समाचार

    Showing 22,881-22,890 of 26,763 items.
  • अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह

    काठमाडौं / नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 66 पटक पढिएको
  • मोरङमा प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

    बिर्तामोड /  मोरङमा प्रहरी हिरासतमा रहेका  एक थुनुवाको मृत्यु भएको छ । ज्यान मार्ने उद्योग आरोपमा पक्राउ परेका मोरङको केराबारी गाउँपालिका- २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी ठकुरीलाई प्रहरीले बिहीबार अदालतमा उपस्थित गराउन विराटनगर ल्याएको थियो । सरकारी वकिल कार्यालयमा बेहोस भएका उनको कोसी अस्पताल पुर्याए लगत्तै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।आफन्तले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् । प्रहरीले कुटपि

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 109 पटक पढिएको
  • आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई पुरुषको शव भेटियो

    तनहुँ / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका –४ ड्यामस्थित सडक भासिएको स्थानबाट तल दुई वटा शव र एउटा कार भेटिएको छ । जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार मृतक दुवैको सनाखत हुन सकेको छैन । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेका थिए । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुशल रहेको बताइएको छ । उद्धार टोली घटनास्थलमा पुगिसकेको नेपालले बताए । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने नखुलेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।सडक भासिँदा दुईतर्फी सवारी आवागमनमा अवरु

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 80 पटक पढिएको
  • पृथ्बी राजमार्ग सडक भासियो , दुईतर्फी सवारी आवागमन अवरुद्ध

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको छ। रातभरी  परेको वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नहुने।तत्काल मर्मतसम्भार गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको छ। करिब २० मिटर सडक भासिएको छ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 836 पटक पढिएको
  • अख्तियारद्वारा चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकविरुद्ध आरोपपत्र दायर

    काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चार जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।अख्तियारले चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुँइटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध आरोपपत्र दायर गरेको हो । उनीहरूले २०७२ सालमा प्रकाशित कर्मचारी पदपूर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी योग्यता नपुगेका आवेदकको दरखास्त फारमहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन स्वीकृत गरेको अख्तियारको आरोप छ । राष्ट्रिय

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 131 पटक पढिएको
  • २७ वर्षीया महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार , एक युवक पक्राउ

    चितवन / पूर्वी चितवनको राप्ती नगरपालिकामा एक युवतीलाई दुई महिनादेखि बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ९ चौधघरे बस्ने ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।घलानले राप्ती नगरपालिका-६ आदर्शटोलस्थित माछापोखरीमा रहेको आफू बस्ने घरमा राखेर २७ वर्षीया युवतीलाई दुई महिनादेखि बन्धक बनाएको प्रहरीले जनाएको छ । काठमाडौं बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पीडित युवती १० चैतमा भाउजूको घर पिप्ले आएकी थिइन् ।बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएक

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 76 पटक पढिएको
  • ढुङ्गाले लागेर विद्यालय जाँदै गरेका १४ वर्षीय बालकको मृत्यु

    झापा / सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर गुल्मीको मुसीकोट नगरपालिकामा एकजना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नं- ३ का १४ वर्षीय गगन रायमाझीको रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान  विद्यालय जाने क्रममा बालकलाई ढुङ्गाले लागेको थियो । डोजरले बाटो खन्दै गर्दा फालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खरेलले जानकारी दिए । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि गुल्मी अस्पताल लैजाने क्रममा बालक

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 81 पटक पढिएको
  • अनेरास्ववियुका इकाई कमिटी सहसचिवले अस्कल कलेजका उपप्राध्यापकलाई कुटे

    काठमाडौं  / काठमाडौंको लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) मा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका इकाई कमिटी सहसचिव पंकज पाण्डेले उपप्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका छन् । खेलकुद तथा विद्यार्थी कल्याणकारी विभाग प्रमुख रहेका उपप्राध्यापक दिवाकरलाई पंकजले सल्लाह गर्नुछ भनेर एकान्तमा लगेर आइतबार कुटेको कलेजका प्रमुख लोकबहादुर बरालले बताए । अनेरास्ववियुका विद्यार्थीहरूमाथि दर्ता भएको कीर्ते मुद्दा फिर्ताका लागि दबाब दिन उपप्राध्यापकमाथि कुटपिट भएको हो ।अनेरास्ववियुका पूर्व इकाई प्रमुख कमलराज जोशीले बिएससी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते नामावली तयार

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 82 पटक पढिएको
  • ललिता निवास जग्गा प्रकरण : शोभकान्तको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    काठमाडौं /  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएर हडपेको प्रकरणमा मुछिँदै थुनामा रहेका आरोपी शोभाकान्त ढकालको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।मुद्दाको पेसी न्यायाधीशहरू सपना मल्ल प्रधान, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको पूर्ण इजलासमा तोकिएको थियो ।यसअघि २९ वैशाखमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको थियो । तर, त्यसबेला मुद्दालाई ‘हेर्न नमिल्ने’ सूचीमा राखियो ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश भट्टराईको संयुक्त इजलासले २४ वैशाखमा रायबुझी हुने आदेश दिएको थियो ।सोही कारण मुद्द

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 67 पटक पढिएको
  • प्रदेश १ को नामाकरण सहजीकरणका लागि एमालेले बनायो समिति

    विराटनगर /  नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि दलको तर्फबाट पाँच सदस्यीय समिति गठन गरेको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीका अनुसार बिहीबार बसेको एमाले संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा प्रदेश नामाकरण समिति गठन गरेको हो । समितिको सदस्यहरूमा पूर्व सामाजिक विकास मन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश प्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेका छन् । 

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 71 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.