समाचार

    Showing 3,051-3,060 of 17,208 items.
  • कक्षा १२ को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको अन्तिम तयारी

    भक्तपुर— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। प्राविधिक समस्या आएन भने बोर्डले सोमबार साँझ ७ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो। बोर्डका एक पदाधिकारीले प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा सार्वजनिक गरिने नेपालखबरलाई जानकारी दिए। ‘नजिता सार्वजनिक गर्न बोर्डमा अहिले छलफल भइरहेको छ’ उनले भने। कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 797 पटक पढिएको
  • पाकिस्तानमा अविरल वर्षासंगै आएको बाढीले बालबालिकासहित २९९ जनाको मृत्यु

    इस्लामाबाद— पाकिस्तानमा लगातारको भारी वर्षा र बाढीले हालसम्म २९९ जनाको मृतयु भएको छ । मृत्यु हुनेमा १४० बालबालिका रहेका छन्। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार यो आपतकालीन अवस्था जुन २६ बाट सुरु भएको हो । देशव्यापी रूपमा जनधनमा ठूलो क्षति पुर्‍याएको छ।एनडिएमएले दिएको विवरण अनुसार मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने ७१५ जना घाइते भएका छन्। घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष रहेका छन्।पाकिस्तानी पत्रिका डनका अनुसार बाढी र पहिरोका कारण १,६७६ घरहरू पूर्ण या आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४२८ वटा गाईवस्तुको मृत्यु भएको छ। प्रभावि

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 494 पटक पढिएको
  • भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं : शाह

    काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन् । उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले पहिला आफ्ना मन्त्रीहरुमा लागेको भ्रष्टाचार र बेथितिको धुलो घटाएपछि मात्रै  जनताका लागि न्यायको ऐना सफा देख्ने दावी गरे ।उनले बन तथा वातावरण मन्त्रीले हुँदै नभएको कार्यक्रममा श्रीमती र स्वकिय सचिवलाई सरकारी ढुकुटीबाट नर्बे सयर गराएको आरोप लगाए

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 477 पटक पढिएको
  • बैंकिङ अपराधमा सजाय पाएका दुई प्रतिवादी काठमाडौं उपत्यकाबाट पक्राउ

    काठमाडौं—  बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकामा ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बसोबास गर्ने ६० वर्षीय जनक राउत र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भई हाल भक्तपुर चुँनारायण नगरपालिका–७ कमलविनायक बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्।उच्च अदालत पाटनले २०७५ असार २४ गते जनक र गणेशलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ जरिवाना र १–१ महिनाको कैद सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भए पनि सर्वोच्च अदालतले २०८१ असार २४ गते उच्च अदालतको फैसला सदर गर्दै

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 502 पटक पढिएको
  • बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

    काठमाडौं –  नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक  र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्रालयले संसदलाई जानकारी गराउनुपर्ने धारणा राखिन् । उनले भनिन्,‘बहुविवाहलाई कानुनी मान्यता दिने भन्ने सन्देश बाहिर प्रवाह भएको छ । जुन हरेक व्यक्तिको चासोको विषय बनेको छ । म यस विषयमा कानुन मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । बहुविवाह नेपाली समाजमा सामाजिक मान्यता अनुरुप हेर्ने हो भ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 354 पटक पढिएको
  • कञ्चनपुरमा एक युवती मृत फेला, कुटपिटबाट मृत्यु भएको माइती पक्षको आरोप

    कञ्चनपुर—  कञ्चनपुरमा एक युवती मृत फेला परेकी छन्। आइतवार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलका सम्झना भट्ट मृत फेला परेकी हुन्। सम्झनालाई घरमा कुटपिट हुने गरेको र शरीरमा घाउ चोट समेत देखिएकाले उनका श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सोधपुछका लागि पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। पवनले छोरीलाई पटकपटक मानसिक तनाव र शारीरिक यातना समेत दिँदै आएको सम्झनाका बुवा भोजराज भट्टले बताए। सम्झनाको शङ्कास्पद मृत्यु भएकाले निष्पक्ष छानबिन गरी दोषीउपर कारबाहीको माग गरिएको छ 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 451 पटक पढिएको
  • मुख्यमन्त्री बहादुर सिंह लामाले बझाए राजीनामा

