काठमाडौं— आकर्षक तलबसहित विदेश पठाइदिने आश्वासन दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा खोटाङ घर भई ललितपुर महानगरपालिका–९ बस्दै आएका १८ वर्षीय किशोर, काभ्रेको पनौती नगरपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३५ वर्षीय अस्कर हुमागाई, मोरङ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ४५ वर्षीय पबित्रजंग बुढाथोकी तथा दोलखा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४१ वर्षीया बेलु माया तामाङ रहेका छन्।प्रहरीका अनुसार अस्कर हुमागाई र किशोरले जापान पठाइदिने भन्दै २५ जनाबाट ४० लाख ३० हजार रुपैयाँ असुलेका थिए। यस्तै पबित्रजंग बुढाथोकीले माल्टा पठाइदिने
काठमाडौं— विश्वव्यापी राइड–सेयरिङ प्लेटफर्म उबरले नेपालमा आफ्नो औपचारिक सेवा सुरु गरेको छ । कम्पनीले शुक्रबार नेपालमा सेवा शुभारम्भ गरेको घोषणा गर्दै दक्षिण एशियामा एक दशकपछि नयाँ बजारमा विस्तार गरेको जनाएको हो । उबरका अनुसार नेपाल एशिया–प्रशान्त (एपीएसी) क्षेत्रको ११औँ बजार बनेको छ । कम्पनीले काठमाडौंमा चारपाङ्ग्रे सवारीतर्फ ‘उबर गो’ र ‘उबर कम्फर्ट’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘उबर बाइक’ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।उबरका एशिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र सशक्त पर्यटन क्षेत्र भएको सम्भावनायुक्त बजारका रूपमा चित्रण
काठमाडौं । अभिनेता राजेश हमालले सीमा विवादबारे धारणा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय नेतृत्वको परिपक्वता र निर्णय क्षमतामाथि समेत प्रश्न उठाएका छन्। उनले आजको जटिल र अनिश्चित विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि हुनुपर्ने उल्लेख गरेका छन्। हमालले आफ्नो फेशबुक स्टाटसमा लेखेका छन्, “आजको ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।” हमालले सीमा विवादको कानुनी र
रामेछाप— वर्षौंदेखि उपचार र पुनस्र्थापना सेवाको पहुँचबाट टाढा रहेका अपाङ्गता भएका व्यक्तिहरूका लागि उमाकुण्ड गाउँपालिकामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविर आशाको किरण बनेको छ ।आर्थिक अभाव, दुर्गम भौगोलिक अवस्था तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच नहुँदा घरमै सीमित जीवन बिताउन बाध्य नागरिकहरूले आफ्नै गाउँमा स्वास्थ्य परीक्षण, परामर्श तथा पुनस्र्थापना सेवा पाएपछि राहत महसुस गरेका छन् ।उमाकुण्ड गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, विकलाङ्ग मित्र समूह तथा बनेपास्थित अपाङ्गता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको संयुक्त आयोजनामा सञ्चालित शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य तथ
काठमाडौं— बजेटअघि नै करको दरसम्बन्धी सूचना चुहिएर विद्युतीय सवारीसाधन (इभी) आयात गरिएको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका ७७४ वटा इभीबारे सत्यतथ्य छानबिन गर्न गठित सरकारी टोली फिल्डमा खटिएको छ । यो प्रकरणको गम्भीरतालाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले उपसचिव भूपालराज शाक्यको नेतृत्वमा बिहीबार उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार समितिका प्रतिनिधिहरू पोखरा र जोमसोम हुँदै घटनास्थलतर्फ गएका छन् । बुधबार राति कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा जाँच अभियान सञ्चालन गरी सशस्त्र प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।स
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूलाई स्पष्ट कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा जुट्न सुझाव दिएका छन् ।प्राधिकरणमा आयोजित छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समेटिएका आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै कार्यान्वयनका क्रममा देखिने नीतिगत तथा प्रशासनिक अवरोध समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताए । उनले कार्यान्वयनको नेतृत्व भने प्राधिकरणकै व्यवस्थापनले लिनुपर्ने धारणा राखे । सरका
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२८५ मा कारोबार भएको थियो ।
काठमाडौं— सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा बसेर लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी सुरु गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै बिदा अवधि सकिएपछि कार्यालयमा हाजिर नभएका, कार्यालयको सम्पर्कमा नरहेका तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नगरेका कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको हो।मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्नेछ।यस्तै, सबै मन्त्र
काठमाडौं— एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो ।यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ ।निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर
काठमाडौं— नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको निगरानी तथा गस्ती अभियानका क्रममा लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटी क्षेत्रबाट चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ निवासी विशाल भण्डारी पक्राउ परेका छन्।यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट एक किशोरलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट दुई जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट एक जना तथा इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट खैरो हेरोइन र ४७ हजार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.