काठमाडौँ / गृह मन्त्रालयले प्रहरी निरीक्षक राजकुमार कुर्मीलाई बर्खास्त गरेको छ । प्रहरी संगठनको आचरणविपरीत काम गरेको पाइएपछि निलम्बनमा परेका प्रहरी निरीक्षक कुर्मीलाई गृह मन्त्रालयले बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले निलम्बित प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त नै गर्नुपर्ने अवस्था देखिएको भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । प्रहरी प्रधान कार्यालयकै सिफारिसमा गृहले मंगलबार प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । बर्खास्त गरिएको गृह मन्त्रालयको पत्र प्रहरी हेडक्वार्टरमा आइपुगेको पनि प्रवक्ता के
काठमाडौँ / कानून व्यवसायी परिषद (बार काउन्सिल) ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टीकरण सोध्ने भएको छ । घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो । बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरण पछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।
काठमाडौं / डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका –१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार आमा बिरामी भएको बहाना बनाइ डलर भनी कागजको टुक्रा दिएर ठगी गर्ने श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको हो ।पक्राउ परेका श्रेष्ठलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ को २४९ को ठगी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट
रूपन्देही / बुटवलबाट औषधिमा नयाँ मूल्य राखेर बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको नागार्जुन गाउँपालिका –२ का २८ वर्षीय प्रकाश भण्डारी, सोही गाउँपालिका वडा नं. –३ का २३ वर्षीय महेश भण्डारी र दशरथचन्द नगरपालिका –११ का २६ वर्षीय हरिस भण्डारी रहेका छन् । बुटवल उपमहानगरपालिका –७ दीपनगरमा रहेको बर्तोली प्रिन्टर्सले अवैध रुपमा विभिन्न प्रकारका औषधि तथा पोषणयुक्त सामाग्रीलाई गोदाम गरेर नयाँ मूल्य राख्ने तथा म्याद सकिएको औषधिमा नयाँ मिति राखेर बिक्री वितरण भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ
काठमाडौं / लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गङ्गाजमुना गाउँपालिका- ५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका- ५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका- १ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका- ५ गोलढुङ्गा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् । गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधिहरू बेचबिखन गर्ने गरेको भन्ने सूचनाको
काठमाडौँ / पूर्व सञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ ।लामिछानेले मंगलबार निर्वाचन आयोग ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए । ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो ।स्वतन्त्र उम्मेदवारी अभियान डम्बर साहुले ध्यानाकर्षण गराउँदै ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरिएको छ ।कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार
काठमाडौँ / सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी नेकपा एमालेकी प्रदेशसभा सांसद गुलेफुन खातुन पदमुक्त भएकी छन् । जिल्ला र उच्च अदालतबाट भएको फैसलालाई जेठ २५ गते सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले सदर गरेपछि उनी दोषी ठहरिएकी हुन् । प्रदेश १ की सांसद खातुनले मुद्दा दोहोर्याउन माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन् ।तर सर्वोच्चले पनि उनको निवेदन खारेज गरिदिएको छ । उनको निवेदनमा माग अनुसार दाबी नपुग्ने भन्दै मुद्दा दोहोर्याउन अनुमति नहुने आदेश दिएको छ ।प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को उम्मेदवारको अयोग्यता सम्बन्धी दफा १३ (घ) मा नैतिक पतन
काठमाडौं / काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित देउराली भन्ज्याङमा ट्रिपरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवार रहेको प्रहरी प्रभाग साँखुले जनाएको छ ।प्रदेश–३ ०१–००६ ख ३४७४ नम्बरको ट्रिपरले ठक्कर दिँदा मंगलबार राती ९ बजे दनुवारको मृत्यु भएको हो । ट्रिपर चालक रामेछापको मन्थली नगरपालिका-१४ घर भएका सुमन तामाङलाई प्रहरीले मेलम्चीमा पक्राउ गरेर काठमाडौं ल्याएको छ । चालकलाई सवारी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
झापा / प्रहरीले नाबालिकालाई अपहरण गरी बलात्कार गरेर फरार भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका- ७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी रहेका छन् ।बालिकालाई कलैयाबाट डर त्रास देखाई २०७७ फागुन ५ गते अपहरण गरी भारतको लुधियाना लगी बन्धक बनाई बलात्कार गरेको अन्सारीमाथि आरोप छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका- ५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला परेका हुन् । उनलाई जिल्ला अदालत बारामा पेश गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बिर्तामोड / झापाको बुद्धशान्ति गाउपालिका -५ मा विषालु सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति -५ खारखोलाका १५ वर्षीय अजित तामाङ रहेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख अशोक कोइरालाले बताएका छन् । गाउँमा राति ९ बजे जंगली हात्ती आएर हात्ती धपाउन निस्केका किशोरलाई विषालु सर्पले टोकेर टोकेको थियो ।सर्पको टोकाइबाट घाइते भएका तामाङलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआलीमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.