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन्। उनले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) अनुसार आफ्नो राजीनामा प्रदेश प्रमुखसमक्ष बुझाएका हुन्। लामाको राजीनामा साउन १८ गतेदेखि लागू हुने उल्लेख गरिएको छ।मुख्यमन्त्री लामाको राजीनामा पत्र उनका प्रमुख स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई बुझाएका हुन्। यसबारेमा प्रदेश प्रमुखको कार्यालयले औपचारिक जानकारी दिएको छ।मुख्यमन्त्री लामाले किन राजीनामा दिए भन्नेबारे भने औपचारिक विवरण सार्वजनिक गरिएको छैन। उनी गत वर्ष मात्रै मुख्यमन्त्री बनेका थिए।प्रद

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 446 पटक पढिएको
  • ८ दिनदेखि माइतीघरमा धर्ना: मिटर ब्याजको चपेटामा परेका सिराहाका दुई परिवारको न्यायको गुहार

    काठमाडौं— सिराहा जिल्लाका दुई परिवार राजधानीको माइतीघर मण्डलामा विगत ८ दिनदेखि धर्नामा बसेका छन्। ‘मिटर ब्याज’ को शोषणबाट पीडित बनेका यी परिवारहरू न्यायको खोजीमा बालबालिकासहित काठमाडौं आइपुगेका हुन्।लहान नगरपालिका–७ का श्याम काश्याम विश्वकर्मा र लहान–३ की सीता कुमारी मण्डलको परिवारले सामान्य आवश्यकताका लागि स्थानीय साहुसँग लिएको सानो ऋण अहिले डरलाग्दो बोझ बनेपछि सडकमा धर्ना दिन बाध्य भएका हुन्।श्याम विश्वकर्माका अनुसार उनले ५ लाख रुपैयाँ ऋण लिएका थिए। तर अहिलेसम्म २१ लाख रुपैयाँ तिर्दा पनि साहुले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै दबाब दिइरहेका छन्। उता, सीता मण्डलले ५ लाख लिएको ऋणमा ९ लाख फ

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 438 पटक पढिएको
  • पहिरोले पूर्ण रुपमा दाउन्नेको सडक अवरुद्ध

    नवलपुर – माथिबाट पहिरो खसेका कारण नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेको सडक अवरुद्ध भएको छ । विनयी त्रिवेण गाउँपालिका –२ स्थित विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।सोही सडक बिहानदेखि पानी परेर चिप्लो भएका कारण गाडी गुड्न नसक्दा एकतर्फी सञ्चालन भए पनि दिउँसोदेखि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको नेपालले बताउनुभयो । यो सडक खण्डमा पानी पर्दा चिप्लिएर गाडी गुड्न नसक्ने समस्या रहँदै आएको छ । बाटो पूर्ण रुपमा अवरुद्ध हुँदा गाडीको लामो जाम देखिएको छ । 

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 319 पटक पढिएको
  • प्रधानमन्त्रीको टिप्पणीप्रति राप्रपाको आपत्ति – सभामुखले सरकार पक्षमै नसोच्न आग्रह

    काठमाडौं  –  राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले राप्रपा र रास्वपालाई संविधान र व्यवस्था विरोधी भन्दै सदनमा अवरोध गरेको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले समाधान चाहेका छौँ। स्वार्थ बाझिने समितिले कस्तो छानबिन गर्छ, हामीले त्यसैले संसदीय समिति वा न्यायिक समितिको कुरा उठाइरहेका छौँ। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी सदन चलाउन सहयोग गर्न तयार छौँ।’उनले समस्या समाधान गर्नको लागि सभामुखलाई आँट गर्न आग्रह गरे।उनले थपे, ‘सभामुखले पनि स

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 331 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा