झापा / गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका –२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् ।न्यौपानेलाई वि सं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका –७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँगै कोभिड –१९ सङ्क्रमण देख
काठमाडौँ / केही दिनको खराब मौसमका कारण हिमपात, वर्षासँगै चिसो बढेको थियो भने हिजो मौसम खुलेको थियो । तर आज पुनः मौसममा खराबी देखिएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका केही भूभागमा भने हुस्सु र कुहिरो लागेकोले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अ
झापा / ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा बिद्युत्को तार जोड्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका ४ का ४८ वर्षीय सूर्य प्रकाश लिम्बुको मृत्यु भएको छ । आज बिहान साँढे ११ बजेको समयमा उक्त स्थानमा रहेको बिद्युत्को पोलमा चढेर तार जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा / दाङमा प्रहरीले करिब आठ किलो लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।दाङको घोराही बसपार्कबाट ७ किलो ७७९ ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।पक्राउ पर्नेमा पूर्वी रूकुमको चुनवाङ घर भई घोराही- १४ बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही- १८ का ५९ वर्षीय कर्णबहादुर पुन रहेका छन् ।पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ ।मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन ।उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ । ‘उनीहरूलाई कसरी अनुगमन र नियमन गर्ने भन्ने विषयमा कार्यविधिले बोल्छ’ पोखरेलले भने, ‘पहिले पनि औषधीय प्रयोजनका लागि यो प्रयोग भइरहेको थियो होला तर कुनै अनुगमन हुँदैन्थ्यो । अब यसलाई कानूनको दायरामा ल्याउन खोजि
ताप्लेजुङ / ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ। पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो।प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू छन्। लिम्बू सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोक क्षेत्रमा बिजुली बनाउने क्रममा अचानक पोलबाट खसेर पक्की सडकमा बजारिएका थिए। गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। जिल्ला प्रहरी कार्या
बिर्तामोड / नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै अनेरास्ववियु रूपन्देहीले गरेको प्रदर्शनमा प्रहरी र अनेरास्ववियुका विद्यार्थीबीच झडप भएको हो ।अनेरास्ववियुका कार्यकर्ताले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरेलगायत घाइते भएको अनेरा
काठमाडौं / रोजगारीको खोजीमा ‘भिजिट भिसा मा संयुक्त अरब इमिरेट्स यूएई पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ ।युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाँदैछन् ।वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको श्रम मन्त्रालयले जनाएको छ । यूएई जाने मिति र समय भने खुलाइएको छैन ।नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउ
बिर्तामोड / मोरङको बेलबारी नगरपालिका १ सिनेमा हल अगाडिबाट आइतबार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागूऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आइतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका ३ का ४३ वर्षीय रिक्तमान गुरुङले बेलबारी १ सिनेमा हल अगाडि पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको भनी इलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निवेदन दिएकोमा खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो । कार फेला परे सँगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ वर्षीय सु
झापा / सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका –९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका –४ का २२ वर्षीय ट्रक चालक मिलन मंग्राती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मंग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । सोमबार बिहान ७ बजे प्र २०३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी –९ सभाखोला नजिकै भएको हो ।ट्रक मकालु गाउँपालिका –५ को नुममा सिमेन्ट पुर्याएर सोमबार बिहान वीरगञ्ज फर्कँदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.