समाचार

    Showing 22,681-22,690 of 25,221 items.
  • सप्तकोसी नदीमा ३० हजार माछाका भुरा छाडिए

    झापा / सप्तरी र सुनसरी जिल्लाको बीचमा पर्ने सप्तकोसी नदीमा ३० हजार माछाका भुरा छाडिएको छ ।प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र मकवानपुरले राहु र नैनी जातका ३० हजार माछाका भुरा नदीमा छाडेको हो ।प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र मकवानपुरका कार्यालय प्रमुख सरोज कुमार यादवले जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको जानकारी दिएका छन ।खोला नालामा फोहोर ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समु

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 120 पटक पढिएको
  • रसुवागढी नाकाबाट आयात सुरु

    रसुवा / रसुवागढीनाकाबाट हुने आयात आजबाट सुचारु भएको छ । चीनको केरुङमा भारी हिमपातका कारण चिनीया समाग्रीको आयात केही दिनदेखि रोकिएको थियो ।सडकमा रहेको बाक्लो जमेको हिउँ पन्छाएसँगै केरुङबाट रसुवागढीमा सात वटा चीनीया कन्टेनरले चीनीया समाग्री नेपाल ल्याएको रसुवागढी सीमा स्थित सशस्त्र प्रहरी बलले जनाएको छ ।  रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख राम प्रसाद मैनालीले हिमपातका कारण रोकिएका चीनीया समाग्री अब रसुवागढी नाकाबाट नियमित आयात हुने बएका छन् ।केरुङमा ३ दिनसम्म हिमपात भएपछि नेपालतर्फ सामान लोड भई आउन लागेका चीनीया सवारी साधन रोकिएकाले आयात हुन सकेको थिएन । रसुवागढी नाकाबाट हुँदै आएक

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 59 पटक पढिएको
  • सौताको हत्याको आरोपमा महरा पक्राउ

    झापा /  हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् । महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन । चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको शाहीले बताएका छन ।प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् । उनको घाँटी र

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 72 पटक पढिएको
  • एकैपटक ७ हजार ३ सय ४४ प्रहरी जवानको सरुवा (सूचीसहित)

    काठमाडौं / नेपाल प्रहरीमा एकै पटक झण्डै साढे सात हजार प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार ७ हजार ३ सय ४४ जवानको सरुवा गरेको हो ।फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा भएको हो ।हेर्नुहोस् सूची :

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 88 पटक पढिएको
  • ब्राउन सुगरसहित तीन जना पक्राउ

    काठमाडौं / काठमाडौंमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका- १० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।  पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका-११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भीमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेश खत्री छन् । पासाङ छिरिङ शेर्पाबाट प्रहरीले ६ ग्राम ब्राउनसुगर बरामद गरेको हो । उनको कोठामा तलासी लिँदा सो मात्रामा ब्राउनसुगर बरामद भएको एसपी मैनालीले बताए ।&n

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 59 पटक पढिएको
  • विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने

    काठमाडौं / सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । यो संगै विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका छन् । चुनावको समय अपुग भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नपाउँने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।उनका अनुसार निर्वाचनको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने छ । कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० चाहिन्छ । तर चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । सो कारण समय कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट काम गरिने भएको छ ।हिजो वैशाख ३० गते सरकारले एकैपटक स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेपछि निर

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 107 पटक पढिएको
  • मृतावस्थामा गैँडा फेला

    चितवन/ चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैँडा मृतावस्थामा फेला परेको छ ।बाघको आक्रमणबाट गैँडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए । निकुञ्जमा चालू आर्थिक वर्षमा दुई चोरी शिकारी र २२ प्राकृतिक कारणले गैँडा मरेका छन् ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 60 पटक पढिएको
  • मुगुका सांसद बानियाँमाथि बलात्कारको आरोप

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 33 पटक पढिएको
  • बँदेलको आक्रमणबाट बाजुरामा एकको मृत्यु

    बाजुरा / बँदेलको आक्रमणबाट बैतडी बुढीनन्दा नगरपालिका–३ चोलुका एक किशोरको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय १५ वर्षीय सुकिन्द विष्टको मृत्यु भएको हो ।सोमबार दिउँसो गाउँ नजिकै रहेको डोग्रा, ठाम्रा सामुदायिक वनबाट आएको बँदेलले आक्रमण गर्दा विष्टको मृत्यु भएको वडाध्यक्ष रामबहादुर बोहोराले जानकारी दिएका छन् । वनमा बाख्रा चराईरहेका बेला एक्कासी जंगलबाट निस्केको बँदेलले आक्रमण गर्दा घाईते भएका विष्टलाई उपचारका लागि कोल्टी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको वडाध्यक्ष बोहोराले बताएका छन् ।

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 52 पटक पढिएको
  • अध्यक्ष श्रेष्ठद्वारा आर्थिक राष्ट्रिय दैनिकका सम्पादकलाई छुरी हान्ने धम्की

    झापा / सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले एक दैनिक पत्रिकाका सम्पादकलाई छुरी हान्ने धम्की दिएका छन् । उनले आर्थिक राष्ट्रिय दैनिक पत्रिकाका सम्पादक प्रल्हाद रिजाललाई यस्तो धम्की दिएका हुन् । प्रकाशित समाचारको विषयमा कुराकानी गर्न श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रेस युनियनका निवर्तमान महासचिव अजय बाबु सिवाकोटीलाई प्रयोग गरेर हिमालय होटलमा पुगेका थिए । रिजाललाई भेटको क्रममा श्रेष्ठले छुरी हान्ने धम्की दिएका हुन् ।आइतबार भएको उनीहरूबीचको भेटघाटमा श्रेष्ठले ‘मेरो बैंकको विरुद्ध समाचार लेखेको कारण मेरो श्रीमतीले मलाई आर्थिक दैनिकको कार्यालय अगाडि पुर्याइदिनुस्,

    • प्रकाशित मितिः माघ २५, २०७८
    • 80 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.