समाचार

    Showing 3,491-3,500 of 26,533 items.
  • भारत–बंगलादेश सीमामा “सर्प र गोही” तैनाथी बहस: सुरक्षा उपाय कि अतिशयोक्त कल्पना?

    देवेन्द्र के ढुङगाना भद्रपुर :भारत–बंगलादेश सीमामा घुसपैठ र तस्करी नियन्त्रण गर्न नदी किनारका संवेदनशील क्षेत्रमा सर्प र गोही प्रयोग गर्ने विषयमा आएको समाचारले व्यापक बहस सिर्जना गरेको छ। केही रिपोर्टहरूमा भारतको गृह मन्त्रालयले सीमा सुरक्षा बल (बिएसएफ) लाई यस्तो उपायको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको दाबी गरिएपछि सामाजिक सञ्जालदेखि नागरिकस्तरसम्म चिन्ता र आलोचना देखिएको छ।यो विषय सुन्दा नै असामान्य लाग्छ, किनभने आधुनिक सीमा सुरक्षा प्रणालीमा प्रविधि, निगरानी ड्रोन, तारबार, र मानव गस्ती जस्ता उपायहरू प्रयोग हुने गर्छन्। तर प्राकृतिक शिकारी जनावरहरूलाई सुरक्षाको साधनको रूपमा प्रयोग ग

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 321 पटक पढिएको
  • बंगालमा भाजपा को बढ्दो प्रभाव: संगठन, रणनीति र बदलिँदो राजनीतिक परिदृश्य

    -देवेन्द्र के ढुङगानाभद्रपुर : पश्चिम बंगालको राजनीतिमा हालैका चुनावी परिणामहरूले एउटा महत्वपूर्ण परिवर्तनको संकेत दिएका छन्। लामो समयसम्म वामपन्थी दलहरू र त्यसपछि ममता बनर्जीको नेतृत्वमा रहेको तृणमूल कांग्रेसको प्रभाव रहेको यस राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो स्थिति उल्लेखनीय रूपमा मजबुत बनाएको छ।यस परिवर्तनका पछाडि धेरै कारणहरू देखिएका छन्, जसमा संगठनात्मक विस्तार, जमीनी तहमा सक्रियता र दीर्घकालीन रणनीति प्रमुख छन्। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले चुनावअघि व्यापक रूपमा जनसम्पर्क र मतदाता सचेतना अभियान सञ्चालन गरेको थियो। स्वयंसेवकहरूले साना समूहमा बैठकहरू आयोजना गरेर जनतासँग स

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 238 पटक पढिएको
  • बागमती प्रदेशमा आगामी बिहीबार सार्वजनिक बिदा

    काठमाडौं— बागमती प्रदेश सरकारले आगामी बिहीबार अर्थात २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गत २३ चैतमा प्रकाशित सूचना बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आगामी बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बागमती सरकारले २४ वैशाख २०८० मा प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 519 पटक पढिएको
  • नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

    काठमाडौं— अघिल्लो चार कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७८ अङ्कले बढेर दुई हजार ७१२ दशमलव ८६ विन्दुमा कायम भएको हो ।आज तीन सय ३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर ६२ हजार २५ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।जीवन बीमा शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ४४ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैङ्क शून्य दशमलव ०४, वित्त शून्य दशमलव १२,

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 440 पटक पढिएको
  • सरकारले भन्योः पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

    काठमाडौं— बजारमा इन्धनको मूल्य घटाउन सरकारमाथि चर्को दबाब बढिरहेका बेला सरकारले भने मूल्य घटाउने सम्भावना तत्काल नरहेको स्पष्ट पारेको छ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले अन्तर्राष्ट्रिय आपूर्ति र मूल्य संरचनाका कारण सरकारले चाहेर पनि पेट्रोलियम पदार्थ सस्तो बनाउन नसक्ने बताएका हुन्।मंगलबार संघीय संसदअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले इन्डियन आयल कर्पोरेशन (आईओसी) ले निर्धारण गरेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे। “महँगोमा किन्ने र सस्तोमा बेच्ने अवस्था छ, जसले गर्दा अघिल्लो सञ्चित नाफा पनि

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 484 पटक पढिएको
  • अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु

    एजेन्सी— अमेरिकाले कार्गो डुङ्गाहरूमा गरेको  आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरुलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । इरानको कुनै पनि लडाकू जहाजहरू आक्रमण बाट प्रभावित भनएको जनाइएको छ ।ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गाहरूमा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार पाँच जना सर्वसाधारण नागरिक यात्रुहरूको मृत्यु भएको जनाइएको छ ।  अमेरिकी कमाण्डका प्रमुख ब्राड कुपरले  भने अमेरिकी सेनाले छ वटा इरानी  डुङ्गाहरूमा स्ट्रेट अफ होर्मुजमा डुबाएको बताउनु

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 465 पटक पढिएको
  • जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

    तनहुँ— ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्की रहेका छन् ।शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रूपाकोटबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 468 पटक पढिएको
  • समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि रकम फिर्ता गरिने

    काठमाडौं— सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थामा जम्मा भएको बचत फिर्ता प्रक्रिया अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ।समितिका सदस्य–सचिव रविन ढकालले आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता गर्ने काम सुरु गरिने जानकारी दिएका छन्। उनका अनुसार यसअघि मागदाबी गरिसकेका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाइनेछ।त्यस्तै, विभिन्न कारणले समयमै दाबी पेश गर्न नसकेका बचतकर्ताका लागि पुनः अवसर दिइने भएको छ। समितिले साउनको पहिलो सातादेखि पुनः आवेदन दिने व्यवस्था मिलाउने तयारी गरेको जन

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 465 पटक पढिएको
  • एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

    काठमाडौं— नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ।महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै करिब ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठनले हालको आर्थिक अवस्था, विशेषगरी पूँजीगत खर्च न्यून हुँदा पूर्वाधार क्षेत्रमा गम्भीर असर परेको जनाएको छ।चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित पूँजीगत बजेटमध्ये हालसम्म करिब २७ प्रतिशत मात्रै खर्च भएको महासंघको दाबी छ।मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेल लगायत इन्धनको मूल्यमा अत्यधिक वृद्धि भएको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 485 पटक पढिएको
  • पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

    जाजरकोट— पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू सोमबार काठमाडौंस्थित माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका छन्। उनीहरूले भूकम्प गएको लामो समय बितिसक्दा पनि प्रभावित क्षेत्रका नागरिक अझै अस्थायी बासमै जीवन गुजार्न बाध्य भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।२०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, रुकुम पश्चिम र सल्यानमा व्यापक जनधनको क्षति पुर्याएको थियो। उक्त विपद्मा १ सय ५० भन्दा बढी नागरिकको ज्यान गएको थियो भने हजारौं घरधुरी प्रभावित बनेका थिए।भूकम्पपछिको पुनस्र

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • 475 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.