समाचार

    Showing 22,871-22,880 of 26,762 items.
  • छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ७४ वर्षीय ठूलोबुबा पक्राउ

    बर्दिया / बर्दियामा २१ वर्षीया छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा जबरजस्ती करणी तथा हाडनाता करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पीडितलाई माइती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राखिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 138 पटक पढिएको
  • झापामा फेरी १३ वर्षीया बालिका बलात्कृत

    बिर्तामाेड / मेचीनगरबाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –७ का ३८ वर्षीय महेश मण्डल रहेका छन् । गत २९ वैशाखमा मेचीनगर –७ स्थितपालिका गंगा टोलकी १३ वर्षीया बालिकालाई मण्डलले आफ्नै घरमा प्रलोभनमा पारी पाँच सय रुपैयाँ दिएर जबरजस्ती करणी गरेको आरोप छ । पीडित बालीकाले उक्त घटनाका बारेमा आफ्नी आमालाई बताएपछि उनकी आमाले आजै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीको आधारमा प्रहरीले मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।&

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 256 पटक पढिएको
  • भरुवा बन्दुक सहित एक जना पक्राउ

    झापा / ओखलढुङ्गामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका -६ जन्तरखानी माथिल्लो मैदानेका ३५ वर्षीय कामे शेर्पा रहेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान साढे १० बजे सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो । बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 76 पटक पढिएको
  • सुनसरीको दुहबीमा मोटरसाइकलमा सवार  दम्पतीलाई लहरीले ठक्कर दिँदा श्रीमतीको मृत्यु

    बिर्तामोड / सुनसरीको दुहबी नगरपालिका - ५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका - २० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । शुक्रबार दिनको ३ बजे उनकै श्रीमान ६६ वर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकलको पछाडि बसी जादै गर्दा विपरित दिशाबाट आएको यु पी ५७ ए टी ३८३७ नम्बरको भारतीय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । चालक उनका श्रीमान सामान्य रहेका छन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले लहर

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 9,122 पटक पढिएको
  • धादिङमा पहिरोले बस्ती पुरिँदा एक जनाको मृत्यु

    धादिङ / अविरल वर्षापछि गएको पहिरोले बस्ती पुरिँदा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक जनाको ज्यान गएको छ ।त्रिपुरासुन्दरी– ५ स्थित घिमिरेगाउँमा पहिरोले नेत्रबहादुर खाडको घर पुरिँदा उनको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले जानकारी दिए । उनका अनुसार घरमूली मृत अवस्थामा फेला परे पनि परिवारका अन्य सदस्य सकुशल रहेका छन्।स्थानीय प्रशासनले मृतको लासलाई पोस्टमार्टमका लागि सल्यानटार अस्पताल पठाइएको छ । पहिरोले ५ वटा घर बस्न नमिल्ने गरी क्षति भएको छ । पीडित परिवारका लागि गाउँपालिकाले नजिकै सुरक्षित स्थानमा अस्थायी व्यवस्था मिलाएको छ । 

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 59 पटक पढिएको
  • दक्षिण कोरियाको डेगु सहरमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु, ४६ जना घाइते

    एजेन्सी / दक्षिण कोरियाको दक्षिणपूर्वी सहर डेगुमा रहेको एउटा कार्यालय भवनमा भएको भीषण आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ । साथै अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय आगलागी भएको जनाइएको छ । घटनास्थलमा करिब ५० दमकल र १६० अग्नि नियन्त्रकहरू खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । 

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 70 पटक पढिएको
  • नेपाल भारतमैत्री बसको ठक्करबाट २३ वर्षीय युवकको मृत्यु

    चितवन / चितवनको पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहाल रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकामा बसले ठक्कर दिएका दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदा गरेको बा ५ ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्र

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 79 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक जारी

    काठमाडौं / संघीय संसद् प्रतिनिधिसभाको बैठक भइरहेको छ ।  बैठक बिहान ११ बजेदेखि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा विनियोजन विधेयक, २०७९ का परराष्ट्र मन्त्रालय, उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय र गृह मन्त्रालयको बारेमा छलफल भइरहेको बताइएको छ । यस्तै, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक पनि आजै बस्दैछ ।उक्त बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ माथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 60 पटक पढिएको
  • जाजरकोटमा भएको जिप दुर्घटनामा परि ३ जनाको मृत्यु

    जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुनीचाँदे- ६ का २१ वर्षीय दर्शन शाही, वडा नं ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाही रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए । ११ जना घाइते भएका छन् ।कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका- ५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च ०३४९ नम्बरको बोलेरो जिप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।घाइतेहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 56 पटक पढिएको
  • अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह

    काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.