समाचार

    Showing 3,481-3,490 of 26,533 items.
  • अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

    काठमाडौँ। केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् ।सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।उहाँ

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 266 पटक पढिएको
  • दुई वर्षमा कालोपत्र हुनुपर्ने सडक सात वर्षसम्म पनि भएन

    ढोरपाटन। दक्षिण बागलुङको ‘लाइफलाइन’ का रुपमा रहेको कुश्मीसेरा–बरेङ–शान्तिपुर सडकको पहिलो खण्ड कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको छ ।पहिलो खण्डमा पर्ने कुश्मिसेरा–राङ्खानी खण्डको १० किलोमिटर सडक निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्र हुन नसकेको हो । विसं २०७६ असोजमा २४ गते शर्मा÷क्याराभान जेभीले दुई वर्षमा सक्ने गरी जिम्मा पाए पनि अहिलेसम्म कालोपत्र नगर्दा यात्रा र सामान ढुवानीमा समस्या भएको छ ।विसं २०७८ असोजसम्म कालोपत्र गरिसक्नुपर्ने सडक हालसम्म जम्मा ७८ प्रतिशत काम सकिएको छ । गण्डकी प्रदेश सरकारको रु २४ करोड ५८ लाख लागतमा कालोपत्रको काम अगाडि बढाइएको थियो ।न

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 283 पटक पढिएको
  • निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल

    काठमाडौँ। चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे कार्यकाल सकेर बिदा हुँदै हुनुहुन्छ । महासङ्घको ६०औँ साधारणसभा राजधानीमा जारी नै छ, यो समाचार तयार पार्दासम्म अध्यक्ष बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भइरहेको छ । महासङ्घको अध्यक्षका हैसियतले वार्षिक साधारणसभाको उद्घाटन सत्रमा राख्नुभएको धारणामा ढकालले आफ्नो कार्यकालमा आर्थिक सङ्कटका अनेक अप्ठ्याराहरु झेल्नुपरेको अनुभव सुनाउनुभएको थियो । कोभिड महामारीबाट भर्खरै तङ्ग्रँदै गरेको अर्थतन्त्रमाथि रुस युक्रेन युद्धको प्रभाव हुँदै यता देशभित्रको राजनीतिक अस्थिरता लगायतका विविध आन्तरिक कारणले नेपालको उद्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 233 पटक पढिएको
  • म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

    म्याग्दी। यहाँको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको छ ।पूर्वाधारको अभाव, प्रचारप्रसारको कमी र उचित व्यवस्थापन नहुँदा प्राकृतिक उपचार र पर्यटकीयस्थल बनाउन सकिने तातोपानी कुण्ड ओझेलमा परेको हो । बगरको जेल्तुङ गाउँ नजिकै पहाडको फेदी र म्याग्दी नदीको किनारमा जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रममा प्राकृतिक रूपमा तातोपानी निस्कने मुहान रहेको छ ।तातोपानी कुण्डसम्म पुग्ने पदमार्गमा झोलुङ्गे पुल, स्नान गर्ने व्यवस्थित पोखरी र आश्रयस्थलको अभाव रहेको कुण्डको विशेषता र महत्व स्थानीयस्तरमै सीमित भएकाले ओझेलमा परेको धवलागिरि गाउँपालिका–४ का वडासदस्य हरिप्रसाद तिलिजाले ब

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 265 पटक पढिएको
  • आजको मौसमः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 314 पटक पढिएको
  • तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन

    खोटाङ। जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ ।गृह मन्त्रालयको यही वै

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 190 पटक पढिएको
  • नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

    सुदूरपश्चिम। भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरूमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ ।पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका लागि पनि स्थानीय नागरिक पारितर्फको बजारमा जाने गरेकामा पछिल्लो समय नेपाल सरकारले रु एक सयभन्दा बढीको सामानमा भन्सार कडाइ गरेपछि अहिले नेपालीतर्फको बजारमा नै किनमेल बढेको छ ।यसरी नेपालतर्फको बजारमा चहलपहल बढ्नुका साथै व्यवसायमा पनि वृद्धि भएपछि नेपाली व्यवसायीहरू खुसी भएको बताएका छन् । उनीहरूले वर्षौँदेखि सुनसान रहने बजारमा पनि अहिले व्यापारिक गतिविधि बढ्न थालेको जानकारी गराएका ह

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 271 पटक पढिएको
  • बिपी राजमार्गः जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

    काभ्रेपलाञ्चोक। बेमौसमी वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ ।समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर ‘डाइभर्सन’ बगाउँदा सडक अवरुद्ध हुने भएकाले मङ्गलबारदेखि रातिको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 240 पटक पढिएको
  • बिर्तामोडदेखि गरामनीसम्म: सरकारी जग्गा अतिक्रमणविरुद्ध महाअभियानको चुनौती

    - देवेन्द्र के ढुङगाना पूर्वी नेपालको झापा जिल्ला अन्तर्गत पर्ने बिर्तामोड नगरपालिका र आसपासका क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र रूपमा शहरीकरण हुँदै गएका छन्। तर यही विकासको छायाँमा एउटा गम्भीर समस्या मौलाउँदै गएको छ—सरकारी जग्गा अतिक्रमण। हालै सार्वजनिक विवरणअनुसार बिर्तामोड वडा नं. ५ मा ३४० परिवार र वडा नं. ८ को गरामनी बजार क्षेत्रमा २८ परिवार ऱ बिर्तामोड़-३ बिर्ता बजार पश्चिम अधूवा खोला पूर्बको खोलाको भागमा सरकारी स्वामित्वको जग्गा कब्जा गरी बसोबास तथा व्यापार सञ्चालन गरिरहेका छन्।यो घटनाक्रम केवल स्थानीय अव्यवस्था मात्र होइन, राज्य संयन्त्रभित्रको कमजोरी, मिलेमतो र दीर्घकालीन बेवास्ताको

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • 447 पटक पढिएको
  • सगरमाथामा बर्फको ढिस्को खस्दा भारतीय पर्वतारोही र शेर्पा गाइड घाइते

    भद्रपुर, देवेन्द्र के ढुङगाना :नेपालको पर्यटन विभागका अनुसार सगरमाथाको खुम्बु  बर्फ़ीली मार्गमा मंगलबार बिहान भएको बर्फको ढिस्को खस्ने घटनामा एक भारतीय पर्वतारोही र एक नेपाली शेर्पा गाइड गरी दुई जना घाइते भएका छन्।घाइते हुनेहरूमा भारतका ४० वर्षीय निमिष कुमार सिंह र नेपालका ४४ वर्षीय पेम्भा तेन्दुक शेर्पा रहेका छन्।विभागका अनुसार बिहान करिब ५:४५ बजे बर्फ (हिमनदीको अस्थिर ठूलो बरफको टुक्रा) भत्किँदा मुख्य आरोहण मार्गमा रहेको टोलीमाथि बर्फ खसेको थियो। उक्त समयमा विभिन्न आरोहण कम्पनीका पर्वतारोही तथा शेर्पा गाइडहरू जलवायु अनुकूलन प्रक्रिया अन्तर्गत क्याम्प २ बाट क्याम्प १ तर्फ यात्रा गरिरहेका

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 368 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.