काठमाण्डौ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक/दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान ह
काठमाडौं— संसदमा जारी रहेको रास्वपाको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुखले प्रमुख पाँच दलका सचेतकहरूसँग मंगलबार बानेश्वरमा छलफल गरेका छन्।सभामुखको आह्वानमा बसेको उक्त छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी थिए।छलफलमा सभामुखले संसद अवरुद्ध हुनु राज्य प्रणालीका लागि गम्भीर विषय भएको भन्दै अविलम्ब समाधान खोज्न सबै पक्षसँग आग्रह गरेका छन
काठमाडौं— सुनचाँदी व्यवसायीले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन् । सुन तथा सुनका गहनामा सरकारले पटक पटक लगाएको २ प्रतिशत विलासिता कर र हित तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतित भ्याटको विरुद्धमा सुनचाँदी आन्दोलित बनेका हुन् । सुनचाँदी व्यवसायी संघ र महासंघहरुहरुले संगठित रुपमा आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिएका हुन् । सरकारले बजेटमार्फत सुन, चाँदी, हिरा, र अन्य बहुमूल्य पत्थरहरूलाई विलासी वस्तुमा राखेर मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य शुल्कहरू लगाउने प्रस्ताव गरेको निर्णयको विरोधमा व्यवसायीहरू विगत केही दिनदेखि सडक केन्द्रित आन्दोलनमा थिए ।आन्दोलनकै सिलसिलामा मंगलबार
काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्न समय दिइएको थियो । उनले भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको आरोप लगाइन् । कार्कीले २०६४ सालदेखि चल्दै आएको यो विकृति तत्काल रोक्न उच्चस्तरीय छानबिन समिति गठनको माग गरिन् ।उनको सम्बोधनपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । घिमिरेले भनाइ राखिसकेपछि सभामुख घिमिरेले बैठक आजै आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरेका छन् ।
काठमाडौं— सवारी चालक अनुमति पत्र कार्यालय, पर्साका अधिकृत कमलराज गौतमविरुद्ध २ करोड ५२ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।गौतमले २०५५ सालदेखि २०७९ सालसम्म सार्वजनिक पदमा रहँदा आम्दानीभन्दा धेरै खर्च गरी अवैध सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ। आयोगका अनुसार गौतमले वैध रूपमा करिब २ करोड ८९ लाख रुपैयाँ आम्दानी गरे पनि उनले आफन्तको नाममा घर, जग्गा, गाडी, सुन लगायतमा ५ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए।आयोगले स्रोत नखुलेको २ करोड ५१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति मानी मुद्दा दायर गरेको हो। साथै, सम्पत
धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा समस्या अहिलेको मात्र नभई २०६४ सालदेखि चल्दै आएको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले छानबिनसहित नीतिगत सुधार गर्नुपर्ने बताए।प्रचण्डले आवश्यक परे संविधान संशोधन र नयाँ ऐन बनाउने विकल्प खुला रहेको उल्लेख गर्दै,'मैले छाडेर यो मुद्दा जनताले छाड्दैनन्' उनले भने।उनले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका खेल्न बाध्य भएको बताए। संसद् अवरोध खुलाउन ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा सहमति भएको पनि स्पष्ट पारे।
म्याग्दी— म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। “कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पु(याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सर
विर्तामोड— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताएका छन् । सोमबार नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई भदौमा महाधिवेशन हुने बताए।लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गरे।लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जा
काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.