समाचार

    Showing 22,661-22,670 of 25,221 items.
  • बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु

    बिर्तामोड / झापाको कमल गाउँपालिका -४ स्थित पूर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवशताक्षी -८ का ४१ वर्षीय नर बहादुर गहतराज रहेका छन । हिजो बेलुका सवा ३ बजे पूर्व तर्फ जाँदै गरेको मे १ च ११६७ नम्बरको बलेरोले विपरित दिशा तर्फ आँउदै गरेको मे ६ प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिदा गम्भिर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाइफ लाइन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रङ्गेलीका दीपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 69 पटक पढिएको
  • बच्चा अपहरणमा अभियोगमा ३ जना पक्राउ

    झापा / जनकपुर उपमहानगरपालिका –६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गणेशमान चारनाथ नगरपालिका –१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भई हाल जनकपुर उपमहानगरपालिका –८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका –७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहरपट्टी नगरपालिका –४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेको भन्ने खबर

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 85 पटक पढिएको
  • ब्राउनसुगर सहित भुजेल पक्राउ

    बिर्तामोड / सुनसरीको धरान उपमहानगर पालिका १६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धरान १६ का २४ वर्षीय प्रविण भुजेल रहेका छन् । बिहीबार बेलुकी साढे ५ बजे संघीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।प्रतिबन्धित लागूऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 98 पटक पढिएको
  • गोठमा आगलागी हुदाँ आठ लाखको धनमाल नष्ट

    झापा / आज बिहान अचानक विद्युत् चुहावट भई आगलागी हुदाँ बर्दिवास नगरपालिका –९ का ब्रह्मदेव महतोको गोठमा आगलागी भएको छ । आगलागीमा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएको छन् ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 66 पटक पढिएको
  • अनलाइन सामान मगाइ ठगी गर्ने एकजना पक्राउ

    काठमाडौं / अनलाइन मार्फत मोबाइल फोन मगाइ ठगी गर्ने एक जनालाई महानगरिय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु जिल्ला नाम्चे घर भई चाबहिल सरस्वतीनगर बस्ने बर्ष १९ का उर्गेन टासी शेर्पा रहेका छन् ।अनलाइनबाट महँगा मोबाइल सेट मगाउने र घर गएर पैसा लिएर आउँछु भन्दै फरार हुने गरेका शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ३ थान मोबाइल र १४ हजार रुपैयाँ बरामद गरेको छ ।

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 115 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा परी पाल्पामा एकको मृत्यु

    पाल्पा / पाल्पामा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हुँगीबाट ताहुँतर्फ जाँदै गरेको लु ६७ प ४७८५ नम्बरको मोटरसाइकल रम्भा गाउँपालिका–२, सुरुमडाँडामा दुर्घटना हुँदा चालक २३ वर्षीय रविन दमैको मृत्यु भएको हो ।मोटरसाइकल आफैं अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्न पुग्दा दमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वी रुकुमको भुमे गाउँपालिका–४ स्थायी घर भएका मृतक दमै रम्भा गाउँपालिका पाल्पामा भूकम्प प्रभावित क्षेत्र हेर्ने इञ्जिनियरका रुपमा कार्यरत रहेको बुझिएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 55 पटक पढिएको
  • चप्पल गोदाममा आगलागी हुँदा दाङमा ५को मृत्यु, एक घाइते

    तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।आगलागीमा परी एक जना घाइते भएका छन् ।आगलागी हुँदा धुवाँमा निसासिएर चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका हुन् । आगो कम भएपछि बिहान साढे ७ बजेतिर घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको उनले बताएका छन् ।  मृतकको पहिचान हुन बाँकी रहेको छ । त्यस्तै  घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान गरिएको छ

    • प्रकाशित मितिः माघ २८, २०७८
    • 65 पटक पढिएको
  • प्रहरीमा तीन एआईजी थप्ने निर्णय स्वीकृत

    काठमाडौं / नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।गत पुस २३ गते दरबन्दी थप सम्बन्धी प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय मार्फत मन्त्रिपरिषद् पठाएको थियो ।प्रहरीमा हाल प्रशासनतर्फ एआईजीका पाँच वटा दरबन्दी छन् । महानगरीय प्रहरी कार्यालय, अपराध अनुसन्धान विभाग, मानव स्रोत एवं प्रशासन विभाग, कार्य विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजीको दरबन्दी रहेको छ । दरबन्दी थपिएसँगै नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीका दरबन्दी ८ पुगेको छ ।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 109 पटक पढिएको
  • जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा एकको मृत्यु, १९ जना घाइते

    जन्ती / बोकेको ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ भने, १९ जना घाइते भएका छन्।  उदयपुरगढी गाउँपालिका-७ नागबेलीस्थित मदनभण्डारी लोकमार्गमा बिहीबार बिहान करिब १० बजे ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका हुन्। त्रियुगा नगरपालिका-१६ रातापानीबाट नेपालटारतर्फ विवाहको जन्ती बोकेर जाँदै गरेको प्र २ -०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी त्रियुगा-१४का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले बताएका छन्।

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 71 पटक पढिएको
  • वन कर्मचारीलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

    धनगढी / कैलालीको पचमुडिया सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई कालो मोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अधिकृत विश्वराज पण्डित माथि मोसो दलेर फरार रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता भजनी नगरपालिका –९ का ३९ वर्षीय पहल पुनमगरलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । पुन मगरलाई बुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । गत माघ १७ गते विप्लवका कार्यकर्ताको समूहले वन अधिकृत पण्डितलाई चन्दा आतङ्कको विरोध गरे

    • प्रकाशित मितिः माघ २७, २०७८
    • 67 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.