काठमाडौं— काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन्। आइतबार बिहान पौने ११ बजे जिल्ला अदालत काठमाडौंबाट २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही भागेका थिए।उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।रुकुम पश्चिम घर भई गोंगबु बस्ने शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते पक्राउ गरेको थियो।चोरी मुद्दामा अनुसन्धान सकेर उनलाई थुनछेकका लागि अदालतमा लगिएको थियो। अदालतको पहिलो तलामा रहेको ४ नम्बर इजलासमा उनको थुनछेक भइरहेको थियो ।प्रहरीका अनुसार झ्यालबाट हाम फालेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाए
काठमाडौं— संघीय संसद अन्तर्गतका ४ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन्।जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गरिनेछ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ। जुन बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ।विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० ब
काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्र
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइ रहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशको थोरै
काठमाडौं— बयानका लागि लगिएका एक थुनुवा हतकडीसहित जिल्ला अदालत काठमाडौंबाट आइतबार फरार भएका छन्। फरार हुने थुनुवा पश्चिम रुकुम घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २१ वर्षीय निराजंग ठकुरी उर्फ दशरथ शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी गत जेठ ३० गते चोरीको अभियोगमा पक्राउ परेका थिए।प्रहरीका अनुसार शाहीलाई अदालतमा बयानका लागि ल्याइएको थियो। सो क्रममा उनले शौचालय जानुपर्ने बहाना बनाएर हतकडीसहित फरार भएका हुन्। घटनापछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले शाही फरार भएको पुष्टि गर्दै भने, 'थुनुव
काठमाडौं - प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा छलफलपछि विधेयक पारित गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।विधेयक पारित हुनु अघि सांसदहरूले छलफलमा भाग लिएका थिए । यस्तै सांसद प्रभु शाहले विधेयकप्रति आपत्ति जनाउँदै रोष्ट्रममै च्यातिदिएका थिए ।
बागलुङ— प्रतिनिधि सभाका पूर्व सांसद तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ। स्वास्थ्य परीक्षणका लागि चितवनस्थित छोरीको घरबाट काठमाडौ जान लागेका कंडेलको बाटोमै निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन्।२०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका कंडेल प्रजातान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहने एक सादगीपूर्ण र इमानदार नेताका रूपमा चिनिन्थे। बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ सालको आन्दोलनमा जेल जीवन बिताएका उनले बहुदल स्थापनापछि नेपाली कांग्रेस बागलुङको सभापति र सांसद
काठमाडौं - साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज
काठमाडौं— मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा क्षेत्र आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस गरिएको बताइएको छ । प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी छ ।
काठमाडौं— आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोष्ट्रमबाटै च्यातेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक विभेदकारी रहेको भन्दै रोष्ट्रममै उभिएर च्यातिदिएका हुन् ।शाहले संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी पनि दिएका छन् ।गरिबको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खोजेको उनले बताए ।संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.