काठमाडौं— हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरु तथा कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी
देशबन्धु बिश्वामित्र: विश्व वातावरण दिवसको संस्थागत स्थापना अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो, जसले वातावरण संरक्षणलाई औपचारिक रूपमा विश्व राजनीतिक तथा कूटनीतिक बहसको केन्द्रमा स्थापित गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७२ डिसेम्बर १५ मा प्रस्ताव नं. २९९४ पारित गर्दै यसको स्थापना गरेको थियो। यस विश्वव्यापी अभियानको उद्देश्य वातावरणीय सचेतना अभिवृद्धि गर्नु, राजनीतिक प्रतिबद्धता सुदृढ गर्नु तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि संरचनात्मक परिवर्तनलाई प्रोत्साहन गर्नु थियो। सन् १९७३ जुन ५ मा “ओनली वन ईर्थ ” (हाम्रो एउटै पृथ्वी) भन्ने मूल नारासह
देवेन्द्र किशोर: नेपालको राजनीतिक इतिहास परिवर्तन, संक्रमण र पुनर्संरचनाका अनेक अध्यायहरूले भरिएको छ। प्रत्येक राजनीतिक चक्रमा जनताले वैकल्पिक नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको खोजी गरेका छन्। पछिल्लो समय परम्परागत राजनीतिक दलहरूप्रति बढ्दो असन्तुष्टि, सुशासनको अभाव, भ्रष्टाचारका श्रृंखलाबद्ध घटनाक्रम तथा राष्ट्रिय स्वाभिमानसम्बन्धी बहसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरणको वातावरण सिर्जना गरिरहेको छ। यही परिवेशमा डा. धवल शम्शेर राणा र दुर्गा प्रसाईँबीच सम्पन्न ११ बुँदे सहमतिले नयाँ राजनीतिक शक्ति निर्माणको सम्भावनालाई औपचारिक आकार दिएको छ।यो सहमति केवल दुई व्यक्तित्वबीचको राजनीतिक सहकार्
देवेन्द्र किशोर: लिपुलेख, कालापानी र लिम्पियाधुरा क्षेत्रको विवाद नेपाल-भारत सम्बन्धको सबैभन्दा संवेदनशील धागो हो। यो धागोको जरो १८१६ को सुगौली सन्धिमा गाँसिएको छ। २१० वर्षपछि पनि त्यही गाँठो नखुलेकै कारण यो मुद्दा बारम्बार तातिन्छ। हालै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा यो विषय उठाएर र "बेलायतको संलग्नता" को कुरा गरेर, भारत-चीनबीच लिपुलेकबाट कैलाश मानसरोवर यात्रा तथा व्यापार पुनःसुरु हुने घोषणापछि विवादले नयाँ आयाम पाएको छ। लिपुलेख विवादको पृष्ठभूमि, वर्तमान अवस्था र यसले दक्षिण एसियाली राजनीतिमा नेपाललाई केन्द्रमा राख्ने सम्भावनालाई नेपाल पक्षलाई केन्द्रमा राखेर
काठमाण्डौ । खैरो हेरोइन कारोबारमा संलग्न दोलखाका एक सहित १० जना काठमाडौँमा पक्राउ परेका छन् ।उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–७ का २१ वर्षीय सागर शिवाकोटी, काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय आयुष श्रेष्ठ , ४० वर्षीय सनि श्रेष्ठ र ३५ वर्षीया किभा श्रेष्ठ, वडा नम्वर १९ का ३७ वर्षीय सुरेश शाही खड्गी तथा भक्तपुरको नयाँ ठिमी नगरपालिका–२ का ३५ वर्षीय भगवान् थापामगर लगाएत रहेका छन् ।उनीहरुलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उन
काठमाडौं । टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा प'क्राउ परेका छन्। प्रहरीका अनुसार शुक्रबार बेलुका बालाजुस्थित आफ्नै कोठामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा थापालाई नियन्त्रणमा लिइएको हो।घटनापछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको छ।घटनापछि थापा आफैं बालाजु प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका थिए। उनलाई अहिले प्रहरी वृत्त बालाजुमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।स्रोतका अनुसार थापा दम्पतीबीच लामो समयदेखि पारिवारिक वि'वाद थियो र सम्बन्ध विच्छेदको मुद्दा समेत
हुम्ला। गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर आगलागीबाट नष्ट भएको छ । सात कोठे भवन आगलागी हुँदा सुन तीन तोला, चाँदी १०० तोला नगद दुई लाख गरी जम्मा रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।
भोजपुर। हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ घर परिवारलाई नयाँ आवास उपलब्ध गराइएको छ । जनता आवास कार्यक्रममार्फत वडा कार्यालले उनीहरुलाई सुरक्षित आवास उपलब्ध गराएको हो । वडाध्यक्ष विचारी थापाले राज्य तहबाट प्राप्त बजेटमार्फत प्रतिपरिवार रु तीन लाख ३६ हजारको लागतमा घर निर्माण गरिएको बताउनुभयो । नयाँ घर पाएपछि लाभग्राही परिवारहरूमा खुसी छाएको छ । उहाँका अनुसार लामो समयदेखि जीर्ण तथा असुरक्षित घरमा बस्दै आएका दलित परिवारलाई प्राथमिकतामा राखेर घर निर्माण गरिएको थियो । “आवासविहीन र जोखिमपूर्ण अवस्थामा रहेका परिवारलाई सुरक्षित बसोबास उपलब्ध गराउनु हाम्रो प
एजेन्सी— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कानुनी प्रतिनिधिहरूले बीबीसीविरुद्ध दायर गरिएको १० अर्ब अमेरिकी डलरको मानहानि मुद्दामा प्रमाण संकलन (डिस्कभरी) प्रक्रिया अस्थायी रूपमा स्थगित गर्न अदालतसँग आग्रह गरेका छन्।ट्रम्प पक्षले उक्त मुद्दासँग सम्बन्धित केही विषयमा न्यायाधीश परिवर्तनको माग गर्दै निवेदन दर्ता गरेको र त्यसबारे निर्णय नआउँदासम्म प्रमाण संकलन प्रक्रिया अघि नबढाउन अनुरोध गरेको हो।ट्रम्पले बीबीसीले सन् २०२१ जनवरी ६ मा दिएको आफ्नो भाषणलाई सम्पादन गरी भ्रामक रूपमा प्रस्तुत गरेको आरोप लगाएका छन्। उनका अनुसार प्रसारण सामग्रीले आफूले समर्थकहरूलाई अमेरिकी संसद भवन (क्यापिटल) मा आक्रमण गर
सर्लाही— उखु बिक्रीबापत उद्योगहरूबाट पाउनुपर्ने बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गर्दै सर्लाहीका किसानहरूले शुक्रबार प्रदर्शन गरेका छन्। किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा सदरमुकाम मलंगवामा विरोध कार्यक्रम आयोजना गरिएको हो।प्रदर्शनपछि सहभागीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाएका छन्। प्रदर्शनको नेतृत्व सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा प्रत्याशी अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गरेका थिए।प्रदर्शनकारीहरूले उ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.