समाचार

    Showing 3,521-3,530 of 24,469 items.
  • सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित

    सिराहा— सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 168 पटक पढिएको
  • इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित भएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई सात हजार ७७६ मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार नेम्बाङ विजयी भएका हुन् । नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका थिए ।यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले सात हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले एक हजार १७२ मत प्राप्त गरे ।प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो द

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 244 पटक पढिएको
  • रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

    काठमाडौँ। रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ ।निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गर्नुभएको छ ।यही फागुन २१ गते भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गर्नुभएको छ ।यस्तै, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गर्नुभएको छ । एउटा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 218 पटक पढिएको
  • मुगुमा एमालेको अग्रता

    मुगु।  मुगुमा प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा हालसम्मको मतगणनाअनुसार नेकपा (एमाले)ले अग्रता लिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार एमाले उम्मेदवार पूर्णबहादुर रोकायाले दुई हजार ४६६ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीले दुई हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले ६६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले १५८ मत प्राप्त गर्नुभएको छ । मुगुमा कुल ३६ हजार ३१ मतदाता रहेकामा २२ हजार ११५ अर्थात् ६१.३

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 252 पटक पढिएको
  • बाजुरामा कांग्रेस उम्मेदवार गिरीको अग्रता

    बाजुरा। प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता लिनुभएको छ । उहाँले हालसम्म २०१ मतले अग्रता लिनुभएको छ ।कांग्रेस उम्मेदवार गिरीले ११ हजार १८५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लालबहादुर थापाले १० हजार ९८४ मत प्राप्त गर्नुभएको छ । जिल्लामा हालसम्म २९ हजार ८०१ मतगणना सम्पन्न भएको छ ।यसअघि गौमुल गाउँपालिकाको मतगणना गर्दा एमालेका उम्मेदवार थापाले ९०१ मतले अग्रता लिनुभएको थियो । अहिले त्रिवेणी गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म नेपा

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 278 पटक पढिएको
  • मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी, बर्तौलालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित

    हेटौँडा— मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन्। आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गरेका छन्। बर्तौलाले १९ हजार ६ सय २४ मत प्राप्त गरेका छन्।त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४ सय ३६ मत पाएका छन्। नेकपाका उम्मेदवार लवशेर विष्टले १२ हजार ७ सय ५४ मत प्राप्त गरेका छन्।उप्रेतीको जि

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 425 पटक पढिएको
  • समानुपातिकतर्फ १२ लाख ५५ हजार मतगणना

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मतगणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ६ लाख ४३ हजार ७५६ मत प्राप्त गरेको छ ।यस्तै, नेपाली कांग्रेसले दुई लाख १५ हजार २३१, नेकपा (एमाले)ले एक लाख ७२ हजार ४५९, नेपाली कम्युनिष्ट पार्टीले ८३ हजार ८५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार ३७०, श्रम संस्कृति पार्टीले २२ हजार ३८२, राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८, जनता समाजवादी पार्टीले पाँच हजार ३१७ र एकल चिह्न चकिया (जाँतो)ले पाँच हजार ८३ मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 336 पटक पढिएको
  • ञ्चनपुर–१ मा रास्वपाका धामी निर्वाचित

    दोधारा चाँदनी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित हुनुभएको छ ।निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी हुनुभएको हो । उहाँले ११ हजार ११० मत प्राप्त गर्नुभयो । यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले आठ हजार ८८ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले एक हजार ५६० मत प्राप्त गर्नुभयो

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 256 पटक पढिएको
  • सर्लाही ३ र ४ मा पनि रास्वपाका उम्मेदवार विजयी

    सर्लाही— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो ।सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरेका छन् ।त्यसैगरी, नेपाली काँग्रेसका विनोद कुमार खनाल ले ६ हजार ६२४ मत र नेकपा एमालेका हरि प्रसाद उप्रेती ले ५ हजार ७७६ मत प्राप्त गरेका छन् ।यस्तै, सर्लाही–४ मा पनि रास्वपाका उम्मेदवार डा। अमरेश

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 445 पटक पढिएको
  • रसुवामा समानुपातिकतर्फको मत गणना सम्पन्न

    रसुवा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य  सम्पन्न भएको छ ।  रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो । घोषित मत परिणामअनुसार रसुवामा रास्वपाले   ७ हजार ६१८, राप्रपाले १६७, नेकपाले ९५७, नेकपा (एमाले)ले ३ हजार ५८८ र नेपाली कांग्रेसले ९ हजार ६०० मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जनमत पार्टीले १०२, नेपाल मजदुर किसान पार्टीले १४, राष्ट्रिय जनमोर्चाले ८ तथा प्रगतिशिल लोकतान्त्रिकले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रे

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 205 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.