समाचार

    Showing 2,321-2,330 of 26,479 items.
  • कास्कीमा ‘स्विप अप्रेसन’ एकै दिन ४० जना प्रहरी कारबाहीमा

    गण्डकी— जिल्ला प्रहरी कार्यालय कास्कीले समाजमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरेको ‘स्विप अप्रेसन’ अन्तर्गत शनिबार विभिन्न स्थानबाट ४० जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामको टोलीले पोखरा महानगरपालिका–१७ दोबिल्ला क्षेत्रमा गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने दुई जना र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ जनामाथि कारबाही गरिएको छ।त्यसैगरी पोखरा–२३ र २४ को घाँटीछिना क्षेत्रमा मापसे गरेर सवारी चलाएका नौ जना तथा ट्राफिक नियम उल्लङ्घन गरेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 454 पटक पढिएको
  • लागू औषध सहित ९ जना पक्राउ

    विराटनगर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको विभिन्न स्थानहरूबाट लागू औषध सहित ९ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ मंगलबारे बजार स्थितबाट कनकाई नगरपालिका–३ चारआलीका ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई १० ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–८ क्याम्पसमोड स्थितबाट सोही स्थानका १८ वर्षीय सुवास राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्त

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 251 पटक पढिएको
  • अछाममा जिप दुर्घटना हुदा एकको मृत्यु, दुई जना घाइते

    अछाम— अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेख क्षेत्रमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।शनिबार राति तुर्माखाँद गाउँपालिका–३ का २६ वर्षीय पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खस्दा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाट गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक सरोजकुमार कैलाको नेतृत्वमा गएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।प्रहरीका अनुसार दुर्घटनामा कर्ण भ

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 424 पटक पढिएको
  • मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित मोरङबाट दुई जना पक्राउ

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार जाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम तथा प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ ।त्यसैगरी, निश्चल गुरुङको मलद्वारबाट प्लास्टिकसहित ११ ग्राम

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 435 पटक पढिएको
  • रास्वपा मोरङ जिल्लाको सभापतिमा भरत कडेल निर्वाचित

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समितिको अधिवेशनबाट सभापति पदमा भरत कँडेल निर्वाचित भएका छन् ।शनिबार भएको जिल्ला अधिवेशनबाट सभापति पदमा कँडेल निर्वाचित भएका हुन् । उपसभापति पदमा बिमला बस्नेत निर्वाचित भएकी छन् । यस्तै, सचिव पदमा दिवस नेपाल र सहसचिव पदमा सृजना गिरि आचार्य निर्वाचित भएका छन् ।रास्वपाका केन्दिय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाहले अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 473 पटक पढिएको
  • गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

    सप्तरी— खडक नगरपालिका वडा नं. ६ स्थित गम्हरिया पोखरी सौन्दर्यीकरण आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै सप्तरीको खडक नगरपालिकाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीसँग सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।नगरपालिकाका अनुसार उक्त आयोजनाका लागि डाक्नेश्वरी–९, सप्तरीस्थित रविना ओम गणेशाय जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । तर दोस्रो पटकसम्म म्याद थप गरिँदा पनि कम्पनीले निर्माण कार्य पूरा नगरेको, पेश्की रकम लिएर समेत अपेक्षित प्रगति नगरेको तथा लामो समयदेखि कार्यस्थल

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 504 पटक पढिएको
  • भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला

    काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ । नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 312 पटक पढिएको
  • कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्यः सभामुख अर्याल

    काठमाडौं—  सभामुख डोलप्रसाद (डीपी) अर्यालले कानुन निर्माण प्रक्रियामा सरोकारवालाको सहभागिता अपरिहार्य रहेको बताएका छन् ।टिकापुरमा शनिबारदेखि सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन बनेपछि मात्र प्रभावित पक्षले जानकारी पाउने अभ्यास परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । कृषक, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग पूर्व परामर्श गरेर मात्र प्रभावकारी कानुन निर्माण सम्भव हुने उनको भनाइ थियो ।सभामुख अर्यालले ई–पार्लियामेन्ट तथा प्रविधिमैत्री संसदीय अभ्यासको विषयमा चर्चा गर्दै नयाँ पुस्ताको अपेक्षा र प्रविधिक

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 433 पटक पढिएको
  • बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

    काठमाडौं— बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् ।राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।राजा चाल्र्सले यो कदमले 'बेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्य वान सम्बन्धु लाई झल्काएको बताएका थिए । उनले भने, ‘आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु ।’राजा चाल्र्सले अब यस इकाई मार्फत गोर्खा सैनिकहरूले ‘बेलायती से

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 454 पटक पढिएको
  • रास्वपा सुनसरी सभापतिमा दाहाल

    इनरुवा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित हुनुभएको छ ।उहाँले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गनुभएको थियो ।उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गर्नुभयो । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन हुनुभएको छ ।यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित हुनुभएको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 270 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.