समाचार

    Showing 22,821-22,830 of 26,762 items.
  • दिदीको घरमा आएका भाइको हत्यामा संलग्न रहेको आरोपमा भिनाजु सहित पाँच जना पक्राउ

    झापा / पर्साको बहुदरमाई नगरपालिका- २ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको हत्या संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका- ६ बस्ने ४५ वर्षीय हिरामान महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया बसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् । शनिबार बिहान जगरनाथपुर गाउँपालिका- ६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरूमध्ये हिरामान, बसन्ती, सुनिता र रिङ्कुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति  मृतकको भ

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 57 पटक पढिएको
  • खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी बेपत्ता

    सोलुखुम्बु  / सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया योहन सम्पर्कविहीन भएका हुन् ।जेठ ५ गते मन्जो चेकपोष्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यस यता सम्पर्कमा आउन नसकेका प्रहरी निरीक्षक उमाशंकरप्रसाद शाहले बताए । भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 69 पटक पढिएको
  • कोकिन तस्करमा सक्रिय बन्दै विदेशी नागरिक : दुई दिनमा २४ किलो कोकिन बरामद 

    काठमाडौं / त्रिभुवन विमानस्थल सुरक्षामा खटिएको प्रहरीले २ दिनमा २४ किलो कोकिन बरामद गरेको छ। विमानस्थल सुरक्षा प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठका अनुसार आइतबार १६ केजी र सोमबार ८ केजी कोकिनसहित बरामद गरेको हो । आइतबार १६ केजी कोकिनसहित प्रहरीले दुई जना दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको थियो भने सोमबार आठ केजी कोकिनसहित अन्य एक जना विदेशीलाई पक्राउ गरेको छ । विदेशबाट आएका यात्रुको झोला चेकजाँचका क्रममा लागू औषध नियन्त्रण ब्युरोको टोलीले उक्त परिमाणको कोकिन बरामद गरेको हो।उनीहरु तीनैजना दुर्वइ हुँदै कोकिन बोकेर नेपाल आएका प्रवक्ता श्रेष्ठले बताए ।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 70 पटक पढिएको
  • राजश्व छलेर ल्याएको ८ क्विन्टल चिनी बरामद

    रूपन्देही / रूपन्देहीमा राजश्व छलेर ल्याएको ८ क्विन्टल चिनी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका २२ वर्षीय मिनबहादुर रास्कोटी र कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्त रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनी जनाएका छन् । सोमबार राति १० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् ।सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको बलेरो पिकअपमा उक्त परिमाणको चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए ।बरामद गरिएको उक्त चिनी पन्तले सञ्चालन गरेको आरती कि

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 60 पटक पढिएको
  • मङ्गलबार एक हजार ८ सयले घट्यो सुनको मूल्य

    काठमाडौं / सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४ सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 62 पटक पढिएको
  • बालिकालाई अपहरण गरि शरीर बन्धक बनाएको आरोपमा एक पक्राउ

    झापा / नवलपरासीमा १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १२ भटौलीयाका २० वर्षीय महोम्मद साफिक अन्सारी रहेका छन् । बालिकालाई अन्सारीले ०७८ चैत २८ गतेदेखि ०७९  जेठ २९ गतेसम्म बर्दघाट नपा-१२ मा कोठा भाडामा लिएर बन्धक बनाएको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई अन्सारीलाई गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रेमबहादुर शाहीले बताए । 

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 64 पटक पढिएको
  • महोत्तरीमा नम्बर नखुलेको पिकअपले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

    झापा / महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका- ३ मा सोमबार राति अटोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका- ३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुङ्गेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको उपचार बर्दिबासस्थित जनसेवा अस्पतालमा भइरहेको छ । बर्दिबास नपा- ३ स्थित स्मृतिपार्क नजिकैबाट पाटुतर्फ जाँदै गरेको ज १ ह ३५०१ नं को अटोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेर

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 74 पटक पढिएको
  • २४ वर्षीय युवतीलाई होटलमा सामूहिक बलात्कार गर्ने चार पक्राउ

    काठमाडौं  / काठमाडौंमा २४ वर्षीय युवतीलाई होटलमा लागी सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा र होटलका सञ्चालक सिन्धुपाल्चोकका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्पा रहेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका- ६ बौद्धस्थित लुङ्ता गेष्टहाउबाट ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनाली जानकारी दिए । प्रवक्ता मैनालीका अनुसार होटल सञ्चालक शेर

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 107 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु

    बिर्तामोड / इलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरूमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । इलामको रोङ गाउपालिका- ४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आँउदै गरेको मे १ त ४४७८ नम्बरको  ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सूर्योदय नगरपालिका- १२ का  २९ वर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो । यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा सोमबार बेलुका ५ बजे  मे १ त ७४३१ नम्

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 115 पटक पढिएको
  • संसद् बैठक सुरु, आज नौ मन्त्रीले जवाफ दिने

    काठमाडौं  / प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।आज मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जनाएको छ । युवा मन्त्री, शहरी विकास, कृषि, शिक्षा, उद्योग, पर्यटन, परराष्ट्र, खानेपानी र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।सोमबार मन्त्रालयगत शीर्षकमा सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १५ जना सांसदले संसद्को जारी छलफल स्थगित गर्दै रासायनिक मल उपलब्ध गराउनेबारे जरुरी महत्वको प्रस्ताव पेश गरेको थियो।

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 57 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.