काठमाडौं— बागमती प्रदेश सरकारले आगामी बिहीबार अर्थात २४ वैशाखमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गत २३ चैतमा प्रकाशित सूचना बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा आगामी बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
बागमती सरकारले २४ वैशाख २०८० मा प्रदेश सरकारी काम काजको भाषा सम्बन्धी ऐन कार्यान्वयन गर्दै उक्त दिनलाई भाषा दिवस मनाउँदै आएको छ ।






































