काठमाडौं— चारजना भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश हरिप्रसाद फुयालको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्न आदेश दिएको छ।अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका उनीहरू हाल झापामा थुनामा छन्। थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।उनीहरुलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो।
काठमाडौं— ६ जन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।आज बसेको गृह मन्त्रालयको बढुवा सिफारिस समितिले ६ जनालाई एआइजीमा बढुवा सिफारिस गरेको समितिका सदस्यसचिव, प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।उनका अनुसार बढुवा सिफारिस हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।
काठमाडौं— पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु १० हजार अनुदान प्रदान गरेको छ।महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनले बताए।गत भदौमा अनुदानसम्बन्धी सार्वजनिक सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए। महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम प्रदान गर्न थालेको हो।
काठमाडौं— समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा बिहीबार मौन प्रदर्शन गर्ने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन गर्न लागेको महासचिव रोहित दाहालले जानकारी दिए ।पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव दाहालको भनाइ छ । राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चै
काठमाडौं— काठमाडौंको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट (निष्काशन) गर्ने निर्णय गरिएको छ ।चैत १४ मा कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाएको थियो । घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए । पर्यटन भिषमा आएका उनले अध्यागमन ऐन विपरित नाराबाजी गरेको र भिषा प्रयोजन बिपरितको काममा सहभागी भएको रिजालले जानकारी दिए ।उनलाई हवाई टिकट पेश गर्न लगाएर अमेरिका फिर्ता पठाइएको छ ।
काठमाडौं— सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ। अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।पाँचखालमा हाल आठ इँटाभट्टा सञ्चालनमा रहेका छन्। यसैबीच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाण्डौ । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपालको उत्तरी सीमाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जेमा केन्द्रविन्दु रहेको ५ म्याग्निच्युडको भूकम्प बुधबार बिहान ४ः०५ बजे गएको हो ।पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानमा लगातार भूकम्प गएको छ। केन्द्रका अनुसार मङ्गलबार बिहान ४ः५३ बजे जाजरकोटको कुशे गाउँपालिकाको पैंकमा केन्द्रविन्दु रहेको ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।गत सोमबार राति ०९ः३१ बजे पनि जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक म्यााग्निच्युडको भूकम्प गएको थिय
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।निगमले बुधबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको ३.१५ र डिजेल २.६२ रुपैयाँले घटाउने निर्णय भएको छ ।इन्धनको मूल्य घटेर आएकाले सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।
काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई
काठमाडौं— उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा वर्षा भएको छ । कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।उनकाअनुसार पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो । ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन’, उनले भने, ‘बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’उनले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.