समाचार

    Showing 22,781-22,790 of 25,221 items.
  • आजको मौसम : न्यून चापीय प्रणालीको आंशिक प्रभाव

    काठमाडौँ / हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागहरूको मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागहरूको मौसम सामान्यतया सफा रहनेछ । आइतबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागहरूमा आंशिक बदली रहनेछ । चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 53 पटक पढिएको
  • कर्मचारीलाई मोबाइल चलाउन प्रतिबन्ध

    काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित खटिइरहेको समयमा मोबाइल साथमा राख्न रोक लगाइएको छ । अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरूको सङ्ख्या बढेको आरोप लाग्दै आएको छ । भिजिट भिसामा गएका नेपालीहरू अलपत्र पर्ने र दुःख पाउन थालेपछि विभागले सो निर्णय गरेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जानकारी दिए ।भट्टराईका अनुसार अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल फोन लकरमा राख्न निर्देशन दिइएको छ । आवश्यक परेमा ल्यान्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख

    • प्रकाशित मितिः माघ १५, २०७८
    • 71 पटक पढिएको
  • सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक पक्राउ

    धनुषा / धनुषाको जनकपुरधाम उपमहानगरपालिका –२ बाट सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनौजी गाउँपालिका –१ का २५ वर्षीय शहादत राइन रहेका छन् । राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासमानसँग जनही दुई लाख रकम लिई किर्ते कागजपत्र तयार पारिदिएका थिए । उनले सडक डिभिजन कार्यालयको आईटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र बनाइदिएका थिए । जनकपुरधामस्थित सडक डिभिजनको लेटर प्याड तयार गरी सरकारी दस्तखत छाप किर्ते गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 100 पटक पढिएको
  • सामूहिक बलात्कार प्रकरण : थप एक पक्राउ

    झापा / खोटाङ घर भइ मोरङको सुन्दरहरैँचा नगरपालिकामा बस्दै आएकी ३१ वर्षीय महिला माथि भएको सामूहिक बलात्कारको घटनामा थप एक जना आरोपी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ३– का २५ वर्षीय राम बहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । पक्राउ परेका दर्जी पीडित भनिएका महिलाको पहिलादेखि समर्पक रहेको बुझिएको छ । सो घटनामा उनी पनि संलग्न भएको देखिएपछि प्रहरीले घटना भएको पाँच दिनपछि बिहीबार पक्राउ गरेको हो ।यसअघि प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका –४ बलिया चौकका होटल सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरि सकेको छ ।गत श

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 66 पटक पढिएको
  • आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    झापा / पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।उक्त प्रणालीको प्रभावले प्रदेश नं. १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रह

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 61 पटक पढिएको
  • बर्दिया निकुञ्जले पायो अन्तराष्ट्रिय अवार्ड टी–एक्स –२

    काठमाडौँ / नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले अन्तराष्ट्रिय अवार्ड टी–एक्स–२ पाएको छ । बाघ संरक्षणमा बर्दिया राष्ट्रिय निकुञ्जले महत्त्वपूर्ण योग्दान पुर्याएमा सो अवार्ड पाएको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको पहिलो विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने निकुञ्जलाई उक्त अवार्ड प्रदान गरिने बताइएको थियो । सोही प्रतिबद्धताअनुसार उपलब्धि हासिल गरेकाले निकुञ्जले टीएक्स –२ अवार्ड पाएको हो ।बर्दिया राष्ट्रिय निकुञ्जमा योबीचमा बाघको संख्या करिब चार गुणाले बढेको छ । सन् २००९ मा बर्दियामा निकुञ्जमा १८ वटा बाघ थिए । उक्त संख्या बढेर सन् २०१८ मा ८७ पुगेको छ । यो

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 63 पटक पढिएको
  • धनपालथान हत्या प्रकरण : झापाको जग्गा कारोबारले लियो दुईको ज्यान

    झापा / मोरङको धनपालथान –७ बोर्डिङ टोलस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानमा जुटेको प्रहरीले जग्गा कारोबारका क्रममा देखिएको विवादका कारण उनीहरूको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।बुधबार र बिहीबार खाल्डो खनिएर गाडिएको अवस्थामा भेटिएका दुई शवको अनुसन्धानमा जुटेको प्रहरीले पहिचान खुलेका मृतकको परिवारका सदस्यको बयानलाई आधार मानेर हत्याको कारण जग्गा कारोबारसँग जोडिएको निष्कर्ष निकालेको हो ।करिव २५ मिटरको फरकमा रहेका खाल्डोमा बुधबार र बिहीबार भेटिएका शव मध्ये अझै एक जनाको भने पहिचान खुलिसकेको छैन । बिहीबार उत्खनन गरिएको शव भने सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्र कुमार श्र

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 283 पटक पढिएको
  • बारको असहमतिकै बीच न्याय सेवा आयोगको बैठक बस्दै

    काठमाडौँ / आज (शुक्रवार) न्याय सेवा आयोगको बैठक बस्दै छ । नेपाल बारको असहमतिकै बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।आयोगमा प्रधानन्यायाधीश राणा सहित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य छन् । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा बसेका छन् । लामो समयदेखि न्याय सेवाको बैठक बस्न सकेको छैन ।कानुन, न्याय तथा अदालतका विषयमा छलफल गर्नुपर्ने भए पनि प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एशोसियसन

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 69 पटक पढिएको
  • सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानबिन सुरु

    डोटी / दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ। कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले बताएका छन् ।शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट समेत हटाएको छ। छानबिन सुरु भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको बताइएको छ। त्यहाँ अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले ५०० चल्ला खरिद गरेको थियो। कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनीम

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 84 पटक पढिएको
  • ट्याक्टरमा बस ठोक्किँदा २४ जना घाइते

    काठमाडौँ / सर्लाहीको हरिवन नगरपालिका –९ सुकेपोखरीमा बस र ट्याक्टर ठोक्किँदा २४ जना घाइते भएका छन् । भैरहवाबाट वीरगञ्ज आउँदै गरेको लु २ ख ४७५७ नम्बरको बस र ज २ त ७८१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइतेमध्ये रूपन्देहीकी २५ वर्षीया कृतिका चौधरीको अवस्था गम्भिर छ । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । अन्य घाइतेहरूको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 60 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.