समाचार

    Showing 22,621-22,630 of 25,221 items.
  • एकैदिन तोलामा १६ सयले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन प्रतितोलामा ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 66 पटक पढिएको
  • टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाईते

    झापा / उदयपुर गढी गाउपालिका ७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा मंगलबार साँझ भएको ट्रिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नम्बरको ट्रिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त ट्रिपरमा सवार रहेका ४ जना घाईते भएका थिए । घाईते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारको क्रममा स्थानीय १९ वर्षीय उज्जल खपाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाईतेहरुको उपचार भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइर

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 52 पटक पढिएको
  • जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

    झापा / दैलेखको महाबुङ गाउँपालिका –४ फागुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , भने अन्य छ जना घाइते भएका छन् । सदरमुकाम नारायण नगरपालिकादेखि महाबुङ गाउँपालिकाको कासीकाँध जाँदै गरेको वाग्मती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबुङ गाउँपालिका –५ का ४० वर्षीय रामबहादुर हमाल रहेको बताए । घाइते अन्य छ जनालाई उपचारका लागि अस्पताल पठाइएको भए पनि उनीहरूको परिचय खुलिसकेको छैन ।

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 63 पटक पढिएको
  • २४ जना बन्दकर्ता पक्राउ

    झापा / महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको विरोधमा जबरजस्ती बन्द गराउँदै हिँड्ने २५ बन्दकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् । 

    • प्रकाशित मितिः फागुन ४, २०७८
    • 126 पटक पढिएको
  • प्रतिबन्धित लागूऔषध सहित तामाङ पक्राउ

    बिर्तामोड / मोरङको सुनवर्षी नगरपालिका ८ स्थितबाट खैरो हिरोइन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी -१ का २३ वर्षीय बिनोद तामाङ रहेका छन । हिजो राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदल यात्री तामाङलाई शंका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरीरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोइन बरामद भएको हो । प्रतिबन्धित लागूऔषध खैरो हिरोइन सहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रङ्गेलीबाट थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 238 पटक पढिएको
  • अख्तियारको प्रवक्तामा भण्डारी नियुक्त

    काठमाडौं  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा श्याम प्रसाद भण्डारी नियुक्त भएका छन् । अख्तियारले सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैदेखि लागू हुनेगरी प्रवक्ता तोकेको हो । यसअघि आयोगको प्रवक्तामा नारायणप्रसाद रहेका थिए । 

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 62 पटक पढिएको
  • तातोपानी नाकाबाट निर्यात शून्य

    काठमाडौं /चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ ।यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको बताएका छन् । २०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखा

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 60 पटक पढिएको
  • तातोपानी नाकाबाट निर्यात शून्य

    काठमाडौं /चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ ।यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको बताएका छन् । २०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखा

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 53 पटक पढिएको
  • प्रहरीको ब्यूरोले खटायो वैदेशिक विभागमै ब्युरोको विशेष टोली

    काठमाडौं / प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार विभागमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका लागि भन्दै डीएसपीको नेतृत्वमा प्रहरी खटाएको हो । हाल डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरी वैदेशिक रोजगार विभागमा खटाइएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएका पीडितहरुलाई तत्काल प्रतिकृया दिने वातावरण मिलाउने तत्काल सुरु गरिने पनि ब्युरोले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 68 पटक पढिएको
  • टिप्परको ठक्करबाट महिलाको मृत्यु

    काठमाडौँ / मंगलबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। साइकलमा दुध बेच्न भालुवाङ जाँदै गरेकी महिलालाई टिप्परले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो। मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीया डिला पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनापछि स्थानीय र डिलाकी आफन्तहरुले सडक अवरुद्ध गरेका छन्। अवरोधका कारण राजमार्ग भएर चल्ने सवारी साधनहरु बाटैमा रोकिएका छन्। मृतकको शव घटनास्थानमै रहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • 70 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.