समाचार

    Showing 3,031-3,040 of 17,208 items.
  • अँधेरी खोलाले बगाएको पुल नबन्दा सर्वसाधारण जोखिममा

    रामेछाप  – दोरम्बा शैलुङ गाउँपालिका–२ को अँधेरी खोलले बगाएको पक्की पुल नबन्दा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको छ । जिल्ला सदरमुकाम मन्थली र काठमाडौंबाट दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्रसम्म पुग्ने ढोइगाउँस्थित अँधेरी खोलाको पुल गत भदौ महिनामा आएको बाढी पहिरोले बगाएको थियो । पुल बगाएको एक वर्षमा पनि पुल निर्माणको काम सुरु नभएको मात्र होइन अन्य कुनै वैकल्पिक व्यवस्था समेत नहुँदा स्थानीयलाई आवागमनमा समस्या भएको छ । स्थानीय थिरबहादुर थापा मगरका अनुसार दोरम्बा शैलुङ गाउँपालिका १, २ तथा सदरमुकाम मन्थलीबाट गाउँपालिकाको केन्द्र आउजाउ गर्ने मुख्य सडकमा रहेको सो पुल बगाएको ठाउँम

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 346 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्दैँ

    काठमाडौं –  आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।मङ्गलबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक पत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२०’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । साथै, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 264 पटक पढिएको
  • बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला संग्रौला

    काठमाडौं –  नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले बहुविवाहलाई कानुनी मान्यता दिन नहुने बताएकी छन् ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकारको प्रस्ताव प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनका अनुसार बहुविबाह फौजदारी अपराधका रुपमा रहेकाले यसलाई संशोधन गर्ने कुरा अस्वीकार्य छ ।‘बहुविवाह फौजदारी अपराध हो ।  बहुविवाह सम्बन्धी कानुन संशोधन प्रस्ताव नेपालको सामाजिक, सांस्कृतिक र नैतिक आधार विपरीत छ । मुलुकका सामु थुप्रै महत्वपूर्ण विषयवस्तुहरु हुँदाहुँदै अहिले आएर ‘बेसमयको बाँसुरी’ किन बजाउन खोजियो, स्पष्ट छैन,’ विज

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 585 पटक पढिएको
  • मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ आज बागमतीको मुख्यमन्त्री बन्दै

    मकवानपुर –  बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नि

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 393 पटक पढिएको
  • राप्ती र बबई नदीको जलस्तर खतराभन्दा माथि

    काठमाडौं  – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले राप्ती र बबईमा जलस्तर खतराभन्दा माथि बढेको बताएका छन् । खतरा बढेपछि उनले सूचना जारी गरेको समेत बताए । मंगलबार भएको प्राधिकरणको आकस्मिक बैठकपश्चात उनले राप्तीको जलस्तर बढ्नु भनेको त्यो क्षेत्रमा भएका साना खोलाहरु सबैमा खतरा हुनु भएको भन्दै त्यो क्षेत्रमा धेरै चहलपहल नगर्न आग्रह गरेका छन् । उनले भने, ‘राप्ती र बबई जुन जलस्तर खतराभन्दा माथि बढेको हुनाले सूचना जारी नै गरिसकेका छौं । त्यही क्षेत्रमा बादलहरु पनि रहेको हुनाले छिमेकी कर्णाली र महाकाली क्षेत्रमा पनि जलस्तर बढ्न सक्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 450 पटक पढिएको
  • सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

    काठमाण्डौ । सशस्त्र प्रहरी बलमा रिक्त रहेको ७७ पदमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन र व्यवसायिक क्षमतालाई समेत आधारमानी बढुवा सिफारिस गरिएको छ।रिक्त पदमा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षकमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा १ जना र सशस्त्र प्रहरी नायव उपरीक्षकमा ४८ जनालाई सोमबार बढुवा  सिफारिस गरिएको हो।जेष्ठता तथा व्यावसायिकक्षमता तथा कार्यसम्पादन मुल्यांकन  लगायतलाई प्राथमिकतामा राखी खाली रहेको रिक्त पदमा बढुवा गरिएको र  यसले संगठनको बृत्तिविकास र सुरक्षा फौजको मनोवलमा हौसला बृद्धि हुने विश्वास गरिएको शसस्त्र प्रहरीले जनाएकाे छ।सशस्त्र प

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 181 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । देशभर मनसुन थप सक्रिय बनेको छ । महाशाखाले विशेषगरी चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशभरि नै मौसम अधिकांश बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानहरूका साथै अन्य प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बागमती र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।राति पनि जारी रहनेछ, विशेषगरी बागमती, गण्

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 156 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ नौ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ प

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 225 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न, सरकारको आलोचना गर्दै २६ बुँदे निर्णय गर्यो

    काठमाण्डौ  । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले चार दिनसम्म बसेको स्थायी समिति बैठकबाट २६ बुँदे निर्णय गर्दै सरकारको कडा आलोचना गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन्।माओवादी केन्द्रले नेपाली कांग्रेस–एमाले नेतृत्वको सरकार जनअपेक्षा विपरीत काम गरिरहेको, सहकारी ठगीमा आफ्ना नेताहरूलाई जोगाउने, विद्युत आपूर्ति व्यवस्थित गर्न नसक्ने, शिक्षा विधेयकमा ढिलाइ गर्ने, विश्वविद्यालयमा हस्तक्षेप गर्ने, र दलालसँग मिलेको आरोप लगाएको छ।पार्टीले चाँडै केन्द्रीय समिति बैठक आयोजना गर्

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 281 पटक पढिएको
  • उच्च अदालत पाटनको आदेशमा दुर्गा प्रसाईंलाई रिहा गर्ने

    काठमाण्डौ । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो। नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो।सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो। त्यस्तै पीडित राहत कोषमा क

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,650 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा