समाचार

    Showing 23,491-23,500 of 26,772 items.
  • एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

    सुर्खेत / सुर्खेतमा नेपाली एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । सिम्ता गाउँपालिका–६ बादेपिपलमा बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।झडपमा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरजसिंह ठकुरी घाइते भएका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयका सुर्खेतले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 76 पटक पढिएको
  • प्रधानसेनापति शर्मा निरीक्षण गर्दै

    बिर्तामोड / प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोस्टको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा रहेको सुरक्षा पोस्टको आज (शुक्रबार) निरीक्षण गरेका हुन् ।प्रधानसेनापति शर्माले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका छन् । व्यास नगरपालिका–५ चापाघाट स्थित कालीभञ्जन गण (इ) ले स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा शर्माले सो इलाकाको वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी लिएका थिए ।सो क्रममा उनले सरकारबाट नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले स

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 60 पटक पढिएको
  • धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    धनकुटा / धनकुटाको साँघुरीगढी गाउँपालिका- ३ स्थित सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ वर्षीय इन्द्र बहादुर याखा रहेको प्रहरीले जनाएको छ । बिहीवार राती पौने १२ बजे साँघुरीगढी- ३ कुशेटारबाट घर फर्कदै गरेका याखाले चलाएको को २८ प ७४७१ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा  दुर्घटना भएको थियो । याखाको घटना स्थलमा नै मृत्यु भएको र  इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 65 पटक पढिएको
  • आफ्नै छोराद्वारा बुबाआमाको हत्या

    ताप्लेजुङ / ताप्लेजुङमा छोराले आफ्नै आमा र बुबाको हत्या गरेका छन् । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बूले आफ्ना ७० वर्षका बुबा वृख बहादुर र ७२ वर्षकी आमा फिपरानीको हत्या गरेका हुन् ।आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईले बताएका छन् ।घटनाअघि पनि पारिवारिक विवाद भएका कारण प्रहरीले मिलापत्र गरेको समेत स्थानीयले जनाएका छन् । मिलापत्रपछि आइतराज भेडीगोठमा बस्दै आएको समेत स्थानीयले जनाएका छन् ।हत्या आरोपित आइतराजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको  

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 76 पटक पढिएको
  • मध्यरातमा पाल्पामा आगलागी हुँदा वृद्धको मृत्यु

    पाल्पा / मध्यरातमा पाल्पामा आगलागी हुँदा वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।सोमै घरमा एक्लै बस्दै आएका थिए । उनको घरमा गएराति करिब एक बजेतिर आगो लागेको थियो । आगोले घर पूरै जलेर नष्ट भएको छ ।आगलागीको कारण खुलेको छैन । क्षतिको पूरा विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 56 पटक पढिएको
  • मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा चालकको मृत्यु

    बिर्तामोड / झापाको कनकाई नगरपालिका -३ नयाँ बस्ती स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका- ७ का ५६ वर्षीय बुद्धकान्त सुवेदी  रहेको प्रहरीले जनाएको छ ।बिहीबार राति १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई  सडकको छेउमा रोकी राखिएको ना ६ ख ९०७९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको थियो । घाईते भएका सुबेदीको  उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिए पनि अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक चालक सुन्दरहरैचा- ६ का ३

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 81 पटक पढिएको
  • आज देशभरका सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने : निर्वाचन आयोग

    काठमाडौँ / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज देशभरका सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।आयोगले निर्वाचनका लागि ( जनशक्ति व्यवस्थापन ) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 54 पटक पढिएको
  • बर्दियामा मोटरसाइकल दुर्घटनामा परि मेयरका उम्मेदवार श्रेष्ठ घाइते

    बर्दिया / बर्दियामा मोटरसाइकलको ठक्करमा परि नगरपालिका मेयरका उम्मेदवार घाइते भएका  छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते भएका हुन् ।श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका -७ को सुन्दरबस्ती जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको मोटसाइकलले ठक्कर दिएको थियो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिएका छन् ।खुट्टामा चोट लागेको घाइते भएका श्रेष्ठलाई स्थानीय क्लिनिकमा

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 70 पटक पढिएको
  • आयुक्तको गाडीमा एसपीको गाडी ठोक्किएपछि ...

    काठमाडौं / निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका (एसपी) फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र शाहीले निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई गालीगलौज गर्नुका साथै अभद्र व्यवहार गरेको भन्दै आयोगले पत्राचार गरेको हो ।बुधबार अपरान्ह आयुक्तको गाडीमा एसपीको गाडी ठोक्किएपछि एसपी शाहीले आयुक्तलाई गालीगलोज गर्दै अभद्र व्यवहार गरेको स्रोतले जनाएको छ । उक्त घटना पश्चात तत्काल आयोगको बैठकले एसपीलाई फिर्ता पठाउने भनी गृह मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको बताइएको छ । 

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 59 पटक पढिएको
  • धनुषाबाट पाँच किलो गाँजासहित युवक पक्राउ

    धनुषा / प्रहरीले धनुषबाट प्रतिबन्धित लागूऔषध गाँजासहित धनुषा एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मिथिला नगरपालिका- ६ ढल्केबरका ३१ वर्षीय किसुनदेव यादव रहेको प्रहरीले जनाएको छ । यादवलाई सबैला नगरपालिका- १२ रघुनाथपुरबाट पाँच किलो लागूऔषध गाँजासहित पक्राउ  गरेको हो । बरमझियाबाट प्र २–०३–०१९प १९४२ नम्बरको मोटरसाइकलमा डुमरियातर्फ जाने क्रममा जाँच गर्दा लागूऔषध गाँजा बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 56 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.