समाचार

    Showing 23,771-23,780 of 25,279 items.
  • भरुवा बन्दुकसहित दुई पक्राउ

    डोटी  / खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका –१ का ५९ वर्षीय दिलबहादुर जेठारा र ३५ वर्षीय वीरेन्द्रबहादुर कार्की रहेका छन् ।पक्राउ परेकाहरुका साथबाट नेपाली सेनाले एक थान भरुवा बन्दुक, बन्दुकमा लाग्ने पाँच थान गोली, बारुद दुई डिब्बा तथा बन्दुकको केप एक डिब्बा बरामद गरेको सिंहसारदुल गुल्म खप्तडले जनाएको छ । गुल्मका अनुसार उनीहरुलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिए

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 100 पटक पढिएको
  • लागूऔषध सहित बिराटनगरबाट एक जना पक्राउ

    मोरङ /  मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट प्रहरीले एक जनलाई लागूऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन्  । बुधवार बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 104 पटक पढिएको
  • राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

    काठमाडौँ / राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ ।  राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 69 पटक पढिएको
  • जिपको ठक्करबाट उदयपुरमा एकको मृत्यु

    उदयपुर / उदयपुर बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो ।बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी

    • प्रकाशित मितिः असोज ७, २०७८
    • 79 पटक पढिएको
  • घरबेटी प्रधान धरौटीमा रिहा

    काठमाडौँ / जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिएका छन् । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फर्किएकी हुन् ।सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 137 पटक पढिएको
  • रोल्पामा भीरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु

    रोल्पा / रोल्पामा भीरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिकाका –९ निवासी २७ वर्षीया सङ्गीता पुन र उनकी दुई वर्षीया छोरी कृतिका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर फर्कने क्रममा ढुङ्गाले लागेको थियो । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शव परीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 79 पटक पढिएको
  • सानोमाइ खोलामा मृत फेला परेकी महिलाको हत्यामा संलग्न चार पक्राउ

    भद्रपुर / जिल्ला प्रहरी कार्यालय झापाले गत भदौ २४ गते अर्धनग्न अवस्थामा सानोमाइ खोलामा मृत भेटिएकी महिलाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मृतकका भान्जा भारत सिंघीमारी ग्राम पञ्चायत बस्ने २३ वर्षिय ऐतवार सोरेन, झापा गाउपालिका –१ बस्ने ३७ वर्षीय लखन टुडु सतार, सोही ठाउँका २७ वर्षीय हेमर सतार र ५६ वर्षीय सिरी साईला भन्ने सोमाइ हेमरम सतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले बुधबार आयोजित पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा घट्नामा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरि सार्वजानिक गरेको हो ।फरार प्रतिवादी मध्यका हेमरमको खोजी कार्य भईरहेको जिल्ला प्

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 209 पटक पढिएको
  • डा. भक्तमान श्रेष्ठलाइ अपहरण गर्ने फरार अभियुक्त पण्डित पक्राउ

    बिर्तामोड / डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र पण्डित रहेका छन् । नुवाकोट स्थायी घर भएका पण्डितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घरमै पुगेर मंगलबार पक्राउ गरेको हो।लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पाएपछि प्रहरीले पण्डितलाई खोजी गरेको थियो। सोही क्रममा नुवाकोटस्थित घरमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका सीआईबीका डीआईजी धीरजप्रताप सिंहले बताए।सोही अभियोगमा नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र का

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 91 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

    विराटनगर / सुनसरीको इटहरीमा ट्याक्टरको ठक्करबाट स्कुटी चालक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी –२ बस्ने ४० वर्षीया निरा प्रधान रहेकी छिन् । उनको आज बिहान १० बजे ईटहरी–बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक प्रधान गम्भीर घाईते भएकी थिइन् । घाइते प्रधानको उपचारको क्रममा धरानस्थित धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी –७ का ३० वर्षीया  कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 86 पटक पढिएको
  • ढलमा खसेर कपनमा बालक बेपत्ता

    काठमाडौँ / काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिएका छन् । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । 

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.