सर्लाही— सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उनले बताए । प्रहरी कार्यालय पुगेपछि
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गरेका हुन् । उनले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको
काठमाडौं— विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो।दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै छन्।हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा विश्वव्यापी जागरण फैलाउने उद्देश्य राखेको छ।
काठमाडौँ। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तर
मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् निजको
चितवन। यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।”हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ । भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गान
धरान (सुनसरी)। धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा निर्माणाधीन ज्येष्ठ नागरिक उद्यान नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, ग्रामीण परिवेश झल्काउने संरचना, सांस्कृतिक सामग्री तथा प्राकृतिक सौन्दर्यका कारण उद्यानले दैनिक आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ ।ज्येष्ठ नागरिकलाई लक्षित गरी निर्माण भइरहेको यस उद्यानमा अपाङ्गतामैत्री संरचनासहित आरामदायी, सुरक्षित र सहज वातावरणको व्यवस्था गरिएको छ । उद्यान आसपासमा श्रम संस्कृति उद्यानसहित दर्जनौँ उद्यान निर्माण भइसकेका छन्, जहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । यसल
देवेन्द्र किशोर: नेपालले विगत सात दशकमा राजनीतिक परिवर्तनका अनेक चरण पार गरेको छ। राणा शासनको अन्त्यदेखि लोकतान्त्रिक आन्दोलन, जनयुद्ध, जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा राज्य संरचनामा व्यापक परिवर्तन भएका छन्। तर राजनीतिक संरचनामा भएका परिवर्तनले समाजभित्र गहिरिएर रहेका जातीय विभेद, छुवाछुत तथा बालबालिकामाथि हुने हिंसा र भेदभावलाई अपेक्षित रूपमा अन्त्य गर्न सकेका छैनन्। संविधानले समानता, स्वतन्त्रता र सामाजिक न्यायको प्रत्याभूति गरे पनि सामाजिक व्यवहारमा अझै पनि असमानता, बहिष्करण र विभेदका अनेक रूपहरू विद्यमान छन्।जातीय छुवाछुत र बालअत्याचार नेपाली समाजका दुई पृथक्
देशबन्धु बिश्वामित्र: नेपाली राजनीति अहिले एउटा अँध्यारो सुरुङभित्रको चक्रब्यूहमा फसेको छ। सुरुङको एक छेउमा "राष्ट्रवाद" लेखिएको ठूलो बत्ती बलिरहेको छ। अर्को छेउमा "सीमा समस्या" लेखिएको ढोका बन्द छ। त्यो ढोकाको चाबी कससँग छ भन्नेमा बहस चलिरहेछ, तर ढोका खोल्ने काम कसैले गरेको छैन।बालेन शाहले संसदमा दिएको अभिव्यक्तिले यो सुरुङको अँध्यारो एकपटक फेरि चिरेको छ। उनले दशगजा र नो-म्यान्स ल्याण्डको प्रसङ्ग जोडेर भने - "अतिक्रमण एकतर्फी छैन।" यो भनाइ प्राविधिक रूपमा सीमा व्यवस्थापनको कुरा हो। तर राजनीतिक रूपमा त्यसले ३ वटा पुराना घाउ कोट्यायो।*१. तथ्य के भन्छ? व्याख्या के गर्छ? निष्कर्ष के माग्छ?*पहिले
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ७ जना डीआईजीको सरुवा एवं नयाँ ७ जनाको पदस्थापन गरिएको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयका अनुसार आज उनीहरूको सरुवा तथा पदस्थापन गरिएको हो।पदस्थापन हुनेहरुमा गत वैशाख १२ गते बढुवा सिफारिस भएका दिग्विजय सुवेदी, किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्की रहेका छन्। उनीहरू बाहेक अन्यको भने सरुवा गरिएको हो। पदस्थापन हुने नयाँ डीआईजीहरुले वैशाख २२ गतेको निर्णयअनुसार वैशाख २८ गते दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए।सूची
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.