काठमाडौं— काठमाडौंको बानेश्वरस्थित निजामती कर्मचारी (सिभिर्ल) अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले पदबाट राजीनामा दिएका छन्।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मीले मुख्य सचिवसमक्ष राजीनामा बुझाएका हुन्। उनी २०८१ फागुन २८ गते अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

उनको राजीनामापछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रवि प्रकाश शर्मालाई प्रदान गरेको छ।