पर्सा / पर्साको पटेवासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जङ्गलमा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । अवैध रुपमा रुख कटान गर्ने तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीले हवाई फायर गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।डीएसपी खनालका अनुसार चार वटा मोटरसाइकलमा सवार आठ जना तस्करको समूहले प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरिएको हाे । सोमबार बिहान चार बजे तस्कर समूहलाई नियन्त्रणमा लिन हवाई फायर गरे पनि उनीहरु भने भाग्न सफल भएका छन् । प्रहरीले बीआर२२एफ ४१
स्याङ्जा / विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पिजी रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी जागिर लगाइदिन्छु भन्दै रकम उठाउने पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काममा नलगाई ठगी गरेको भन्ने जाहेरीका आधारमा प्रहरीले पौडेलाई भदौ २५ गते पक्राउ गरेको थियो । उनलाई ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिर्तामोड / झापाको भद्रपुरबाट ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका –८ बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन् । उनलाई आइतबार दिउँसो तीन बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १५ ग्राम सात सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।
काठमाडौँ / काठमाडौँबाट नेपाल प्रहरीले दुई किलो २२४ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुन रहेका छन् ।शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले पुनलाई काठमाडौँ महानगरपालिका –२६ ठमेल र अन्य दुईलाई मित्रनगर, नयाँ बसपार्कबाट पक्राउ गरेको हो । ठमेलमा अफिम बोकेर कारोबार गर्न हिँडिरहेको अवस्थामा पुनलाई पक्राउ गरेर सोधपुछ गर्दा अन्य दुईजनासँग पनि अफिम रहेको खुलेपछि तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको जानकारी महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, रमेशकुमा
ओखलढुङ्गा / ओखलढुङ्गामा टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठ रहेका छन् ।आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा बा११च ५२१० नम्बरको टाटा सुमो दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । घाइते हुनेमा दुई महिला, चार नाबालक र चालकसहितका अन्य पुरुष छन् । दुर्घटनाका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ ।सिद्ध
बिर्तामोड / गाडी भाडामा लिएर लुट्ने दुई जनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा –५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नविब आलम रहेका छन् । उनीहरूले ५ बजे बा२ ज ३९४० नम्बरको सुजूकी अल्टो गाडी काठमाडौँबाट घर पुर्याइ दिन भनी भाडामा लिएका थिए । आइतबार बिहान ५ बजे सर्लाहीको बाँके जङ्गलमा चालकलाई रडले टाउकोमा प्रहार गरी बेहोस बनाइ गडी लिएर भागेका थिए । उनीहरु गाडी लिएर भाग्ने क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका हरिहरिपुरमा अनियन्त्रित भई गाडी दुर्घटना भएपछि ई–रिक्सा चढेर भागेका थिए ।गाडी लुटेर भागेको सूचना पाएलगतै जिल्ला प्रहरी कार्यालय धन
काठमाण्डौ / नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नक्कली नोटका विषयमा चलाएको अप्रेसनका क्रममा चर्चित कलाकार युवाराज लामा विवादमा तानिएका छन् ।सीआईबीकाे टोलीले कलाकार लामाको बाराको निजगढमा रहेको होटल छापा मारी नक्कली नोटको कारोबारमा संलग्न गिरोहका चार जनालाई पक्राउ गरेपछि लामा विवादमा तानिएका हुन् । लामाको होटल ‘तारा इन’बाट गिरोहका ४ जनालाई सिआईबीले शनिवार पक्राउ गरेको छ ।सिआईबीको टोलीले रौतहटको चन्द्रनिगाहापुरबाट नक्कली नेपाली नोटको कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको साथबाट सिआईबीले सक्कली र नक्कली मिसिएको ९३ लाख रुपैयाँ समेत बरामद गरेको छ ।नक्कली नो
बिर्तामाेड / झापामा कोरोना संक्रमित एक वृद्ध झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान साढे चार बजे शिवसताक्षी नगरपालिका –९ का ६३ वर्षीय गोविन्द खनाल घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । वृद्धलाई घरको निदालमा कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए ।
बागलुङ / रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोला वासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई रु सात लाख नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापान मार्फत सङ्कलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो ।राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् । एउटा परिवारलाई न्यूनतम रु पाँच हजारदेखि बढीमा रु एक लाख २० हजारसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्त रूपमा राहत रकम प्रदान गरेका थिए
सुनसरी / सुनसरीका फरक फरक स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी–१७ मा पिकअपको ठक्करबाट शनिबार एक जना पैदलयात्रीको मृत्यु भएको हो ।उत्तरबाट दक्षिण तर्फ आँउदै गरेको को २ च १३३९ नम्बरको टाटा पिकअपले भोजपुर घर भएका दिलबहादुर राई लाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी सुनसरीको दुहबी ८ सोनापुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको हो । खनारबाट दुहबी तर्फ आँउदै गरेको ना ५५ प ९९७९ नम्बरको मोटरसाइकललाई को १ क ३३९५ नं को ट्रकले ठक्क
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.