समाचार

    Showing 2,281-2,290 of 15,433 items.
  • रवि लामिछानेले कारागारबाट लेखेको पत्रमा रवीन्द्र मिश्रले देखे ‘गहिरो अर्थ’

    काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कारागारबाट लेखेको पत्रबारे टिप्पणी गरेका छन्।मिश्रका अनुसार लामिछानेले २०४६ सालपछि स्थापित राजनीतिक व्यवस्थामाथि कडा आलोचना गर्दै विगत ‘३६ वर्ष’को अवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याएका छन्, जसलाई केहीले राष्ट्रपति प्रणालीतर्फको संकेतका रूपमा पनि व्याख्या गरिरहेका छन्। तथापि, लामिछानेले स्पष्ट रूपमा ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ नभनी ‘कार्यकारी’ शब्द प्रयोग गरे

    • प्रकाशित मितिः असार १६, २०८२
    • 169 पटक पढिएको
  • स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार: वीर अस्पताल

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमश सुधार आइरहेको वीर अस्पतालले जानकारी दिएको छ।स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा शनिबार भर्ना भएका मन्त्री पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै अस्पतालले सोमबार विज्ञप्ति निकालेको हो।अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको उपचारमा अस्पतालका निर्देशक डा दिलीप शर्मा नेतृत्वको विशेषज्ञ चिकित्सकहरू संलग्न छन्।'माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते यस चि.वि.रा.प्र., वीर अस्पतालमा ज्वरो आई भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्र

    • प्रकाशित मितिः असार १६, २०८२
    • 147 पटक पढिएको
  • अवरुद्ध कर्णाली राजमार्ग संचालनमा

    मुगु - अविरल वर्षापछि अबरुद्व कर्णली राजमार्गको गगनेखोलाको अबरुद्व सडक सन्चालनमा आएको  छ । गए रातिदेखि भएको अविरल वर्षापछि आएको पहिरोले विहान ६ बजेदेखि अरुबद्व सडक अहिले १० बजेपछि सन्चालनमन सडक आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।कालिकोट स्थित गगनेखोलाको पहिरो पन्छाएर सडक सुचारु भएपनि जितेगाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।कालीकोटको जितेगाडमा ठूलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको सडक डिभिजनका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 101 पटक पढिएको
  • न्यायालयप्रति जनविश्वास टुट्ने अवस्थामा छ : महेश बर्तौला

    काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले पछिल्लो समय न्यायालयप्रति आम नागरिकको विश्वास गम्भीर रूपमा कमजोर हुँदै गएको बताएका छन्।सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै बर्तौलाले न्यायिक प्रणालीप्रति जनविश्वास लगभग टुट्नै लाग्ने अवस्थामा पुगेको टिप्पणी गरे। उनले भने, "पछिल्लो चरणमा नागरिकको न्यायालयप्रतिको विश्वास कमजोर मात्रै होइन, करिब टुट्नै लागेको अवस्था छ। यसको जिम्मेवार विभिन्न कारणहरू छन्, तर न्यायाधीशहरूको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको छ।"बर्तौलाले न्यायाधीशहरूको आचरण, फैसला प्रक्रियाको पारदर्शिताको अभाव र न्याय सम्पादनमा देखिएको विचलनले न्यायाल

    • प्रकाशित मितिः असार १६, २०८२
    • 151 पटक पढिएको
  • सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ

    काठमाडौं - सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ ।क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको उत्पादन वाइवाइको व्यापारमा गिराव आएसँगै सिजी फुड्सको व्यापार ओरालो लागेको हो ।इक्रा नेपालले हालै प्रदान गरेको रेटिङ अनुसार सिजी फुड्सको व्यापार सन् २०२५ को ९ महिनामा ५ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ । सीजीले ९९ करोड ५५ लाख रुपैयाँ कर्जा लिन रेटिङ गराएको हो । यसअघि सन् २०२४ मा सिजी फुड्सको कुल व्यापार ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड रुपैया

    • प्रकाशित मितिः असार १६, २०८२
    • 126 पटक पढिएको
  • मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प

    काठमाडौं -  मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ म्याग्च्यिुडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 121 पटक पढिएको
  • झापाको एक फर्निचर उद्योगमा आगलागी

    झापा  -  झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।आगोलाई भने बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएक

    • प्रकाशित मितिः असार १६, २०८२
    • 120 पटक पढिएको
  • निजामती कर्मचारीले कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने

    काठमाडौं - निजामती कर्मचारीले सामाजिक सञ्जालमार्फत  कुनै राजनीतिक दल र नेताहरूको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने कानूनी व्यवस्था गरिएको छ ।प्रतिनिधि सभाबाट आइतवार पारित भएको संघीय निजामती सेवा विधेयकमा दफा ८९ मा सो व्यवस्था गरिएको हो ।उच्च पदस्थ कर्मचारीले समेत राजनीतिक दलका नेता र कतिपय आफ्नै विभागीय व्यक्तिहरूको बारेमा समेत टीकाटिप्पणी गर्ने गरेकोमा नयाँ ऐनले सो कार्यलाई निरुत्साहन गरेको हो ।सो दफामा  भनिएको छ–निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सामाजिक द्वेष वा कलह बढ्ने,हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीको

    • प्रकाशित मितिः असार १६, २०८२
    • 125 पटक पढिएको
  • एक युवतीले तीन तलाबाट हामफालेर भइन घाइते

    चितवन— चितवनमा एक युवती घरको छतबाट हामफालेर घाइते भएकी छिन् । गएराति करिब पौने एक बजेको समयमा रत्ननगर नगरपालिका–२ हस्पिटल रोडस्थित फ्युस फार्मेसीमा काम गर्ने २२ वर्षीया राधिका गुरुङ सोही फार्मेसी रहेको घरको तेस्रो तलाबाट हामफाल्दा टाउको र कम्मरमा चोट लागी गम्भीर हालतमा उपचारको लागि भरतपुरस्थित मेडिकल कलेजमा ल्याइएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ घर भएकी राधिका सोही फार्मेसीका सञ्चालक अं.वर्ष २८/२९ को योगेश अधिकारीसँग विवाद भई छतबाट हामफालेकी भन्ने सामान्य जानकारी आएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी निरीक्षक जयनेपाल थापाको कमाण्डमा टोली खटिएर थप अनुसन्

    • प्रकाशित मितिः असार १६, २०८२
    • 305 पटक पढिएको
  • मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

    काठमाडौं— सोमबार बिहान मुगुको कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो ।भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीय बासिन्दाले हल्का कम्पन महसुस गरेको बताएका छन् ।

    • प्रकाशित मितिः असार १६, २०८२
    • 277 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा