धारिलो हतियारले आफ्नै बुबाको घाँटी रेटी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।शान्तिनगर गाउँपालिका-३ बेलडाँडानिवासी १९ वर्षीय गोपाल मगरलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । मगरले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई बुधबार दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले बताए । यसअघि बाबुछोराबीच पटक – पटक झगडा

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • 81 पटक पढिएको
  • एमसीसीको विरोध : निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप

    काठमाडौँ  / एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडपको अवस्था आएको हो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 186 पटक पढिएको
  • झापाबाट चार बन्दकर्ता पक्राउ

    बिर्तामोड  / झापामा बन्द गराउन खोज्ने चार जना बन्दकर्ता पक्राउ परेको झापाका प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । पक्राउ पर्नेहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना रहेका छन् ।पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द गराउन खोज्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाठकले बताए ।कनकाईको दुर्गापुरबाट वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका तीन जना र काँकडभिट्टाको काली खोलाबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्ता पक्राउ परेको उनले जानकारी दिए ।कालीखोलाबाट विप्लवका दुई जना

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 165 पटक पढिएको
  • काभ्रेमा अज्ञात समुहद्वारा गाडी तोडफोड

    झापा / काठमाण्डौबाट सर्लाही जाँदै गरेको हायसमा तीन - चार जनाको समुहले तोडफोड गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिएका छन ।हायसमा १० जना यात्रु सवार भएको उनले बताए । अज्ञात व्यक्तिहरूले गरेको ढुंगा प्रहारबाट अगाडिको सिसा फुटेको उनले बताए । उनीहरूले अन्य सवारी साधनमा समेत तोडफोडको प्रयास गरेको उनको भनाइ छ ।तोडफोड गर्नेको खोजी भइरहेको र कानुन अनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।एमसिसी सम्झौता विरुद्ध पाँच वटा कम्युनिष्ट पार्टी र एउटा मोर्चाले बुधबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले नै गाडी

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 69 पटक पढिएको
  • बुहारीको लाइसेन्स ट्रायल दिइरहेकी नक्कली परीक्षार्थी पक्राउ

    झापा / कैलालीमा भाइ बुहारीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिन खोज्ने युवती पक्राउ परेकी छिन् । धनगढीको फाप्ला ट्रायल सेन्टरमा स्कुटरको ट्रायल दिन आएकी गौरीगंगा नगरपालिका –५ मसुरियाकी उमा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सापकोटा आफ्नी भाइबुहारी पुनम अधिकारीको नाममा ट्रायल दिन आएकी थिइन् । ‘पक्राउ पछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका छौं । प्रहरीले उनलाई कारबाही गर्छ’ उनले भने ।  

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 41 पटक पढिएको
  • एम्बुलेन्समा आगजनी

    झापा / गुल्मीको मुसिकोटमा अज्ञात समूहले एम्बुलेन्समा आगजनी गरेको छ । मुसीकोट नगरपालिका -४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्य चौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् ।आगलागीबाट एम्बुलेन्सको इन्जिनको भाग पूरै जलेको छ । अहिलेसम्म प्रहरी घटनास्थल पुगेको छैन । राति नै प्रहरीलाई खबर गरेपनि अहिलेसम्म प्रहरी नआएको स्थानीयले बताए ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 57 पटक पढिएको
  • मलेसिया गएका हर्कबहादुर ९ बर्षदेखि सम्पर्क विहिन

    धनकुटा / वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई सम्पर्क विहिन भएका छन् । उनि अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका हुन् ।हर्कबहादुरकी आमा सुचिम्माका अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कवहादुरका दुई छोरा र एक छोरी छन् । 

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.