समाचार

    Showing 3,071-3,080 of 26,517 items.
  • कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    काठमाडौं— नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् ।आज बिहान १०ः१२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो उपलब्धिसँगै उनले आफैंले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् । सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामी रीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 481 पटक पढिएको
  • कोरला नाकाबाट एक लाख २० हजार थान 'भेप' बरामद

    काठमाडौं— नेपाल–चीन उत्तरी सीमास्थित कोरला नाका (लोमान्थाङ-१, छोसेर न्हेचुङ) बाट मुस्ताङ भन्सार कार्यालयले शनिबार ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। भन्सार छलेर शङ्कास्पद रूपमा भित्र्याइएका दुई वटा मालवाहक कन्टेनरको खानतलासी गर्दा ५९२ कार्टुन भेप फेला परेको हो।भन्सार कार्यालयका अनुसार एक कार्टुनमा २२० वटाका दरले दुवै कन्टेनरमा गरी करिब १ लाख २० हजार थानभन्दा बढी विद्युतीय चुरोट (भेप) रहेका छन्।दुई दिनअघि चिनियाँ भन्सारबाट सामान लोड गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका कन्टेनरहरू शनिबार साँझसम्म कोरला नाकामै रोकिएका थिए। शनिबार सार्वजनिक बिदा परेको र भन्सारका कर्मचारीहरू लो

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 541 पटक पढिएको
  • सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक पक्राउ, दुई जना नियन्त्रणमा

    सिरहा— सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा गएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको ट्रक रोकेको जनाएको छ ।प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका साम

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 618 पटक पढिएको
  • अनौपचारिक शिक्षा तथ्यांक एकीकृत गरिँदै

    काठमाडौं— शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्यांकलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इमिस) मा आबद्ध गराएको छ ।केन्द्रले हरेक वर्षको दुई पटक शिशु कक्षादेखि कक्षा १२ सम्मको सबै तथ्यांक अद्यावधिक गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्यांक पनि संकलन आरम्भ गरेको हो ।केन्द्रका निर्देशक माधवप्रसाद पोखरेलले सबै स्थानीय तह र सामुदायिक सिकाइ केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाइसँग सम्बन्धित हालसम्मको तथ्यांकको विवरण प्रविष्ट गरी अद्यावधिक गर्न पत्राचार गरिएको बताए ।मन्त्रालयबाट प्रकाशित ‘शैक्षिक सूचना, २०८१’ अनुसार मुलुक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 480 पटक पढिएको
  • चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा

    काठमाडौं— भारत सरकारले उच्च शुद्धतायुक्त चाँदी (सिल्भर) आयातमा कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको हो ।‘नोटिफिकेशन नम्बर १७/२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको नियम तथा विशेष नीतिगत सर्तअन्तर्गत मात्र गर्न पाइनेछ । यो व्यवस्था तत्काल लागू गरिएको सूचनामा उल्लेख छ ।विदेश व्यापार (विकास तथा नियमन) ऐन, १९९२ तथा विदेश व्यापार नीति, २०२३ अन्तर्गत सरकारले आटिसी एचएस कोड ७१०६९

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 561 पटक पढिएको
  • ३३ किलोमिटर लामो प्रथम छायाँनाथ अल्ट्रा रेस सुरु

    काठमाडौं— मुगुको कार्मारोङ गाउँपालिकामा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ प्रतियोगिता सुरु भएको छ । ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’ आइतबार बिहान देखि औपचारिक रुपमा सुरु भएको हो ।हिमाली भू–भागको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको छायाँनाथ क्षेत्रलाई विश्वसामु चिनाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गरिएको हो । यो आयोजनामा ५१ जना खेलाडी सहभागी रहेका छन ।३३ किलोमिटर दुरीको यो प्रतियोगिता किर्मीदेखि छायाँनाथ धाम, चितै गाउँ, चितै कुना हुदै पुलु बजार सम्म पुगेर आजै बेलुका सम्पनन् हुनेछ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 455 पटक पढिएको
  • विद्या भण्डारी भन्छिन जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो

    काठमाडौं— पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् ।आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पु¥याएको उल्लेख गरिन् ।उनले भनिन्, ‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पु¥याएको थियो । उनीहरूले राजनीति भनेको जनताको

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 442 पटक पढिएको
  • प्रचण्ड भन्छन वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ

    सुर्खेत— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले लोकतान्त्रिक व्यवस्था टिकाउने चुनौती रहेको उनले बताए ।कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत पुगेका प्रचण्डले आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारका क्रियाकलापहरु लोकतान्त्रिक नभएको टिप्पणी गरे । आफैंले बोलाएको सदन भोलिपल्ट रोकेर अध्यादेश ल्याएर सरकारले लोकतन्त्रको उपहास गरेको प्रचण्डको भनाई छ ।‘नेपालको सन्दर्भमा हालसम्म नभएको अभ्यास वर्तमान सरकारले गरेको छ’ उनले भने, ‘त्यसले

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 432 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।आज छापावाला सुनको मूल्य तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य ३३० रुपैयाँले घटेको छ । आज चाँदी मूल्य तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ५ हजार ३ सय ९० रुपैयाँमा कारोवार भएको थियो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 708 पटक पढिएको
  • मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिन थाले तीर्थयात्री

    हुम्ला— वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ ।सिजन सुरु भएपछि नेपालगन्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन सुरु भएको चार दिनमा मात्र १६९ जना आइपुगेका छन् ।हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए ।उनका अनुसार वैशाख ३० गतेदेखि आउन सुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् । प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 439 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.